आम निर्वाचन २०७४मा रहेका समाचारहरु
तुलसीपुर, दाङ । नेपाली कांग्रेसभित्र लामो इतिहास बोकेका तर पार्टीले इतिहासका हरेक कालखण्डमा बिर्सेका दाङ कांग्रेसका पुराना र सक्रिय नेता शंकर गिरीलाई यो पटक कांग्रेस नेतृत्वले न्याय गर्न लागेको संकेत देखिएका छन् । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा प्रष्ट बक्ताका रुपमा चिनिने, इमान्दार, जुझारु, सक्रिय तथा पार्टीको केन्द्रिय प्रशिक्षक समेत रहेका गिरीलाई उम्मेदवार बनाउन लागेको चर्चा आजकाल निकै चलेको छ । यो चर्चाले सार्थकता पाए...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गर्नुभएको हो भने उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी हुनुभएको छ । यद्यपी राजनीनिक दलका प्रतिनिधि नआएका कारण घोषणमा केही ढिलाई भएको छ । केही बेरमा घोषणा हुने काठमाडौं महानगर निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा २० हजार ७ सय ६३ बढी मत...
काठमाडौँ । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाखको हाराहारीमा कर्मचारी खटाउन लागेको जानकारी दिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने बताउनुभयो । चार सय ६१ स्थानीय तहमा हुने दोस्रो चरणमा हुने निर्वाचनमा छ हजार ७१८ वटा मतदानस्थल र ११ हजार ९३१ मतदान केन्द्रमा ती कर्मचारी खटाउने आयोगले तयारी गरेको हो ।...
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी निर्वाचित भएका छन् ।गत बैशाख ३१ गते भएको स्थानिय तहको नर्वाचन अन्तर्गत भएको निर्वाचनमा नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७ सय २ मतको अन्तरले हराउँदै जिसी मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित जिसीले ६० हजार ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे । संघीय समाजवादी फोरम नेपाल र...
सुवास पण्डित,चितवन । पहिलो चरणमा निर्वाचन भएका ४ महानगरपालिका मध्ये ललितपुर नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने पोखरा-लेखनाथ महानगरपालिकाको परिणाम एमालेको पोल्टामा गएको छ । काठमाडौंमा पनि एमाले जितको सन्निकट छ । तर, भरतपुर महानगरपालिकामा भने कसले चुनाव जित्ला भन्ने कौतुहलता कायमै छ । अत्यास लाग्दो मतगणना प्रकृयाकाबीच मेयरका प्रत्यासीको घट्दो दूरीको प्रतिस्पर्धाले कसले बाजी मार्ला यसै भन्न सकिने अवस्था देखिँदैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी...
रोल्पा । यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । एक नगरपालिका र नौ गाउँपालिकासहित १० स्थानीय तह रहेको रोल्पामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । जिल्लाको रोल्पा नगरपालिकाबाट काँग्रेसले पूर्व सांसद लेखनाथ आचार्यलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा नेपाल महिला...
तुलसीपुर: नेपाली कांग्रेसले तुलसीपुर उपमहानगरपालिकाका १९ वडाहरुको वडा उमेदवारहरुको चयन गरेको प्रति काँग्रेस भित्रै युवा नेताहरुले त्यसप्रति असन्तुष्टी जाहेर गरेका छन् । यस्तो असन्तुष्टि जनाउनेहरुमा पत्रकारदेखि जिल्लाको नेतृत्व गरिरहेका नेताहरु पनि छन्। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका छन्। ‘दाङ क्षेत्र नम्बर ४ र ५मा टिकट बितरनको प्रक्रिया हेर्दा अतेन्त दुःख लागेर आयो किनकी बाहिर मतदाको सोर अर्कै सुनियो...
बैतडी । नेपाली काँग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ । बैतडीका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा प्रमुख र उपप्रमुखका आकाङ्क्षी धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिमा नामावली पठाएको काँग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । उहाँले एक दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लागेर आउने बताउनुभयो । नेपाली काँग्रेस बैतडीले सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेक अरु कुनै स्थानीय तहमा...
तुलसीपुर । नेपाली कांग्रेस दाङले विहीवार तुलसीपुर उपमाहानगरपालीका क्षेत्रका उमेदवारहरुको नामावली टुङ्गो लगाएको छ । दुइदिन सम्म बसेको वैठकले तुलसीपुर उपमहानगरपालिकामा रहेका १९ वटा वडाका अध्यक्ष र सदस्यहरुको नाम टुङ्गो लगाएको हो । उपमाहानगरपालीका १ मा फल्कुुदत्त भण्डारी, २ मा राजु आचार्य, ३ मा राजन खड्का, ४ मा चित्रा गरी , ५ मा विरेन्द्र्र शाह, ६ मा लोक वहादुर के.सी, ७ मा टोपबहादुर केसी, ८ मा वेदु केसी, ९ मा...
नेपालगन्ज । बाँकेको खजुरा गाँउपालिकाको वडा नम्वर ५ उढरापुर कार्यलयमा आज नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रिय निर्वाचन कार्यलय नेपालगञ्जको आयोजनामा मतदाता शिक्षा प्रभावकारी र घरदैलो सम्म पु¥याउनका लागि नमूना मतदान आयोजना गरीएको कार्यलयले जनाएको छ । पहिलो चरणको चुनाबमा बदर सङख्या धेरै भएको गूनासो आएपछि दोश्रो चरणको चुनावमा कमभन्दा कम मतपत्र बदर होस भन्ने उदेश्यका साथ नमूना मतदान आयोजना गरीएको क्षेत्रिय निर्वाचन अधिकारी बसन्तराज अधिकारीले बताउनुभयो । ...