महराविरुद्ध प्रहरीमा उजुरी, पक्राउ पर्ने सम्भावना बढ्यो "गृहमन्त्रीले भने– अनुसन्धान गर्नुस्, डराउनु पर्दैन "
"गृहमन्त्रीले भने– अनुसन्धान गर्नुस्, डराउनु पर्दैन "
प्रकाशित मिति : २०७६, १८ आश्विन शनिबार १५:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं : तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी छन् ।
Advertisement
पटक–पटक बयान परिवर्तन गरिरहेकी शाहीले शुक्रवार महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् ।
रोशनीको जाहेरी दर्ता नभएकाले प्रहरी अधिकारीले आधिकारिक रुपमा यसबारे जानकारी दिइरहेका छैनन् तर रोशनीले प्रहरीमा जाहेरी भने बुझाइसकेकी छन् ।
रोशनीले हाम्राकुरा डटकमसँग कुरा गर्दै महराले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् । जसका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । अर्को दिन रोशनीले बयान फेरेकाले अनुसन्धान अगाडि बढाउन समस्या भएको प्रहरी स्रोतले बताएको थियो ।
प्रहरीसँग रहेका प्रमाण र सूचनामा गत आइतवार महरा रोशनीको डेरामा गएको पाइएकाले प्रहरीले आवश्यक छानबिन गरिरहेको छ । रोशनीले किटानी जाहेरी दिएकाले अब अनुसन्धान अगाडि बढेको प्रहरी स्रोतले जनाएको छ ।
महराविरुद्ध उजुरी परेपछि अब उनी पक्राउ पर्ने सम्भावना बढेको छ।
गृहमन्त्रीले भने– अनुसन्धान गर्नुस्, डराउनु पर्दैन
महरामाथि अनुसन्धान गर्न चौतर्फी दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आईजीपीसहितको बैठक बोलाएका थिए । नगर प्रहरीको कार्यालयमा भएको बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए ।
सोही बैठकमा गृहमन्त्री थापाले महरा प्रकरणबारेको रिपोर्टिङ प्रहरी अधिकारीहरुसँग मागेका थिए । बैठकमा सहभागी एक अधिकारीले भने, ‘‘गृहमन्त्रीज्यूले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । निष्पक्ष अनुसन्धान गर्नुस्, कसैसँग डराउनु पर्दैन भन्नुभएको छ ।’’ गृहमन्त्री थापाले आफ्नो भाइलाई प्रहरीले पक्राउ गर्दासमेत दबाब नदिएको भन्दै निर्धक्क भएर अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ । बिहान बैठक भएको र दिउँसो रोशनी आफ्ना श्रीमान चित्रजंग शाहीसहित वृत्त नयाँ बानेश्वरमा पुगेको स्रोत बताउँछ ।
प्रहरी अधिकारीका अनुसार रोशनीले उजुरी दर्ता गराएपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको छ । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘आइतबार (भोलि) अदालतबाट पक्राउ पुर्जी लिने हाम्रो तयारी छ । पीडितको जाहेरी आइसकेकाले पक्राउ गरेरै अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ।’’