आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु
नेपालगन्ज ।त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । नेपालगंज रंगशालामा निर्धारित ९० मिनेटको समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा आर्मीले सफलता हात पार्यो ।पेनाल्टीमा आर्मीका नवयुग श्रेष्ठ, विवेक बस्नेत र सन्तोष तामाङले गोल गरे । जितेन्द्र कार्की र...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्ज रंगशालामा जारी सुटिङ्ग प्रतियोगितामा गण्डकी प्रदेशले दुई, प्रदेश ५ र नेपाल प्रहरीले एक–एक स्वर्ण पदक हात पारेका छन् । गण्डकी प्रदेशले एयर पेस्तोल महिला व्यक्तिगत तर्फ र एयर पेस्तल व्यक्तिगत पुरुष तर्फ स्वर्ण पदक जित्यो । प्रदेश ५ ले एयर पिस्तोल समूह र नेपाल प्रहरीले एयर राइफल समूहतर्फ स्वर्ण पदक हात पारे । सुटिङ्ग तर्फ एयर राइफल व्यक्तिगत महिला÷पुरुष बाहेक अन्य खेल सकिएको...
नेपालगन्ज । एपीएफ क्लवका राजु राईले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिम्न्यास्टिकमा ५ स्वर्ण पदक जितेका छन् । सोमबार पुरुषतर्फ राजुले फ्लोर इभेन्ट्समा स्वर्ण जिते । यस स्पर्धामा एपीएफकै दिनेश सुनुवारले रजत र प्रदेश ३ का उज्ज्वल तिवारीले कास्य जिते । पोमेल हर्समा राजुले स्वर्ण जित्दा एपीएफकै रिकेश तामाङले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते । राजुले पार्लर बारमा पनि स्वर्ण जिते । यस स्पर्धामा प्रदेश ३...
नेपालगन्ज । आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत १४ औँ राष्ट्रिय उसु प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको अग्रता जारी छ । आर्मीले ६ स्पर्धामा पाँच स्वर्ण जितेको छ । महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङलेस्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् । पुरुष छाङ्ग छ्वानमा आर्मीका विजय सिंजालीले स्वर्ण जिते । सोही स्पर्धामा प्रदेश ३ का रविन तामाङले रजत र एपीएफका कृजो...
नेपालगन्ज ।प्रदेश नम्बर पाँचका विभिन्न स्थानमा अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ ।भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि कतिपय खेल भाडाका स्थानमा सञ्चालन गरिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को हतारोमा पौडी पोखरी निर्माण सम्पन्न नभएपछि होटलको पौडीपोखरीमा खेलहरु चलिरहेका छन् । अन्य खेलको अवस्था पनि यस्तै छ । भव्य उद्घाटन कार्यक्रम सम्पन्न गरेको नेपालगन्ज रंगशालाको अवस्था पनि फरक छैन । उद्घाटनको दिन आकर्षणको केन्द्र बनेको भिआइपी प्यारापिट अधुरो नै छ...
लक्ष्मण बस्नेत/ दाङ ।प्रदेश नम्बर १ आठौं राष्ट्रिय खेलकुद महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दाङ लमही क्रिकेट खेल मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटको फाराकिलो अन्तरले हराउदै प्रदेश नम्बर १ ले फाइनल यात्रा तय गरेको हो । टस जितेर व्याटिङ रोजेको सुदुरपश्चिम प्रदेश २० ओभरमा ७ विकेट गुमाउँदै ८० रन जोडेको हो । सुदुरपश्चिम प्रदेशकी विन्दु रावल नट आउट २६, कविता जोशी ११...
दाङ ।नेपाल आर्मी आठौ राष्ट्रिय खेलकुद एथ्लेटिक्स प्रतियोगिताको च्याम्पिएन बनेको छ ।दाङ तुलसीपुर बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा शसक्त र शानदार प्रर्दशन गरेको नेपाल सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कास्य पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कास्य हात पारेको शसस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा चित्त बुझाउदा नेपाल पुलिस ३ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ तृतिय स्थान...
नेपालगन्ज । आठौँ अन्तरगत सोमवार विहान भएको महिला÷पुरुष हेण्डबलका सेमीफाईनल खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पुरुषतर्फको खेलमा गण्डकी प्रदेश र विभागिय टिम एपिएफ फाईनलमा प्रवेश गरेका छन् । यसैगरी महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफले फाईनलसम्मको यात्रा तय गरेका छन । पुरुष तर्फको पहिलो खेलमा गण्डकी प्रदेश ले प्रदेश ३ लाई ४०–१८ गोल अन्तरले पराजित गर्दैै फाईनलमा आफुलाई सुरक्षित गरेको हो ।सोही मैदानमा भएको दोस्रो खेलमा...
लक्ष्मण बस्नेत / दाङ ।नेपाल आर्मीका कृष्ण बस्नेत र नेपाल प्रहरीकी राजपुरा पछाई आठौं राष्ट्रिय खेलकुद अन्तर्गत फुल म्याराथन प्रतियोगिताको च्याम्पियन बनेका छन् । ४२ दशमलव १९५ किलोमिटर म्याथन दौड २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गरी स्वर्ण जितेका बस्नेतले आफ्नो २ घण्टा २० मिनेटको पुरानो रेर्कडमा सुधार गर्दै च्याम्पिएन बनेका हुन् । यस्तै प्रदेश नं ६ का दुर्गा बहादुर बुढाले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा रजत जित्दा एपीएफका...
नेपालगन्ज ।विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लव आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा जारी प्रतियोगितामा पुलिसले समूह ’ख’ को विजेता र एपीएफले उपविजेताको रुपमा अन्तिम चारको यात्रा तय गरेका हुन । सोमवार भएको महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फका खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश विच प्रतिस्पर्धा भएको थियो । जसमा त्रिभुवन आर्मी क्लवले...