आम निर्वाचन २०७४मा रहेका समाचारहरु
दाङ :दाङको गढवा गाउँपालिका वडा नम्बर को अध्यक्षमा माओवादीका सद्धाम सिद्दीकी १०७ मत सहित विजयी भएका छन् । सदस्यहरुमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ र दलित महिला सदस्यमा विमला विक विजयी भएका छन् । गढवा गाउँपालिकाको वडा नम्बर ८ साविक कोइलाबास गाविसमा पर्दछ । भारतसँग सीमा जोडिएको सो वडामा कुल मतदाता ४९८ रहेकोमा ३४७ मत खसेको थियो । ...
बझाङ । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपका कारण बुधवार स्थगित भएको बझाङको जयपृथ्वी नगरपालिकाका दुई मतदान केन्द्रमा शुक्रवार मतदान हुने भएको छ । वडा नम्बर ३ का ‘क’ र ‘ख’ बुथमा झडपपछि मतदान स्थगित भएको थियो । सर्वदलीय सहमतिपछि जिल्ला निर्वाचन कार्यालयले शुक्रवारको लागि मतदान तोकेको हो । जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएपछि मतदान कार्य रोकिएको थियो । झडपमा...
दाङ । दाङ जिल्लामा माओवादी केन्द्रले खाता खोलेको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ९ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्ष पदमा रिमबहादुर सुनारीमगर २०१ मतसहित विजयी भएको पत्रकार दशरथ घिमिरेले जानकारी दिएका छन् ।आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको थियो । दाङमा २ लाख ९१ हजार १ सय ७५ जना मतदाता रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत...
रोल्पा । रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले खाता खालेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाएका छन् ।माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाएका छन् । ...
नेपालगंज:बाँकेमा सम्पन्न भएका आठ वटा स्थानीय तहको निर्बाचनको मतगणना डुडुवाको हिजो राति देखि नै शुरु भएको छ भने अन्य तहमा केहि बेरमा शुरु हुने भएको छ ।जस अन्तर्गत नेपालगन्ज उप–महानगरपालिकाको भेरी प्राविधिक शिक्षालयमा हुदैछ भने नरैनापुर गाउपालिकाको नरैनापुर गाउपालिकाको भवनमा हुदैछ ।त्यसैगरी डुडुवा गाउपालिकाको श्री नेरा मावि बनकट्टीमा भईरहेको छ भने खजुरा गाउपालिकाको कपास विकास समितिको कार्यालय खजुरामा र जानकी गाउपालिकाको क्षेत्रीय कृषि तालिम केन्द्र खजुरामा हुदैछ भने कोहलपुर...
नेपालगंज: नेपालगंज: बर्दियाका मधुवन नगरपालिका, बासँगढी नगरपालिका, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकामा बुधबार रातिदेखि मतगणना सुरु भएको छ। मतगणना सुरु भएका ठाउँमा माओवादी केन्द्रले अग्रता लिएको छ । अहिले सम्मको ताजा परिणाम अनुशार मधुवन नगरपालिकामा माओवादी केन्द्रले मेयर तर्फ ३९४ , नेपाली कांग्रेसले ३४८ र एमालेले १३७ मत ल्याएको छ । यस्तै गेरुवा गाउँपालिकामा माओवादी केन्द्रले ६८, नेपाली कांग्रेसले ५१, एमालेले ३९ र फोरम लोकतान्त्रिकले २३ मत ल्याएको छ...
नेपालगंज: बाँके जिल्लाका सबै स्थानीय तहको मतगणना बिहीबार विहानबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार बिहान ८ बजे सर्वदलीय/ बैठक बसालेर मतगणनाको टुंगो लगाईने छ । नेपालगन्ज उपमहानगरपालिकाको मतगणना भेरी प्राविधिक शिक्षालयमा हुने भएको छ भने कोहलपुर नगरपालिकाको कृषि बिकाश बैंक तालिम केन्द्र पिपिरीमा हुने भएको छ ।क्षेत्रीय निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार बाँकेमा करिब २ लाख ४६ हजार मतदाता रहेका छन् । ...
नेपालगंज : बाँकेका एउटा उपमहानगरपालिका ,एउटा नगरपालिका र ६ वटा गाउँपालिकामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न निर्वाचन कार्यालय नेपालगन्जले बताएको छ ।क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारीका अनुसार, बाँकेमा ७१.२५ प्रतिशत मत खसेको छ । बाँकेमा पुरुष १ लाख २५ हजार ९ सय ९३, महिला १ लाख २० हजार ८४ र तेस्रोलिङ्गी १ जना गरी कुल २ लाख ४६ हजार ७८ जना मतदाता रहेका छन् । बाँकेमा ८ ओटा स्थानिय तहमा १...
नेपालगंज: मतदान शुरु भएको २ घण्टामा नेपालगन्ज लगायत बाँकेका अधिकांश मतदान केन्द्रमा करिब २० प्रतिशत मत खसेको बाँकेका मुख्य निर्वाचन अधिकृतले बताएका छन् ।उनका अनुसार, बाँकेका १३६ मतदान स्थलका २ सय ९५ मतदान केन्द्रमा मतदान सूचारु भइरहेको छ ।बाँकेका कुनै पनि मतदान केन्द्रमा अप्रिय घटनाको भएको जानकारी छैन । यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँकेमा शान्तिपुर्ण ढंगले मतदान भइरहेको बताए ।खासगरी महिला, ज्येष्ठ नागरिक र असक्त व्यक्तिहरुले विहानै...