उपनिर्वाचनको तयारी सुरु, प्रमद्वारा आयोग पदाधिकारीसँग छलफल
प्रकाशित मिति : २०७५, १८ श्रावण शुक्रबार ०९:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौ, १८ साउन । सरकारले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । यसै विषयलाई लिएर प्रधानमन्त्री के.पी. शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा छलफल गरेका छन् ।
उपनिर्वाचनका लागि सबभन्दा पहिले स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधन गर्नुपर्ने छ । स्थानीय तहमा मात्रै १९ जिल्लाका नगरपालिका प्रमुख, गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका २०७ पद रिक्त रहेका छन् ।
प्रधानमन्त्री ओलीसँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितका आयोगका पदाधिकारीले उपनिर्वाचन गर्ने विषयमा छलफल गरेको जानकारी आयोगका प्रवक्ता दीपक सुवेदीले दिए ।
अाजकाे गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
Advertisement