नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगञ्ज । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन समक्ष विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएका छन् । चार विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर आफ्ना माग पूरा नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । संयुक्त विज्ञप्ति मार्फत् विद्यार्थी संगठनहरुले शैक्षिक क्यालेण्डर अनुसार नियमित पठनपाठनको व्यवस्था हुनुपर्ने, विभिन्न संकाय अन्तर्गत्का कार्यक्रमहरुमा मनोमानी ढंगले शुल्क बृद्धि भएकाले बैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने, सेमेष्टेर कार्यक्रमहरुमा अपारदर्शी ढंगले वितरण...
नेपालगञ्ज। “वडाको बिकास नै मेरो लागि सबैभन्दा ठुलो कुरा हो, म वडाबासीको सेवक हु” भन्ने हुनुहुन्छ नेपालगञ्ज वडा नम्बर १२ का अध्यक्ष बुद्दि सागर सुवेदी । युवा नेता बुद्धि सागर सुवेदीले मेडिकल ल्याव टेक्नोलजीमा स्नाकोत्तर (एमएस्सीरएमएलटी) गर्नुभएको छ। तर सानैदेखिको रुचीका कारण सुवेदी राजनीतिमा आउनुभयो । गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेद्धारी दिनुभएका सुवेदी नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँको क्रियाशिलता पनि बढेको छ। बुवा...
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले नमूना बाल विकास केन्द्रलाई सामाग्री सहयोग गरेको छ । मंगलबार वडा अध्यक्ष सुरेन्द्र बैश्य(गुप्ता)ले कपडा, जुत्ता, ट्रयाकसुट र ब्याग वितरण गरिएको जानकारी दिनुभयो । वडा अध्यक्ष बैश्य, वडा सदस्य निखिल बैश्य , नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थी र अभिभावकलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । करिब ४३ हजार मुल्य बराबरको सामान सहयोग गरिएको वडा अध्यक्ष बैश्यले बताउनुभयो । सहयोग प्राप्त...
नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर ७ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा आएको छ । मङ्गलबार केन्द्रको उद्घाटन गर्दै वडा अध्यक्ष जुम्मन खाँले हरेक वडाबासीको स्वास्थ्य सेवाप्रति वडा कार्यालय सधै सचेत रहेको बताउनुभयो । स्वास्थ्य सबैभन्दा पहिलो आवश्यकता हो, वडा अध्यक्ष खाँले भन्नुभयो,– स्वास्थ्य केन्द्रका लागि वडा कार्यालयले सधै सहयोग गर्नेछ ।उहाँले वडा कार्यालयसँगै केन्द्रको भवन निर्माणका लागि पहल भईरहेको बताउनुभयो । नेपालगञ्ज उप–महानगरपालिकाका सिनियर अहेक अधिकृत हरिहर तिवारीले नगरभित्रका...
नेपालगञ्ज । सुनिल सिंह हमाल नेपालगञ्ज उप–महानगरपालिका २ का वडा अध्यक्ष । पाँच दशकअघि नेपालगञ्जको घरबारी टोलमा बुवा जोरावरसिंह हमाल र आमा रेणु हमालको कोखबाट जन्मिएका हमालमा यतिबेला आप्mनो जन्मस्थललाई उत्कृष्ट वडाको रुपमा विकास गर्ने जिम्मेवारी काँधमा आईपुगेको छ । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्नेक्रममा नेविसंघमार्फत २०४२ सालको सत्याग्रह र २०४६ सालको जन आन्दोलनमा सक्रिय हमालका अभिभावकको पढेर छोराले राम्रो रोजगारी गरोस भन्ने चाहना थियो । त्यसका लागि...
नेपालगन्ज । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्। इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको देखिन्छ। यस्तै इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं। ६१२ को १५...
नेपालगन्ज । कृषि बिज्ञ रबिन गिरीले ‘जिन्दगीको केछ र भर’ बोलको गित युटुवमार्फत सार्वजनिक गरेका छन । उनले पहिलो गितमा रुपमा सोमबार साझ गित सार्वजनिक गरेका हुन । गितमा कृषि बिज्ञ समेत रहेका गायक रबिनको शब्द र स्वर रहेको छ । दिपक राज बिश्वकर्माको संगीत/एरेन्ज रहेको गितकोे अडियो स्टुडियो किङमा रेकर्ड गरिएको हो । नेपाल सरकार कृषि अनुसन्धान परिषद क्षेत्रीय कृषि अनुसन्धान केन्द्र दिपायलमा कार्यरत कृषि बिज्ञ गिरीको गिरी...
नेपालगन्ज । नेपालगन्जको कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले मुस्कानसहित प्रश्न गरिन्, ‘के कामले आउनुभएको हो रु म गरिदिन्छु नि ?’ सुरुमा ग्राहकका रूपमा प्रस्तुत हुन गाह्रो भयो। पत्रकारले स्कुटर नवीकरण गर्न आएको हुँ भनेपछि उनले एक जना पुरुषलाई डाकिन्। ‘४३ सय रुपैयाँ राजस्व पर्छ। सेवाशुल्क तीन सय रुपैयाँ मात्र। सबैभन्दा सस्तो’, उनले फकाउन खोजिन्, ‘हजुर आफैंले गर्दा धेरै...
नेपालगन्ज ।भारतबाट भन्सार छली नेपाल भित्राएका करिव ४४ हजार रुपैया बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र वल नेपाल नं ४० गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ को हड्डी चोक नजिकैबाट उक्त कपडा बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछि तस्करहरु कपडा बीचबाटोमै छोडेर भागेको गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक नवराज बोहराले जानकारी दिनुभयो । बरामद गरिएको...
नेपालगन्ज । म जनताको सेवक अनि वडाबासीलाई समस्या पर्नु भनेेेको मलाई पर्नु हो भन्ने अध्यक्ष हुन् नेपालगन्ज वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष शाह बाँकेको राजनीतिमा चर्चित नाम हो । २०४४ सालदेखि विद्यार्थी संगठन हुँदै राजनीतिमा सक्रिय शाह हाल तरुण दल बाँकेको अध्यक्ष र नेपाली काँग्रेस बाँकेको जिल्ला सदस्य हुनुहुन्छ । वडा अध्यक्षमा निर्वाचित भएपछि शाहको जिम्मेवारी पनि फेरिएको...