स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
नेपालगञ्ज, फागुन १६ । बाँकेमा औलो रोगको जोखिम बढेको छ । साउनयता बाँकेको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिका लगायतका क्षेत्रमा औलोका ४५ विरामी भेटिएको जिल्ला जनस्थास्थ्य कार्यालय बाँकेले जनाएको छ । पछिल्लो पटक सन् २००६ मा बाँकेको बैजनाथ क्षेत्रमा औलोको महामाही फैलिँदा २८ जनाको मृत्यु भएको थियो । सन् २०२५ सम्म औलो रोगीको संख्या शून्यमा झार्ने सरकारी लक्ष्य छ । ...
फाल्गुन १५,नेपालगन्ज। नेपालगंजमा आज साँझ छुट्टाछुट्टै ३ वटा मोटरसाइकल दुर्घटनामा परी ४ जना घाईते भएका छन। जानकी गाउँपालिका २ सैनिक भन्ने स्थानमा सैनिक देखि नेपालगन्ज तर्फ आउँदै मोटरसाईकल आफै अनियंत्रित भई पल्टिदा नेपालगन्ज १२ कोरियनपुर बसने बर्ष १९को मोटरसाइकल चालक पूजन शाही र सैनिक बस्ने २१ बर्षीय दिपेश थापा घाइते भएका छन। त्यस्तै नेपालगन्जको सिग्नेट होटल अगाड भे २ प् ६४०१ नम्बरको मोटरसाइकल अनियंत्रित भई पल्टिन जादा २५ बर्षीय नेपालगंजको कारकाडो बस्ने चालक राहुल गिरी...
फाल्गुन १५ ,काठमाण्डौ।जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताउनुभयो । उहाँका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने छ । “हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी साधनलाई...
नेपालगञ्ज, फागनु १५ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ ले आजदेखि ब्याडमिन्टन प्रतियोगितासंगै अन्य विभिन्न खेलकुद गतिविधिहरुको आयोजना गरेको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ होली पर्वका अवसरमा कुर्ची दौड, घैंटो फोड, भाले जित र व्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । धम्वोजी क्लव नेपालगन्जको सहकार्यमा तीन दिनसम्म चल्ने प्रतियोगिताको उपमेयर उमा थापा मगर र वडा नम्बर १ का जेष्ठ नागरिक तथा खेलाडी बलराम शाहले...
फाल्गुन १३,श्रीराम दहित/तुलसीपुर।पतञ्जली योग समिति दाङको आयोजनामा योग शिक्षकहरुका लागि पाँच दिवसीय पुनर्ताजगी तालिम एक कार्यक्रमका बीच पतञ्जली जिल्ला कार्य समितिको योगहल त्रिसिद्देश्वरी मन्दिर तुलसीपुर दाङमा उद्घाटन गरिएको छ । जिल्ला अध्यक्ष घनश्याम अधिकारीको सभापतित्व तथा राप्ती प्रभारी देवराज आचार्यको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा अतिथिहरु सामुदायिक बन महासंघ दाङका कार्यक्रम संयोजक भुपबहादुर केसी लगायत तालिममा सहभागी संख्या ५५ जना रहेका छन् । जिल्ला महिला प्रभारी लक्ष्मी वली(जिसि) को स्वागत मन्तव्य...
नेपालगन्ज १२ फागुन ।नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिले हात्तिपाईले रोग विरुद्धको औषधी खाएका छन् । शनिबार बिहान स्थानीय विपी चोकमा पुगेर उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगर लगायतले औषधी खाई कार्यक्रमको शुभारम्भ गरेका थिए । सो क्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेल, जनस्वास्थ्य कार्यालयका कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका लगायतको उपस्थिती रहेको थियो । जनप्रतिनिधिले औषधी खाईसकेपछि स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खुवाउन सुरु गरेका थिए । जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार पहिलो...
फाल्गुन १२, नेपालगन्ज।आज बाँकेमा हात्तीपाइले निबारण औषधी खुवाइदैछ। १४ गते सम्म सञ्चालन हुने हात्तिपाईले रोग निवारण अभियानलाई सफल र प्रभावकारी बनाउन जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेले अनुरोध गरेको छ। । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधी खुवाउने लक्ष्यका साथ आज देखि १४ गते सम्म घर घरमा पुगेर औषधी खुवाउने भएको छ । ९ सय ९१ वुथमार्फत औषधी खुवाइने तयारीका साथ दुई हजार ३ सय स्वास्थ्य...
फागुन १०, दाङ्ग । दाङ्गमा बुझ्ने र शिक्षित वर्गले नै हात्तीपाइले विरुद्धको औषधि सेवन नगर्ने गरेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि हात्तीपाइले (फाइलोरिया ) रोग निवारण कार्यक्रमअन्तर्गत बर्षेनि नेपाल सरकारले हात्तीपाइलेविरुद्ध औषधि खुवाउने गरेको छ । तर नबुझ्ने र रोगको डरबाट बच्नको लागि गाउँघरका व्यक्तिले औषधि सेवन गरे पनि धेरैजसो बुभ्mने मानिसले भने यसलाई बेवास्ता गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । “बुभ्mने र पढेलेखेका मानिसहरु...
नेपालगञ्ज, ९ फागुन । फागुन १२ गतेदेखि १४ गते सम्म सञ्चालन हुने हात्तिपाईले रोग निवारण अभियानलाई सफल र प्रभावकारी बनाउन जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेले अनुरोध गरेको छ। आम जनताले औषधी सेवन अभियान अन्तगर्त जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेद्धारा सो कुरा बताइएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधी खुवाउने लक्ष्यका साथ १२ गते बुथ, १३ र १४ गते घर घरमा पुगेर औषधी खुवाउने तयारीलाई तिव्रता दिएको...
फाल्गुन ७,नेपालगन्ज। नेपालगन्जमा आज रक्तदान कार्यक्रम भएको छ। प्रजातन्त्र दिबस को अबसरमा अनेरास्ववियु महेंद्र बहुमुखी क्याम्पस इकाई कमिटी द्वारा गरिएको रक्तदान कार्यक्रममा ४५ जना दाताले रक्तदान गरे। उक्त रक्तदान कार्यक्रममा ईकाई अध्यक्ष हेम राज शाही,क्याम्पस प्रमुख गणेश रेग्मी,अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह अनेरास्ववियुका शुर्य रोका लगायत अन्य बिद्यार्थी नेताको सहभागिता रहेको थियो। ...