ट्याक्सी चालकको अमानवीय कार्यले हृदयघात भएको ब्यक्तिको मृत्यु
प्रकाशित मिति : २०७५, १६ चैत्र शनिबार ०८:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मृतक
काठमाडौं ।ट्याक्सी चालकको अमानवीय कार्य र लापरबाहीले एक जनाको मृत्यु भएको छ। कुरा हो गत बुधबार तीन दिन अघिको ,सुगर र प्रेसरका बिरामी गोकर्णेश्वरनिवासी ६० वर्षीय गोपाल कारन्जित बुधबार बिहान जाँच गराउन चाबहिलको मेडिकेयर अस्पताल गए । उनी ट्याक्सीमा गए भने छोरा प्रवीण मोटरसाइकलमा । बुबाको जाँच गराएपछि छोरा मोटरसाइकलमै फर्किए । , भने कमजोर महसुस भएको भन्दै ट्याक्सीमै फर्किए । उनले चालकलाई गोपीकृष्ण हलको बाटो हुँदै गोकर्णेश्वर–४ स्थित घरमा लगिदिन भनेका थिए । उनी ट्याक्सीमा चढेको केही समयमै बेहोस भए । तर, चालकले उनलाई छेउमै रहेको अस्पताल लैजाने प्रयाससमेत गरेनन् । बरु घिसारेर हेल्पिङ ह्यान्ड्स अस्पतालअगाडिको सडककिनारामा झारिदिए र भागे । स्थानीयले निकैबेरपछि प्रहरीलाई खबर गरेर उनलाई अस्पताल पठाए । त्यतिवेलासम्म उनको मृत्यु भइसकेको थियो ।
Advertisement
बुबाको प्रतीक्षामा रहेका छोरा प्रवीणलाई अस्पतालबाट फोन आयो । उनी पुग्दा बुबाको मृत्यु भइसकेको थियो । बुबालाई सडकमा बेहोस अवस्थामा भेट्टाएर अस्पताल लगिएको उनले थाहा पाए । कसरी सडकमा ढले भनेर सिसिटिभी फुटेज हेर्दा प्रवीण मात्र होइन, प्रहरी अधिकारीहरूसमेत चकित भए । बा१ख ३८५१ नम्बरको ट्याक्सीका चालक कमलबहादुर श्रेष्ठले देखाएको संवेदनहीनताले जोकोहीलाई स्तब्ध बनाउँछ । सय मिटर पर अस्पताल हुँदाहुँदै सिकिस्त बिरामीलाई उनले ट्याक्सीबाट घिसारेर फालिदिएको दृश्य शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । सबैले चालक कमल श्रेष्ठको निन्दा गरेका छन् ।
‘सिसिटिभीकै सहयोगमा हामीले उनलाई पक्राउ गरी कारबाही अघि बढाएका छौँ,’ महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सुनील मल्ल भन्छन्, ‘उनले समयमै बिरामीलाई अस्पताल लगेको भए बाँच्ने सम्भावना थियो ।’ दोलखा घर भएका चालक श्रेष्ठले आत्तिएर बिरामीलाई सडकमा राखेर भागेको बताएका छन् ।
सुरुमा ट्याक्सी नम्बर पत्ता लगाउनै समस्या भएको गौशाला वृत्तका डिएसपी मल्ल बताउँछन् । घटनास्थलमा रहेको सिसिटिभीमा ट्याक्सी नम्बर प्रस्ट चिनिँदैन । अन्य क्षेत्रमा रहेका सिसिटिभी हेरेर उनलाई बुधबार साँझ नै पक्राउ गरिएको डिएसपी मल्लले बताए । अमानवीय व्यवहार गरेको अभियोगमा उनीविरुद्ध प्रहरीले कारबाही अघि बढाएको छ । बिरामीको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ । यद्यपि, पोस्टमार्टम रिपोर्ट नआई मृत्युको कारण खुल्न नसक्ने प्रहरीको भनाइ छ । कारन्जित गोकर्णेश्वर क्षेत्रमा सामाजिक गतिविधिमा सक्रिय व्यक्ति थिए ।
सिसिटिभीले खोल्यो ट्याक्सी चालकको अपराध
सडकमा जडान गरिएको सिसिटिभीबाट चालक श्रेष्ठको बदमासी पत्ता लागेको हो । उनले बिरामीलाई तानेर फालेको भिडियो सिसिटिभीमा रेकर्ड भएको थियो । सोही आधारमा उनको ट्याक्सी नम्बर पत्ता लगाई प्रहरीले पक्राउ गरेको हो । दिनभर लगाएर उनलाई पक्राउ गरिएको गौशला वृत्तका डिएसपी सुनिल मल्लले बताए । सडकमा जडान गरिएका सिसिटिभीले यस्ता धेरै अपराध पत्ता लगाउन सहज भएको प्रहरी अधिकारी बताउँछन् ।नयाँपत्रिका बाट।