स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

रेडियो सद्भावले रक्तदान कार्यक्रम गर्दै

नेपालगन्ज, २ बैशाख।रेडियो सद्भाव सबैको रेडियो ९१.२ मेघाहर्जले आफ्नो बार्षिक उत्सवका अवसरमा भोली बृह्त रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भोली सोमवार विहान साढे १० बजे रेडियो प्राङ्गनमा बृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बेलाबखत हुने रगत अभावलाई थोरै भएपनि पूर्ति गर्नका लागि सहज होस् भनेर रेडियोले रक्तदान कार्यक्रम आयोजना गरेको स्टेशन प्रमुख नवीन गिरीले जानकारी दिनुभयो । रेडियो सद्भावले मानविय सहयोग र...

कारागारमा कैदी-थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढ्यो

गोपालप्रसाद बराल /बर्दिवास, २८ चैैत्र।महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी÷थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । गर्मी बढेसँगै कारागारका कैदी÷थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ । कारागारले थेग्नै नसक्ने गरी कैदी÷थुनुवालाई यहाँ न्यायिक निकायले पठाइ दिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन मिलाउन गा¥हो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ । अहिले दिनहूँ नियमित उपचार...

खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

नेपालगन्ज, २५ चैत्र।बाँकेको खजुरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । खजुरा गाउँपालिका अन्तरगत रहेका ८ वटै वडामा बस्ने सबै बालबालिकाले पाउनु पर्ने सबै खोप पाएकाले गाउँपालिकालाई आज एक कार्यक्रमका वीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि २३ महिनासम्म पाउनु पर्ने सबै खोप बालबालिकाले पाएको खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका मेसु डा. सन्तोष श्रीपालीले जानकारी दिए । २ वर्ष मुनिका बालबालिकालाई दिइने विभिन्न ११...

राप्ती अञ्चल अस्पतालमा डायलासिस र एक्स–रे सिआर्म यन्त्र प्रयोगविहीन

तुलसीपुर, दाङ, २५ चैत्र।तुलसीपुरको एक मात्र सरकारी अस्पताल साविकको राप्ती अञ्चल अस्पतालमा बिरामीले प्रभावकारी सेवा पाउनसकेका छैनन् । जनताले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउनका लागि विसं २०६५ मा महापुराण लगाएर रु दुई करोड तथा करीब पाँच बिघा जग्गा सो अस्पताललाई जुटाइदिएका थिए । तत्कालीन सरकारले तुलसीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरेर अञ्चल अस्पताल बनाउने निर्णय गरेको थियो ।   अथक मेहनत तथा सहयोग गरेर स्थापना गरेको सो अस्पतालमा हालसम्म पनि...

नेपालगन्ज उपमहानगरमा गाईवस्तुको स्वास्थ्य जाँच

नेपालगञ्ज, चैत्र २५ ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ परसपुरमा निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै नेपालगंज उप महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज आईतबार परसपुर दक्षिण आप वगीयामा शिवीर सञ्चालन गरिएको हो । नेपालगञ्ज उप महानगरपालिकाका वडान १७ का अध्यक्ष अजय कुमार पाठकले बाख्रालाई औषधी खुवाएर शिवीरको उदघाटन गर्नु भयो । अध्यक्ष पाठकले पशुको स्वास्थ्य परिक्षणले पशुको स्वास्थ्यस्थिती पत्ता लागे सँगै क्षती नोक्सानी...

नेपालगन्जमा स्वास्थ्य सेवा दिवसमा प्रभातफेरी

नेपालगञ्ज,२४ चैत्र । ७० औं स्वास्थ्य सेवा दिवसमा नेपालगञ्जमा प्रभातफेरी, सभा लगायतका कार्यक्रम गरिएका छन् । स्वास्थ्य सेवा सबैलाई, जहिले पनि जहाँ पनि भन्ने मूल नारासहितको व्यानरमा शनीबार बिहान नगरमा प्रभाफेरी निकालिएको छ भने बिरामी तथा बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विहान उपमहानगरपालिकाको कर्यालयबाट शुरु भएको प्रभातफेरी, धम्वोझी चौक हुँदै पुन: विपी चौक पुगेर सभामा परिणत भएको थियो । स्वास्थ्यकर्मी, उपमहानगरपालिकाका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेवीका,...

बाँकेमा स्थानीय निकायका स्वास्थ्य बजेट खर्च हुन सकेन

नेपालगन्ज,१९ चैत्र/कल्पना पौडेल । स्थानीय पालिकाले स्वास्थ्यका लागि विनियोजन गरेको खर्च गर्न नसकेको देखिएको छ । कूल बजेटको निकै कम मात्र बजेट स्वास्थ्यका लागि खटिएको भए पनि स्थानीय पालिका र त्यहाँ खटिएका स्वास्थ्यकर्मीबीचको आपसी समन्वयका कारण चालु आवको आठ महिना सकिन लाग्दासमेत हालसम्म २० देखि ३० प्रतिशत मात्र बजेट भएको पाइएको छ । वैजनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक शोभा अधिकारीले कम जनशक्ति, समयमै बजेट भुक्तानी नहुँदा बजेट पनि कम खर्च भएको बताउँछिन्...

क्षयरोगीको स्वास्थ्य परीक्षण गर्न अत्याधुनिक मेशिन जडान

दमौली, तनहुँ, १८ चैत्र। तनहुँ जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले राहत पाउने भएका छन् । रु ४० लाखको लागतमा क्षयरोग परीक्षण गर्ने जिनेक्सपाट मेशिन जडान गरिएको अस्पतालले जनाएको छ । उक्त उपकरणले क्षयरोगका अति सूक्ष्म जीवाणु पनि परीक्षण गर्न सकिने जिल्ला स्वास्थ्य प्रमुख डा पवनजंग रायमाझीले बताउनुभयो । नेपाल सरकारबाट क्षयरोगको...

के हो मस्तिष्कघात ? किन हुन्छ ?

नेपालगन्ज, १७ चैत । मस्तिष्कका विशेष भागहरूमा रगत प्रवाहमा बाधा हुँदा मस्तिष्कघात हुने गर्छ । मस्तिष्कका रक्तनलीबाट रक्तस्राव हुँदा पनि अकस्मात् यस्तो समस्या आउने गर्छ । मस्तिष्कघातको आपत्कालीन रूपमा उपचार गर्नुपर्छ । त्यसका लागि बिरामीलाई तुरुन्तै अस्पताल पु-याउनुको विकल्प रहँदैन । नत्र, बिरामीको मृत्यु नै हुन सक्छ । यस्तो रोग निको हुन लामो समय लाग्छ । उपचारका क्रममा बिरामीको राम्रोसँग हेरविचार गर्न अत्यावश्यक हुन्छ । बिरामी निको भइसकेपछि पनि पोषणमा विशेष ध्यान...

कानूनी विभेदबाट कुष्ठरोग प्रभावित

ललितपुर, १७ चैत्र। कुष्ठरोग प्रभावित व्यक्ति कानूनी विभेदमा परेका छन् । साविक मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न, गराउन नहुने र विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरु कानूनी विभेदमा परेका हुन् । चिकित्सा कानूनमा विद्यावारिधि अधिवक्ता डा रमेश पराजुली राज्यले भेदभावविरुद्धको अधिकार संविधानमा व्यवस्था गरे पनि यस्ता कानून नहटेको बताउनुभयो । “संविधानमा भएका व्यवस्थासमेत कानून परिमार्जन नहुँदा कार्यान्वयन हुन सक्दैन । कानूनी व्यवस्था अझै पछि धकेलिएको...