४४ सदस्यीय भारतीय कमान्डो काठमाडौंमा
प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार ०७:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २६ बैशाख । भारतीय वायुसेनाको चार्टर विमानमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षा दिन सुरक्षा सामग्रीसहित करिब ४ दर्जन सुरक्षाकर्मी र दुइटा बुलेट प्रुफ लेमोजिन कार मंगलबार बिहान काठमाडौं ल्याइएको छ । मोदीका यी दुइटै कार काठमाडौंमै राखिनेछ ।
Advertisement
एउटा कार यसअघि नै जनकपुर ल्याइ सकिएको छ । एकैछिन उपयोग गरेर फर्काउने गरी उक्त कार सडकमार्गबाटै ल्याइएको हो ।
काठमाडौं ल्याइएका कारका चालक दलका १६ सदस्य र ४४ सदस्यीय सुरक्षा कमान्डो नेपाल आइपुगेका जानकारी अधिकारीहरूले दिए । नेपाली सेनासँगको सहकार्यमा उनीहरूले मोदीलाई छुट्टै घेरामा रहेर सुरक्षा दिने जनाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।