नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ
प्रकाशित मिति : २०७६, २६ आश्विन आईतवार १२:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको हो ।प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी प्रद्धुमन कार्कीले सांसद आलमलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छ्न । ‘उनलाई हामीले नियन्त्रणमा लिएका छौं,’ डीआईजी कार्कीले भने, ‘पुरानो एउटा केसको अनुसन्धानको लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’ ०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । संविधानसभाको पहिलो चुनाव लक्षित गरी बम बनाउँदै गर्दा विस्फोट भएको घटना लुकाउन घाइतेहरुलाई इँटाभट्टामा हत्या गरेको आरोप आलममाथि छ ।सर्वोच्च अदालतले ०६९ मा आलमलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि प्रहरीले उनलाई मोस्ट वान्टेडको सूचीमा राखेको थियो । अनलाइनखबरबाट।
Advertisement