स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
फाल्गुन ४,नेपालगन्ज।बाँकेको डुडुवा गाँउपालिकाका नागरिकले स्वास्थ्य सँस्थाबाट पाउने सम्पुर्ण सेवा सुबिधा नि:शुल्क पाउने भएका छन । अहिले गाँउपालिकाले सेवाग्राहीबाट नामदर्ताको लागि समेत शुल्क नलिने घोषणा गरेको छ । गाँउपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै सम्पुर्ण सेवाग्राहीलाई निशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउ सुरु गरिएको गाँउपालिका प्रमुख नरेन्द्र चौधरीले जानकारी दिए । उनले घर–घरमा स्वास्थ्य सेवा अभियानमा खटिने कर्मचारीका लागि २ दिने अभिमुखीकरण समेत गरिएको बताउदै भने–‘हामी विस्तारै गाँउमा सिँहदरवार...
फाल्गुन ४,डोल्पा । त्रिपुरासुन्दरीनगरपालिका अन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । जिल्ला अस्पतालले गत असोज पहिलो सातामा रु एक लाख ५० हजार बराबरको औषधि पठाएको थियो । उक्त औषधिले मंसिरको दोस्रो हप्तासम्म जेनतेन धानेको थियो ।...
फाल्गुन ४,नेपालगन्ज। प्रजातन्त्र दिवशको अवसरमा फाल्गुन ७ गते रक्तदान हुने भएको छ। महेन्द्र बहुमुखी क्याम्पस अनेरास्वबीयु ईकाइ कमिटि नेपालगन्जले सो अवसरमा महेन्द्र बहुमुखीको प्रांगणमा रक्तदान गर्न लागेको हो। क्याम्पस पढ़न आउने बिद्यार्थीहरु र अन्य सर्बसाधारण बिरामी हुदा आपातकालीन अवस्थामा रगतको अभाब नपरोस भनी प्रजातन्त्र दिवसमा रक्तदान कार्यक्रम गर्न लागेको ईकाई कमिटी अध्यक्ष हेम राज शाहीले बताए। ...
फाल्गुन ३,अर्पणा योगी/ नेपालगन्ज।नेपालगन्ज वडा नम्बर ४ को कार्यालयमा आज हात्तीपाइले रोग निबारण सम्वन्धी जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम संम्पन्न भएको छ। यही फाल्गुन १२ देखि १४ गते सम्म खुवाइने हात्तीपाइले रोग बिरुद्दको औषधि सेबन गर्ने बारेमा कार्यक्रम भएको हो। वडा नम्बर ४ का वडा अध्यक्ष मो.सफिक बेहनाको अध्यक्षयतामा बसेको कार्यक्रममा समजसेबी,राजनितिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायत २५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष बेहनाले हात्तीपाइले रोग गम्भिर भएकोले यस बाट...
फाल्गुन २,नेपालगन्ज।बाँके जिल्लामा एचआईभी संक्रमति महिलामध्ये अधिकाश पतिबाटै सक्रमित भएको पाएको छ । विवाहपछि पतिबाट एचआईभी सक्रमित भएका महिलाको संख्या बढ्दो अवस्थामा पुगेको छ । सोमबार नेपालगन्जमा एएचएफ नेपालद्धारा विश्व कण्डम दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी एचआईभी संक्रमित महिलाले आफूहरु पतिकै कारण संक्रमित भएको बताएका छन् । बाँके जिल्लामा रहेका ९६२ जना एचआईभी संक्रमित मध्ये महिला सख्या ४१४ जना रहेका छन् । सल्यान घर भई नेपालगन्जमा बस्दै आएकी ३८ बर्षीय केशरी...
फागुन १,जाजरकोट । विद्यार्थीलाई अज्ञात रोग लागेका कारण नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ । त्यहाँका छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो । पढाउँदै गर्दा एकाएक हात काम्ने र कराउने समस्याले छात्राहरु भकाभक कक्षा कोठामा ढल्न थालेपछि पढाइ सञ्चालन गर्न समस्या भएको प्रअ हुमप्रकाश सिंहले बताउनुभयो । दैनिक ६ देखि ११ जनासम्म छात्रा बिरामी भएपछि पढाइ सञ्चालन गर्न नसकिएको उहाँको भनाइ...
माघ २६, काठमाण्डौ।मातृ मृत्युको मुख्य कारण ‘इक्लामसिया’ रोक्न प्रमुख मानिएको ‘म्याग्नेसियम सल्फेट’ नामक औषधिको खरिद हुन नसक्दा अभाव भएको छ । परिवार स्वास्थ्य महाशाखाका आमा सुरक्षा कार्यक्रमकी कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेका अनुसार गर्भवती, सुत्केरी, सुत्केरीपछिको ४२ दिनसम्मको समयमा काँप्ने, मुर्छा पर्ने समस्या हुँदा यो औषधि आवश्यक पर्छ । यी समस्याबाट हुने मुत्यु रोक्न लगाइने भ्याक्सिन ‘म्याग्नेसियम सल्फेट’ र सुत्केरी पछि अत्यधिक रक्तश्राव रोक्न आवश्यक पर्ने ‘अक्सिटोसिन’ औषधि स्थानीय पालिकाले...
माघ २६,कपिलबस्तु । कपिलबस्तुमा ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् । सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन...
माघ २४ ,काठमाडौं । प्रमुख तीन विद्यार्थी संगठनले चर्को शुल्क असुल गर्ने मेडिकल कलेजको अनुगमन गर्न २१ सदस्यीय संयुक्त टोली गठन गरेका छन् । अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा प्रत्येक संगठनबाट ७/७ जना रहने गरी २१ सदस्यीय टोली गठन गरेको बुधबार विज्ञप्तिमार्फत जानकारी दिएका छन् । उनीहरुले मापदण्ड र निर्देशन विपरीत बढी शुल्क असुली गर्ने युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज,...
माघ १९,कपिलवस्तु। कपिलबस्तुको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास डिभिजन भैरहवाले श्री अर्घाखाँची÷तपेश्वरी जेभीलाई रु एक करोड ७६ लाख ८६ हजार २२३ मा ठेक्का दिएको थियो । २०७२ असार २९ देखि काम शुरु गरिएको भए पनि आजसम्म भवन निर्माण सम्पन्न हुन सकेको छ । सम्झौताअनुसार ठेकेदारले...