दशैं अवधिभर नेपालगञ्जमा १ सय १३ सवारी साधन कारबाहीमा
प्रकाशित मिति : २०७६, २६ आश्विन आईतवार ०६:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । दशैं अवधिभर ट्राफिक प्रहरीले नेपालगञ्जमा १ सय १३ सवारी साधनलाई कारबाही गरेको छ । नियम विपरित सञ्चालित सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख भीमराज ओलीले बताउनुभयो । ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमता भन्दा बढी सामान ढुवानी गर्ने १ सय १३ सवारी साधन कारबाहीमा परेका हुन् । त्यस क्रममा ६७ हजार ५ सय रुपैयाँ जरिवाना स्वरुप राजश्व संकलन गरिएको ओलीले जानकारी दिनुभयो । असोज ११ गतेदेखि असोज २५ गतेसम्म नेपालगञ्जमा मात्रै साढे ४ सय सवारी साधनका नम्बर प्लेट पुनः लेख्न लगाइएको छ । जिल्लाभर भने ७ सय ५० बढी सवारी साधनको नम्बर प्लेट पुनः लेख्न लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Advertisement