स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

नेपालगन्जको वडा नम्बर १३ मा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर १३ मा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तालिम सम्पन्न भएको छ। १३ नम्बर वडाको आर्थिक सहयोग र  उदयपुर स्वास्थ्य चौकी  १३ नम्बर वडाको आयोजनामा वडाका आमा समुुुह र स्वयमसेबिकाहरुका लागि २ दिने तालिम दिइएको हो। सोमबारबाट शुरु भएको तालिममा स्वास्थ्य सम्बन्धि  जनचेतनाका साथै  स्वास्थ्य सस्थाबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु लगायत अन्य सेवाको बारेमा जानकारी दिइएको थियो। नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाहको प्रमुख आथित्य तथा उदयपुर स्वास्थ्य चौकीका प्रमुख...

कोलगेट मञ्जनले हुन सक्छ क्यान्सर…

नेपालगन्ज । कोलगेटले हुन सक्छ क्यान्सर ।कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै...

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी, सबै अस्पतालमा भर्ना

डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् ।सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् ।बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका...

बर्ड फ्लुबाट नेपालमा पहिलो पटक एक युबकको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको छ। बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्युसमेत भएको छ ।स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट वैशाख १७ गते आएको थियो जसमा बर्ड फ्लु पुष्टि भएको हो । ...

अज्ञात रोगका कारण हुम्लामा ८ जनाको मृत्यु

हुम्ला।अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । ज्वरो आउने छाती दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने भएपछि मृत्यु हुने गरेको गाउँपालिकाका अध्यक्ष बागदल मल्लले जानकारी दिए । एक हप्ताअघि पानी परेसँगै अज्ञात रोग फैलिएको हो । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका, १ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का रहेका छन् । यस्तै वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली...

लामो समय यौन सम्पर्क नगरे शरीरमा आउँछ यस्तो परिवर्तन

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क (सेक्स) गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ? यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा...

नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा स्वास्थ्य सहायता कक्षको स्थापना

नेपालगन्ज  । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरमै स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ।  उपमहानगर कार्यालयमा आउने सेवा ग्राही र अन्य सबै स्थानियहरुका लागी स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श दिने उद्श्यले आजदेखि उक्त सहायता कक्षको  स्थापना गरिएको हो। सो सहायता कक्षमा एक जना  स्वास्थ्य परिचारिकाको नेतृत्वमा सेवा लिन सकिने छ। साथै त्यस सहायता कक्षमा  स्वास्थ्य सन्देेश मुलक विभिन्न सामाग्रीहरु समेत राखिनुका साथै सबैले सहज रुपमा पढ्न सकिने ब्यबस्था मिलाइएको स्वास्थ्य शाखाका हरिहर...

नरैनापुरको मटेहियामा नवनिर्मित प्रसुति गृहको उद्घाटन

नरैनापुर(बाँके), चैत्र २९ । बाँकेको नरैनापुर गाउँपालिकाको मटेहियामा नवनिर्मित प्रसुति गृहको आज उद्घाटन गरिएको छ । वडा नम्बर ५ मटेहियास्थित स्वास्थ्य चौकीमा आइएनएफ बाँकेको सहयोग एवम् गाउँपालिका तथा स्वास्थ्य चौकीको समन्वयमा नवनिर्मित भवन आज हस्तान्तरणपछि उद्घाटन गरिएको हो । आइएनएफका जिल्ला परियोजना प्रमुख अभिषेक बिक र कलस्टर म्यानेजर दीपक चौधरीले संयुक्त रुपमा प्रसुति गृह स्वास्थ्य चौकी सन्चालन तथा ब्यबस्थापन समितिका अध्यक्ष एवम् वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णचन्द्र...

भेरी अस्पतालमा नर्सको अभावले बिरामीलाई समस्या

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा नर्स लगायतको जनशक्ति खाली भएको छ । स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन । भेरी अस्पताल कार्यरतमध्ये ३५ जना कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् । जसमा २७ स्टाफ नर्समध्ये दुई जना नर्सिङ अधिकृतसहित आठ जना संघमा परेका छन् । अरू १९ जना प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले बताए । बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीन जस्तै...

भेरी अस्पतालका चिकित्सकले सोमवार बहिरंग सेवा प्रदान गरे

नेपालगन्ज ।भेरी अस्पतालका चिकित्सकले सोमवार पनि बहिरंग सेवा दिएका छन् । भेरी अस्पताल विकास समिति र करारका चिकित्सकले सोमवार बहिरंग सेवा दिएका हुन् । विरामीको चाँपलाई मध्यनजर गरि सोमवार अस्पताल विकास र करारका चिकित्सकले बहिरंग सेवा दिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले बताए । उनले अस्पताल विकास समिति र करारका चिकित्सक समायोजनमा नपर्ने भएकोले सेवा संचालनका लागि आग्रह गरिएको बताए । ‘विरामीको चाँपलाई मध्यनजर गरि सेवा दिन आग्रह...