स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
नेपालगन्ज ।भेरी अस्पतालको इमरजेन्सी बिभागमा आबश्यक जनशक्ति नहुदा बिरामीलाई समस्या पर्दै आएको छ। चिकित्सक अभावका कारण अत्यावश्यक सेवाकालागि अस्पताल पुग्ने अधिकाशं विरामीहरुले जोखिम मोल्दै आएका छन ।भेरी अस्पतालमा उपचारको लागि भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका ५ का २६ वर्षीय नोसाहद सेकले आफु भर्ना भएदेखि १ पटक मात्र डक्टर आएको बताए । प्राय डक्टर नआउने आएपनि कुनै वास्ता नगर्ने गरेको सेकले गुनासो गरे । त्यस्तै जिल्ला दाङ तुल्सीपुर नगरपालिका १४ की २२...
नेपालगन्ज । भेरी अस्पतालमा रेबिजबिरुद्धको भ्याक्सिन अभाव भएको छ। अस्पतालमा उक्त भ्याक्सिन अभाव भएपछि आउने सर्बसाधरणहरु महङ्गो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन्। अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै आएपनि अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बाहिरको क्लिनिकमा गएर भ्याक्सिन लगाएको राप्तीसोनारी गाउँपालिका–६ टेपरीका श्यामप्रसाद थारुले बताए । स्वास्थ्य सेवा विभागले भ्याक्सिन पठाउन ढिलाइ गर्दा अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. रुपानन्द अधिकारीले जानकारी दिए । साउनको शुरुवातदेखिनै अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन...
नेपालगन्ज ।नेपालगन्जको भेरी अस्पतालमा शुरु भएको मुटुरोगको उपचार सेवा बन्द हुने अवस्थामा पुगेको छ।चिकित्सकको अन्यत्र सरुवा र बजेट नआएका कारण दुई वर्ष अघि नेपालगन्जको भेरी अस्पतालमा शुरु भएको मुटुरोगको उपचार सेवा बन्द हुने अवस्थामा पुगेको छ । यहाँ उक्त उपचार सेवा शुरु भएपछि मुटुरोगीका लागि बरदान सावित भएको छ । लखनउ र काठमाण्डौ जानुपर्ने बाध्यता हटेको थियो । तर, अस्पतालमा हाल कार्यरत मुटुरोग बिशेषज्ञ डा. कृष्ण अधिकारीको बढुवासंगै समायोजनबाट बीर...
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव एकैदिनमा एमआरआई मेसिन बिग्रेको देख्दा आफै अचम्मित परेका छन् ।एमआराई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’ अस्पतालबाट भइरहेको सेवा प्रवाहप्रति मन्त्री यादवले असन्तुष्टि जनाए। अस्पतालमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यही मेसिन सरकारीमा तुरुन्तै बिग्रने। निजीमा वर्षौंसम्म चल्ने। उपचारका लागि आएका बिरामीलाई निजीमा पठाउने धन्दा बन्द...
नेपालगञ्ज । बाँकेको डुडवा गाउँपालिकामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । डुडुवा गाउँपालिकाको आयोजना एवम् नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जको प्राविधिक सहयोगमा बेतहनी स्वास्थ्य चौकीमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । ‘अरुको लागि सेवा भाव जगाऔं, रक्तदान गरौं, जीवन बाडौं’ भन्ने नाराका साथ गरिएको रक्तदान कार्यक्रममा अहिलेसम्म ९१ जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुन नदिन र रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने...
डुडुवा गाउँपालिका( बाँके )। डुडुवा गाउँपालिकामा रक्तदान कार्यक्रम हुने भएको छ। गाउँपालिकाको आयोजना र रेडक्रस सोसाइटी बाँकेको प्राबिधिक सहयोगमा आइतबार रक्तदान कार्यक्रम हुुँदैछ। अरुको लागि सेवाभाब जगाऔ, रक्तदान गरौ, जीवन बाडौ भन्ने नाराका साथ गाउँपालिकाले रक्तदान गर्न लागेको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनु भयो। कुनै पनि आपतकालिन समयमा बिरामीहरु रगत अभाबमा अकालमा ज्यान नजाओस भन्ने उदेश्यका भोलि बिहान ८ बजे देखि बेतहनीको स्वास्थ्य चौकीमा रक्तदान सुरु हुने अध्यक्ष...
रौतहट । नेपाल बिद्यार्थी संघले चिकित्सकसहितको टोलि लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छ जना चिकित्सकसहित नेविसंघले बाढी प्रभावितको निस्शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणमा सहयोग गरेको हो। रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित बागमती नदीको बाँध फुटेर डुबान भएको बस्तीमा सोमबार निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेविसंघ नेता दीपक भट्टराईले बताए। बीपी स्मृति दिवसको अवसरमा नेविसंघले आयोजना गरेको शिविरमा पाँच सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन्।दुषित...
कोहलपुर । हेमन्तसिहँ ठकुरीको शुक्रबार निधन भएको छ । सल्यान कालिमाटि निवासी २७ वर्षिय सीँह ५ महिनादेखी मृगौलाको समस्याबाट पिडित थिए । कोहलपुर दिदिको घरमा वसेर उपचार गराइरहेका ठकुरीका लागी बाँकेका केहि युवाहरुले आर्थीक संकलन गरेका थिए । तर मृगौला खराव भएको अन्तिम समय भएकाले उपचार सम्भव नभएको भन्दै कोहलपुबाट डाक्टरहरुले ५ दिन अघि घर फर्काएका थिए । उनको आज विहान निधन भएको पारीवारीक श्रोतले बताएको छ । यसैविच, उनको सम्झनामा...
नेपालगन्ज । २०७४ सालमा लोकसेवा पास गरेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले २५ दिनको सुत्केरी अवस्थामा नै जिल्लाको सबै भन्दा बिकट ठाउँको रुपमा परिचित रग्दा स्वास्थ्य चौकीमा दरबन्दी कायम गरे पछि काखमा दुधे बच्चालाई च्यापेर उपचार गर्दै परिक्षण काल सम्पन्न गरे पछि स्वास्थ्य मन्त्रालयले बाँकेको डुडुवा गाँउपालिका अन्तरगत रहेको होलिया स्वास्थ्य चौकीमा सिमा घर्ति मगर खानलाई काज सरुवा गरेको थियो । निकै चुनौतिको सामना गर्दै जनताको सेवामा खटि रहने अनमी सिमा...
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका आजदेेेखि पुर्ण खोपयुक्त घोषणा भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले १५ महिना उमेर सम्म रहेका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सम्पुर्ण खोप लिएको पाईएपछि उक्त घोषणा गरेको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक तथा जिल्ला खोप कार्यक्रमका अध्यक्ष समेत रहेका अजय कुमार श्रीबास्तवले नेपालगञ्ज उपमहानगरलाई पूर्ण खोप युक्त उपमहानगर भएको घोषणा गरेका हुन । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालगञ्ज उपमहानगरका सबै जनप्रतिनिधिलाई स्वास्थ्य र शिक्षाको क्षेत्र पनि विकास गर्ने क्षेत्र...