भरतपुर महानगरपालिकामा ९० मतपत्र च्यातिएको विवरण सार्वजनिक
प्रकाशित मिति : २०७४, १९ जेष्ठ शुक्रबार १२:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भरतपुर:भरतपुर महानगरपालिकामा ९० मतपत्र च्यातिएको विवरण सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले ९० वटा मतपत्र च्यातिएको जानकारी सञ्चारकर्मीलाई जानकारी दिए । मतगणना जारी रहेका बेला माओवादी केन्द्र र एमालेबीच विवाद भएपछि मतपत्र च्यातिएको थियो ।
Advertisement
एमालेले माओवादीले मतपत्र च्यातेको आरोप लगाएको छ भने निर्वाचनमा गठबन्धन गरेका काँग्रेस–माओवादी केन्द्रले पराजित हुने भएपछि एमालेले मतपत्र च्यातेको आरोप लगाएको छ । च्यातिएको मत्रपत्र शीलबन्दी गरेर राखिएको न्यौपानेले जानकारी दिए । च्यातिएका मतपत्रको शील खोलेर गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएपछि बिहीबार निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र दलीय प्रतिनिधिको रोहबरमा शीलबन्दी खोलिएको हो ।
‘निर्वाचन आयोगको निर्देशनअनुसार शीलबन्दी खोलेर गन्दा क्षति भएको ९० वटा पमतपत्र भेटियो’, उनले भने, ‘यही रिपोर्ट निर्वाचन आयोगमा दिन्छु ।’ गत १४ जेठको राति ११ बजेर ४५ मिनेटमा भरतपुर १९ को मतगणना जारी रहेका बेला गणनामा बसेका माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । यसअघि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दीपक थापाले ५÷७ वटा मात्र मतपत्र च्यातिएको बताएका थिए । सोही दाबीलाई आधार मान्दै संसदको बुधबारको बैठकमा एमाले नेता सुरेन्द्र पाण्डेले ५ वटा मतपत्र च्यातिएको बताएका थिए । मतपत्र च्यातिएको विषयमा छानबिन गर्न निर्वाचन आयोगले सह–महान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वको तीन सदस्यीय छानबिन टोलीले तयार पारेको प्रतिवेदनमा च्यातिएको मतपत्र संख्या यकिन थिएन ।