रवि लामिछाने र युवराज कँडेलको बयान सकियो,अब उनिहरुको थुनछेक बहस सुरु हुँदै
प्रकाशित मिति : २०७६, ९ भाद्र सोमबार १५:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
चितवन ।पत्रकार शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ।जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान लिइएको थियो । आइतबार नै अर्की अभियुक्त अस्मिता कार्की‘रुकु’ बयान लिइएको थियो । बयान सकिएसँगै अब थुन छेकको लागि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । थुनछेकको बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ । मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।
Advertisement
नारायणी अनलाइनबाट।