स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
नरैनापुर(बाँके)। बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सम्पूर्ण उपचार खर्च ब्यहोरेपछि मटेहियाका पवन कुमार यादवको आँखाको शल्यक्रिया गरिएको छ । आर्थिक अभावका कारण बायाँ आँखाको ज्योति गुमाउने अवस्थामा पुगिसकेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियाका यादवको आँखाको शल्यक्रिया गर्न अध्यक्ष शाहले सबै खर्च व्यहोर्नुभएको हो । स्थानीय महेन्द्र मावि मटेहियामा कक्षा ९ मा अध्ययनरत यादबको आँखामा दुई बर्ष अघि लागेको चोटका कारण दुई महिनादेखि उनले बायाँ आँखाले देख्न छोडेका...
नेपालगन्ज । लाखौं रकम बराबर मुल्यको औषधी नेपालगन्ज बिमानस्थलमा थन्किएको छ।कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो । औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल उडान हुन नसकेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताए। मौसममा खराबी आएर...
डडेल्धुरा। डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको हो। यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो । सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो । बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका...
घोराही(दाङ)। केही समय अघि अब्यबस्थित रहेका दाङ घोराहीका मासु पसलहरु अब भने ब्यबस्थित देखिएका छन्।घोराही उपमहानगरपालिका पशु सेवा शाखाले गरेको मासु पसलहरुको अनुगमनका क्रममा सुधारोन्मुख हुँदै गएको देखिएको हो । यस अघिका अनुगमनका क्रममा पटक पटक सुुधार गर्न निर्देशन दिदै आएपछि व्यवसायीहरुले मासु पसल सञ्चालन मापदण्ड अनुसार नै सुधार थालेको पाईएको छ । यसअघि पसल बाहिरै छरपष्टरुपमा मासुहरु झुण्ड्याउने, फलामको रडहरु प्रयोग गर्ने, फ्रिज प्रयोग नगर्ने, सफाई नगर्ने, दर्ता नगर्ने...
नेपालगन्ज । नेपालगन्जमा रहेको एक मेडिकलमा चरम लापरबाही गरेको पाइएको छ। एक औषधी पसलले बिरामीलाई म्याद नाघेको औषधी बिक्री गरेको तथ्य सार्वजनिक भएको छ । भेरी अस्पताल परिसरमा सञ्चालित ‘सादा औषधी पसल’ले बाँके खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारी निवासी २३ बर्षिया डोल्मा खत्रीलाई म्याद नाघेको औषधी बिक्री गरेको हो । म्याद नाघेको औषधी प्रयोग गर्दा आफ्नो स्वास्थ्यमा प्रतिकुल असर पुगेको पीडितले बताएकी छन् । कानको प्वालभित्र सामान्य घाउ भएपछि...
नेपालगञ्ज।नेपालगञ्जको वडा न १० मा पाठेघरको क्यान्सर पहिचान शिवीर सञ्चालन गरिएको छ । हेल्थकेयर अष्पताल तथा प्रसुती गृह(एचसीआरसी) सँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नेराप्रावि गोसाई गाँउमा शिवीर सञ्चालन गरेको हो । शिवीरमा स्थानीय शहरी स्वाथ्य क्लीनीकको पनि प्राविधिक सहयोग रहेको थियो । शनिबार साझसम्म सञ्चालित शिवीरमा एक सय २८ जनाको जाँच गरिएको थियो । एचसीआरसीका प्रसुती रोग विशेषज्ञ डा. कुमार शान शाहद्धारा गरिएको जाँच परामर्शका क्रममा ६ जनामा पोजेटीभ अर्थात क्यान्सरको...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा आज हजार दिने आमाहरुलाई केही सामग्रीहरु निःशुल्क वितरण गरिएको छ । वडाका १५ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई आयोडिन नुन, मञ्जन, साबुन, नङ्ग कट र अण्डा निःशुल्क वितरण गरिएको सहरी स्वास्थ्य केन्द्रकी इन्चार्ज पुष्पा खड्काले बताउनुभयो । सामग्री वितरण गर्दै वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले गर्भवती र सुत्केरी महिलाले पौष्टिक आहार सेवनका साथै व्यक्तिगत सरसफाईमा पनि ध्यान दिनुपर्ने बताउँदै वडाका तर्फबाट आगामी...
डडेल्धुरा। सुरक्षा नभएको भन्दै एकै पटक डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सकहरु बिदा लिएर बसेका छन् । उपचारका क्रममा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै चिकित्सक आइतबारदेखि विदा बसेका हुन्। डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डबल बुढा विदा बसेका छन्। उनीहरूले मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कडेँललाई आफूहरू विदा बसेको...
अर्घाखाँची।प्रदेश नम्बर ५ का जिल्लामा गैरकानुनी र खुलेआम संचालन भएका र कारोवार गर्ने झोले आयुर्वेद बैद्यलाई कानुनी कारवाहीमा ल्याईने भएको छ । व्यापारीक र मुनाफाका लागि अवैध बैद्यका कारण आयुर्वेद उपचार पद्धती बद्नाम भएको र मानवीय स्वास्थ्यमा खेलवाड भएको भन्दै कानुनी उपचार थालिने गरिने भएको हो । मंगलमबार प्रदेश ५ को अर्घाखाची जिल्लाको सन्धिखर्कमा आयोजित आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रममा सरोकार निकायले झोले आयुर्वेद बैद्य र व्यापारीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका...
(डुडुवा) बाँके । बाँकेको डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका प्रसुति महिला, बृद्ध, बालबालिका, गरिब, असहाय तथा अति विपन्न परिवारलाई लक्षित गरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका अन्तर्गत् अधिकांश गाउँ टोल विकट तथा टाढा पर्ने भएकाले नजिकैको स्वास्थ्य संस्था तथा सुविधा सम्पन्न अस्पतालसम्म पुग्नका लागि एम्बुलेन्सले सहयोग गर्नेछ । गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स केही...