भारतले आज पहिलो पटक राफेल लडाकु विमान पाउने
प्रकाशित मिति : २०७६, २१ आश्विन मंगलवार १४:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
एजेन्सी । भारतले आज पहिलो पटक राफेल लडाकु विमान पाउने भएको छ। फ्रान्सले भारतीय रक्षामन्त्री राजजाथ सिंहको उपस्थितिमा भारतलाई राफेल लडाकु विमान प्रदान गर्न लागेको हो।
Advertisement
सोमबार पेरिस उड्नु अगाडि राजनाथले राफेल प्राप्तिका लागि सबै उत्साहित भएको प्रतिकृया दिएका थिए। अब राफेल विमान आधिकारिक रुपमा भारतीय वायुसेनाको मातहतमा हुने छ। राजनाथले आज फ्रान्स राष्ट्रपति इम्यानुएल म्याक्रोन्सँग पनि भेट गर्ने छन्। भेटवार्तामा वायुसेनाका सहायक प्रमुख एयर मार्शल एचएस अरोडा पनि सँगै हुने छन्।
राजनाथले ट्विट गर्दै भनेका छन्, ‘भारत फ्रान्ससँगको सम्बन्ध थप मजबुद बनाउनका लागि उत्साहित छ। केही वर्ष यता भारत र फ्रान्सबीचको सम्बन्ध मजबुद बन्दै गइरहेको छ। दुवै देशको सम्बन्ध थप बलियो बनाउनु छ।’