स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
नेपालगन्ज,२१ मंसिर। नेपालगन्जमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ। नेपालगन्जको बिपि चोक स्थित नेशनल फार्मेसीमा यहि मंसिर २९ गते डा. बिजय उपाध्यायको नेतृवमा निशुल्क स्वास्थ्य शिबिर हुन लागेको हो। शिबिरमा पित्त,एपेन्डिक्स,स्तन , शरीरमा भएका गाठा गुठी सम्बन्धी बिरामीलाई स्वास्थ्य जाँच गरिने समेत भएको छ। त्यस्तै शिबिरमा हार्निया, ,हाइड्रोसिल जस्ता बिरामीको नेशनल फार्मेसीमै अप्रेसन गरिने आयोजकले जनाएको छ। सर्जन डा. उपाध्यायद्वारा दिईने निशुल्क शिबिरमा प्याथोलोगी सेवामा २० प्रतिशत...
नेपालगन्ज, १५ मंसिर।बाँकेको जानकी गाऊपालिकामा शनिबार एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ। नेपाल क्षरोग निबारण संस्था बाँकेद्वारा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिबिर जानकी गाऊपालिकाको वडा नम्बर ५ मा सम्पन्न भएको हो। शनिबार सम्पन्न निशुल्क स्वास्थ्य शिबिरमा २०० बढिले स्वास्थ्य जाँच गराएका थिए। नेपालगन्ज मेडिकल कलेजका फिजिसियन् डा. शुभाष योगी लगायत डा. बिजय प्रधान सम्मिलित स्वास्थ्य जाँचमा बढि जसो बाथ रोगीहरु देखिएको डा. शुभाष योगीले बताउनु भयो। यस्तै धेरै...
नेपालगञ्ज, १५ मंसिर ।३१ औं विश्व एड्स दिवसका अवसरमा नेपालगञ्जमा सचेतनामुलक ¥याली निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्यमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा विहान नगरमा ¥याली प्रदर्शन गरिएको हो । एआआइभीको जाँच गराऔं, आफनो अवस्था थाहा पाऔं भन्ने मुल नारासहितको ¥यालीमा एचआइृभी विरुद्धका सचेतनामुलक प्ले कार्ड प्रदर्शन गरिएको थियो । नगर उपप्रमुख उमा थामगरले ¥यालीको शुरुवात गर्दै एचआईभी विरुद्ध सचेतना र सुरक्षात्मक उपाय अवलमवन गर्नु...
नेपालगञ्ज, १४ मंसिर । सिविल बैंक लिमिटेड नेपालगञ्ज शाखाले आज नेपालगञ्जमा गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् । आफ्नो आठौं बार्षिकोत्सवको अवसर पारेर बैंकको नेपालगञ्ज शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत् रक्तदान कार्यक्रम आयोजना गरेको बैंकका शाखा प्रबन्धक विजय केसीले बताउनुभयो । बैंकका रिजनल सुभपरभाइजर विष्णुनाथ योगीले हरेक वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत् बैंकले विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । ...
नरैनापुर (बाँके), १० मंसिर । बाँकेको नरैनापुर गाउँपालिकामा आज एकिकृत घुम्ती सेवा शिविर गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र नरैनापुर गाउँपालिकाको आयोजना एवम् जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा घुम्ती शिविरको आयोजना गरिएको हो । गाउँपालिकाको वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोदवाँ पण्डितपुर्वामा भएको शिविरमा नागरिकता वितरण, नागरिकको स्वास्थ्य परिक्षण, आँखा जाँचसँगै फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल...
राकेश मिश्रा/ नेपालगन्ज( पुरैना), ९ मंसीर। नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनामा ५७ महिला घरमै सुत्केरी भएका छन् । आर्थिक वर्ष २०७४/ ०७५ मा १५० महिला सुत्केरी भएका थिए । पुरैना स्वास्थ्य चौकीदेखि भेरी अञ्चल अस्पतालको दूरी करीब चार किलोमिटर मात्र छ । चौकीले (बर्थिङ सेन्टर) प्रसूति सेवाकेन्द्रका लागि भवन बनाएको छ, तर बाटो नहुँदा सञ्चालन गर्न सकेको छैन । “हामी भेरी अञ्चल अस्पतालमा सिफारिश गर्छौँ, अस्पताल जानुको साटो स्थानीय घरमै बच्चा जन्माउँछन”, चौकी...
नेपालगन्ज(डुडुवा) ,९ मंसीर। बाँकेको डुडुवा गाऊँपालिकामा स्वास्थ्य बिमाका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिमा अन्तर्गत बर्षभरीमा ५० हजारसम्मको स्वास्थ्य सेवाका लागी चेक जाँच र औषधीको सेवा लिन सकिने भएको छ। बार्षिक बिमा अन्तर्गत ५० हजारको औषधीका लागि दुई हजार पॉंच सय रूपैया लाग्ने भएको हो। नेपाल सरकार स्वास्थ्य बिमाद्वारा दिइने सहयोगमा बर्षभरीमा एक घरका ५ जना सदस्यहरुले सुबिधा लीन सकिने भएको छ। अभिमुखीकरण कार्यक्रम पश्चात गाउँपालिकामा स्वास्थ्य सुरक्षा संयोजन...
महोत्तरी, ५ मङ्सिर ।महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । ...
जुम्ला, २६ कात्तिक : तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डा रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर गएपछि अहिलेसम्म औषधालय चिकित्सकविहीन हुनपुगेको हो । आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त छ । हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि...
दाङ्ग(लमही), १५ कार्तिक। दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ । जिल्लामा आव २०७३÷०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार आव २०७३÷०७४ मा ४६ पुरुष र २८ महिला, २०७४÷०७५ मा ३३ पुरुष र ३६ महिला र चालू आर्थिक वर्षको अहिलेसम्म दुई पुरुष र दुई महिलामा सिकलसेल एनिमिया देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख...