मुख्य खवरमा रहेका समाचारहरु

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका रमेश थापालाई अध्यागमन विभागले पक्राउ गरेको छ।आइतबार राति क्याथेक ड्रागन एयरलाइन्सबाट काठमाडौं आएका थापालाई अध्यागमन डेस्कमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको विभागले जनाएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार तोडफोडबाट अध्यागमन डेस्कको सिसा फुटेको छ। अध्यागमन विभागमा आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा विलम्ब भएको भन्दै थापाले डेस्कको सिसा फुटाएका थिए। थापासमेत पाँच जना गैरआवासीय नेपाली आएकामा थापालाई विभागले...

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ । गएको १९ गते सरकारी निवासबाटै पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याविनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला...

काठमाडौं ।सांसद प्रमोद साह पक्राउ परेका छन् ।उनलाई जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ गरिएको हो। । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। सांसद साहलाई पक्राउ गरी जिल्ला अदालत धनुषा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जानकारी दिएको छ। पूर्जी जारी...

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपालको राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । कप्तान पद छोडे पनि केही समयका लागि उनले राष्ट्रिय टिमबाट खेल्ने छन् । ...

कोहलपुर ।कोहलपुर प्रहरीले अपराधमा लाग्नेहरुलाई धमाधम पक्राउ गर्न सधै तत्परत रहदै आएको छ। कार्यालयका बिगतका प्रमुख हुँदा होस वा बर्तमान कार्यालय प्रमुख हेेेम बहादुर शाही हुन् ,कोहलपुर प्रहरीले सधै राम्रो कार्य गर्दै जनताको मन जितिरहेको छ। कोहलपुरका बिगतका प्रमुख रमेश बहादुर सिंह उनीहरुले असल कार्य गर्दै थुप्रै प्रसंशा पत्र लिएर जनताको मन जितेर त्यहाँबाट अन्यत्र गईसकेका छन् । डिएसपी सिंह सधै चाहन्थे कोहलपुर अपराध मुक्त शहर बनोस् भन्ने। अहिले बर्तमान...

काठमाडौं । बुद्द एअरको काउन्टर तोडफोड गर्ने सांसदलाई कारबाही नभए उडान बन्द गर्ने चेतावनी दिईएको छ। जनकपुर बिमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई एक हप्ता भित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने नेपाल वायुसेवा सञ्चालक संघले चेतावनी दिएको छ।उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड...

काठमाडौं ।एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनको रौनक बढेको छ।महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा.हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो । अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि चुनावी रोचकता झनै रोचक बनेको छ । किनभने, वामपन्थी प्यानलका अध्यक्ष कुमार पन्त समूहबाट...

तुलसीपुर ।दाङमा प्रहरीको गाडीबाट हाम फालेर भागेका एक जनालाई पक्राउ गरेको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं ५ निवासी २१ बर्षीय विष्णु बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।आइतवार राति तुलसीपुरको बसपार्क क्षेत्रवाट बुढाथोकी पक्राउ परेका हुन।लुकिछिपी बसेको अवस्थामा फेला परेका बुढाथोकीको साथवाट १ ग्राम ३४० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। उनि दश महिना पहिले प्रहरीको चल्ती गाडिवाट हाम फालेर भागेका थिए ।थुनुवा बुढाथोकी...

काठमाडौं । डा. गोविन्द केसी फेरी अनशन बस्ने भएका छन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म ११ दिने अल्टिमेटम दिएका छन् ।सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा। केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’ उनले स्वास्थ्य क्षेेत्रमा भएका गल्तीहरुलाई यथाशिघ्र...