स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
माघ १८,बर्दिया। बर्दियाको गेरुवा गाउँपालिकामा रहेको सामुदायिक स्वास्थ्य सेवा केन्द्रको एम्बुलेन्स बिग्रँदा चार महिनादेखि एम्बुलेन्स सेवा प्रभावित भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, छतिवन सामुदायिक वनलगायत विभिन्न संघसंस्थाको सहयोग र चन्दा संकलनबाट ५ वर्षअघि २०६९ साल साउनमा सामुदायिक स्वास्थ्य केन्द्रले किनेको एम्बुलेन्स बिग्रिएपछि मर्मत गर्ने रकम अभावमा एम्बुलेन्स सेवा प्रभावित भएको हो । गाउँपालिकाको एक मात्र एम्बुलेन्स मर्मत हुन नसक्दा बिरामीको एम्बुलेन्स सेवा नपाएर उपचारमा ढिलाइ भएका...
माघ १७,नेपालगन्ज।नेपालगन्जको भेरी अञ्चल अस्पतालमा आउने विरामीलाई सजिलै जाँच गराईदिने भन्दै अनावश्यक सताउने तथा ‘फलानो मेडिकल’बाट औषधी लिनु भन्नेहरु माथि निगरानी गर्न सु्रु गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुप्ररीटेण्डेन्ट डा. कृष्ण आचार्यले अस्पताल बाहिर सञ्चालनमा आएका सबै जसो मेडिकल तथा ल्यावबाट अस्पतालको ओपिडि, लेवररुम, तथा ईमरजेन्सी मै आफ्ना एजेन्ट पठाई सस्तो र सजिलो सेवा दिने भन्दै विरामी ठग्ने प्रबृत्ति बढेकोले अस्पताल प्रशाशनले त्यसका विरुद्ध अभियान सुरु गरेको जानकारी दिए...
माघ १५,नेपालगन्ज-नर्सिङ क्षेत्रले गरेको सेवा अनुसार राज्यले सम्मान गर्न नसकेको नर्सहरुले गुनासो गरेका छन्। नेपाल नर्सिङ संघको ५६ औं स्थापना दिवसको सन्दर्भमा सोमबार आयोजित गुणस्तरिय स्वास्थ्य सेवाका लागी नर्सिङकर्मीको भूमिका विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्ने नर्सिङ क्षेत्रका अगुवाले यस्तोबताएका हुन् । भेरी अञ्चल अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले नर्सहरुले गरेका थुपै्र काम ओझेलमा पर्ने गरेको बताउँदै भनिन्, ‘राज्यले दिएको हक नर्सले नपाएको अवस्था छ, महिलाले अपनाउने पेशा...
माघ ११,नेपालगन्ज।नेपाल चिकित्सक संघ भेरीको अध्यक्षमा डा.बिनोद कर्ण निर्बाचित भएका छन। माघ १० सम्पन्न चिकित्सक संघको निर्बाचन डा.कर्णले उनका प्रतिद्वन्दी डा.केएन जोशी लाई ५९ मत अन्तरले पराजित गर्दै अध्यक्ष बनेका हुन। डा.कर्णले ७५ मत प्राप्त गरेका थिए भने डा.जोशीले १६ मत प्राप्त गरेका हुन। यस्तै उपाध्यक्षमा डा.सुभाष पाण्डे निर्बचित भए भने सचिबमा डा.पीयूस कुमार कनोडिया,सह-सचिबमा डा.प्रभा गौतम घिमिरे र कोषाध्यक्षमा डा.नबीन कुमार उपाध्याय र सह- कोषाध्यक्षमा डा.रोमा बोरा निर्बचित भएका...
एजेन्सी । यौन सम्बन्ध हरेक दम्पत्तिका लागि महत्वपूर्ण हुन्छ । यसैका लागि गरिएका हजारौं अध्ययन र अनुसन्धान सार्वजनिक भएका छन् । यसैक्रममा एउटा अर्काे अध्ययन पनि भएको छ कि यौनसम्पर्कका बेला महिलाहरु किन आँखा बन्द गर्छन ? अध्ययन भन्छ- यदि कोही महिला यौनसम्पर्कका बेला आँखा बन्द गर्छिन् भने यसको अर्थ हुन्छ उनी पुरै मजा लिइरहेकी छिन् । अर्थात पाटनरले उनलाई चरम सन्तुष्टि दिइरहेका छन् । अध्ययन अनुसार ९३ प्रतिशत महिला...
माघ ६,नेपालगन्ज। नेपालमा करिब ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको केन्द्रका निर्देशक डा केदार नरसिंह केसीले बताए ।उनका अनुसार प्रत्येक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी देखापर्ने गरेका छन् भने क्षयरोगकै कारण नेपालमा वर्षेनी पाँचदेखि सात...
कोहलपुर, ५ माघ । चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै आक्रोशित भएका आफन्त तथा स्थानीयहरुले आज नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा तोडफोड गरेका छन् । दुई दिन अघि अस्पतालमा सुत्केरी हुुनुभएकी कोहलपुर नगरपालिका–५ रझेनाका २१ बर्षीया सीता शाहीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्त र रझेनाका स्थानीयहरुले प्रदर्शन गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । प्रदर्शनकारीहरुले ढुंगामुढा गर्दा अस्पतालको प्रशासन शाखाका सिसाहरु फुटेका छन् भने कुर्सी टेवुल भाँचिएका छन् । ...
नेपालगञ्ज, माघ ३ । नर्सहरुको आन्दोलनका कारण बाँकेमा पनि उपचार सेवा प्रभावित भएको छ । एकसातादेखि जारी आन्दोलनले अस्पताल पुग्ने विरामीहरु समयमा उपचार पाउनबाट बञ्चित भएका छन् । अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुर्नस्थापना गरिनुपर्ने, स्कुलमा नर्स राखिनुपर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सहरुको पुर्नबहाली गरिनुपर्ने लगायतका माग राख्दै गत बुधवारदेखि नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सहरु आन्दोलनमा छन् । आज पनि विहान १० बजेदेखि दिउँसो १ बजेसम्म काम बहिष्कार...
नेपालगञ्ज, पुष ३० । ११ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएमा नर्सहरुले आज पनि बाँकेका अस्पतालहरुमा एक घण्टा काम बहिस्कार गरेका छन् । जिल्लाका सरकारी र निजी सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले बिहान १० देखि ११ बजेसम्म कुनै पनि काम नगरेको नर्सिङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसि वलीले जानकारी दिनुभयो । यससँगै नर्सहरुले कालोपट्टि बाँधेर काम गरिरहेका छन् । नर्स र विरामीको अनुपात सबै अस्पतालहरुमा कायम गरिनुपर्ने, काठमाडौको मानव अंग...
पुस २९, नेपालगन्ज : मारवाडी युवा दिवसको अवसर पारेर माडवाडी युवा मञ्च नेपालगन्जले शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । व्यापारीक पृष्ठभूमिका मारवाडी समुदायका युवाहरु समाजिक कार्यमा सक्रिय रहनको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको मारवाडी युवा मञ्च नेपालगन्जका अध्यक्ष महेश अग्रवालले जानकारी दिए । नरम स्वाभावका मानिने मारवाडी समुदायका युवाहरु अहिले सामाजिक क्षेत्रमा अग्रसर हुँदै काम गरिरहेका छन्। मारवाडी युवाहरु अब व्यापार गर्ने मात्रै नभएर समुदायको विकासका लागि पनि अग्रसर हुने...