आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु

आठौँका राष्ट्रिय पाहुनालाई नेपालगन्जीया सेकुवाको स्वाद चखाउन आतुर

नेपालगन्ज। नेपालगन्जको पहिचान र बिशेषता आफ्नै खालको छ। पश्चिम नेपालको सबैभन्दा ठूलो र दुई सय वर्ष पुरानो सहर हो नेपालगन्ज । सामाजिक, धार्मिक सद्भावको सह पनि हो नेपालगन्ज। नेपालगन्ज बागेश्वरी मन्दिर, नेपालकै एकमात्र जुंगे महादेवको मूर्ति, गूरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा भएको सहर हो । नेपालगन्ज नेपालमै नहुने मौसम बोकेको सहर हो । गर्मीमा अधिक गर्मी र जाडोमा अधिक जाडोको सहरका रुपमा चिनिन्छ नेपालगन्ज । यत्तीले मात्र नेपालगन्जको पहिचान र...

कवड्डी संघले थाल्यो बाँके र बर्दियामा आठौँको प्रचार

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन आह्वान गर्दै अखिल नेपाल कवड्डी संघले आइतवार बाँके र बर्दियामा प्रचार प्रसार गरेको छ । माइकिङ गर्दै नेपालगन्ज रंगशालाबाट विहान निस्केका कवड्डी संघका अध्यक्ष डम्बर थापासहितको टोली कवड्डी प्रतियोगिता हुने बाँसगढीसम्म पुगेर प्रचार गरेको हो । आठौँ राष्ट्रिय प्रतियोगिता सफल पारौँ भन्ने जानकारी दिँदै संघले प्रतियोगिताका लागि तयार पारिएको गीतमार्फत सर्वसाधारणलाई सुसूचित गरेको अध्यक्ष थापाले बताए । संघको टोली नेपालगन्ज, कोहलपुर हुँदै बर्दियाको...

अध्यक्ष बेहनाले हकि खेलाडीहरुलाई गरे आर्थिक सहयोग

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्षले खेलाडीहरुलाई  चेक हस्तान्तरण  गरेका छन् । वडा नम्बर ४ का  अध्यक्ष मो. सफिक बेहनाले आफ्नो तलब भत्ता बापतको सेवा सुबिधाको १२५००  रुपैयाँको चेक हकि खेलाडीहरुलाई  सहयोग गरेका हुन् ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामाा प्रदेेश नम्बर ५ बाट छनौट भएका नेपालगन्जका खेलाडीहरुलाई अभ्यास गर्दा चाहिने आबश्यक डाईटको लागी अध्यक्ष बेहनाले हकि खेलाडी नफिस अन्सारी लगायतका खेलाडीहरु माझ आज चेक हस्तान्तरण गरेका हुन् । यति...

आठौँ राष्ट्रिय प्रतियोगिता नजिकिदै गर्दा धमाधम सडक कालोपत्रे

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा नेपालगन्ज नगर क्षेत्रका सडकहरु मर्मत तथा कालोपत्रे गर्ने कार्यलाई तीव्र पारिएको छ । नेपालगन्ज रगंशाला प्रवेश हुने मुल तथा सहायक सडक धमाधम मर्मत तथा कालोपत्रे गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नगर क्षेत्रका साना–ठुला गरी झण्डै एक दर्जन सडक मर्मत र कालोपत्रे भइरहेको उपमहानगरले जनाएको छ । अधिकांश मुख्य सडकहरु कालोपत्रे भइसकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बताए । आठौँ राष्ट्रिय प्रतियोगितालाई...

मिशन आठौ: दाङको बेलझुण्डी रङ्गशाला निर्माणमा भ्याई नभ्याई

तुलसीपुर ।दाङको बेलझुण्डीमा रङ्गशाला निर्माणमा भ्याइ नभ्याइ भएको छ। आठौ  राष्ट्रिय खेलखुद प्रतियोगिता  निजक आउँदै गर्दा निर्माणको काम युद्धस्तरमा भइरहेको छ। दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले चैत ३० गते भित्र रंगशाला तयार पारेर बुझाउने सहमति अनुरुप काम भइरहेको जानकारी दिए । तर यसअघि चैतको पहिलो हप्ता भित्रै निर्माण पुरा हुने बताइएको थियो । अझैं निर्माणको काम भने चलिरहेको हुँदा कामको निकै चटारो रहेको निर्माणको जिम्मा लिएको...

‘आठौँमा आउने पाहुनालाई हलुवा, पराठाले स्वागत गर्न आतुर छौँ’ : पराठा ब्यवसायी

नेपालगन्ज। नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो । नेपालगन्जको चौलिक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बेक्रि गर्दै आएका छन् । उनी हुन् जलिल अहमद र उनले बेच्ने परिकार हो हलुवा पराठा । बिहान महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी हुन् या रुपईडिहा...

आठौँ राष्ट्रिय प्रतियोगिताको प्रचार प्रसारमा लायन्स क्लव

नेपालगन्ज ।नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधार स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका छन् । यस्तै लायन्स क्लव, डिष्ट्रिक्ट ३२५ वी टु ले प्रचार प्रसारमा सहयोग गर्ने भएको छ । नेपालगन्जमा हुने प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल बनाउने दायित्व लायन्सकर्मीको पनि भएकोले प्रचार प्रसारमा सहयोग गर्ने निर्णयमा पुगेको लायन्स क्लव ३२५...