प्रहरीलाई झुक्याउन १७ दिनमा आठवटा सिमकार्डको प्रयोग
प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार ०७:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भक्तपुर, २६ वैशाख । भक्तपुर थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिंदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या देखिएको प्रहरीको भनाइ छ ।
Advertisement
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन् । ‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिवर्तन गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ, हामी छिट्टै मुख्य अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टले भने । राजधानी दैनिकमा खबर छ।