नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगञ्ज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले आज नेपालगञ्जमा रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगञ्जमा गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रगत दान गरेको केन्द्रकी स्टाफ नर्स गुञ्ज कनोजियाले जानकारी दिनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेका अध्यक्ष शालिक सुवेदीले संघले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको बताउनुभयो ।...
नेपालगञ्ज । नेपालगञ्जको राँझा एयरपोर्ट नजिकै रहेको किमु कटेजमा छापा मारेर प्रहरीले आज केही युवा युवतिलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट डिएसपी रमेश बहादुर सिंहको कमाण्डमा गएको प्रहरी टोलीले आज अपरान्ह सवा ४ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मदनापुरमा रहेको किमु कटेजबाट आपत्तिजनक अवस्थामा ३ जोडी युवा युवतिलाई पक्राउ गरेको हो । अवैध यौनजन्य क्रियाकलाप हुँदै आएको सुराकी पाएको प्रहरीले आज छापा मार्दा...
नेपालगञ्ज । बागेश्वरी गुठी व्यवस्थापन समितिले बागेश्वरी मन्दिरको छेउँमा दक्षिणतर्फ सपिङ्ग कम्प्लेक्स बनाउन नलागेको स्पष्ट पारेको छ । समितिले आज विज्ञप्ति जारी गरेर त्यस ठाउँमा सपिङ्ग कम्प्लेक्स बनाउने कुनै योजना नरहेको स्पष्ट पारेको हो । समितिका सचिव गोपाल प्रसाद अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा मन्दिरको छेउँमा मन्दिरलाई नै प्रतिकुल असर पार्ने गरी सपिङ्ग कम्प्लेक्स निर्माण हुन लागेको भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यक्त चासो र चिन्ताप्रति समितिको गम्भीर...
नेपालगन्ज। नेपालगन्जका एक मनकारी वडा अध्यक्षले एक बिपन्न बिरामीलाई आर्थिक सहयोग गरेका छन् । कलेजोको सम्बन्धी रोगबाट बिरामी भइ हाल लखनउमा उपचार गराइरहेकी नेपालगन्ज ४ कि मैसुर जहाँलाई नेपालगन्ज वडा नम्बर ४ का मनकारी अध्यक्ष मो. सफिक बेहनाले दश हजार रुपैयाँ सहयोग गरेका छन् ।उनले जहाँकि आमालाई पैसा हस्तान्तरण गरेका छन् । जहाँको कलेजोको लखनउमा अप्रेसन भइरहेको छ। अति बिपन्न बर्गकि जहाँको नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा...
नेपालगञ्ज । बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले पुराना ब्यावसायिक सटर भएको स्थानमा नयाँ ब्यापारिक भवन बनाउन सुरु गरेको छ । नेपालगञ्जमा सडक विस्तारको क्रममा बागेश्वरी मन्दिरको ब्यापारिक सटरहरु रहेको भवन भत्किएपछि ब्यवसायीहरुको अनुरोधमा नयाँ भवन निर्माण सुरु गरिएको बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । । बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले बागेश्वरी मन्दिरको सटरमा पाँच दशक भन्दा लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आएका ब्यवसायीको अनुरोधमा ब्यापारिक भवनको निर्माण सुरु गरेको हो । विगतमा ब्यापारिक...
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाद्वारा सात वटा नगर बस सञ्चालनमा चाडैं ल्याउने भएको छ।नेपालगन्ज उपमहानगरले गाउँ नगर साझेदारी कार्यक्रम अन्तर्गत गरिबी निवारण कार्यक्रमलाई सफल बनाउन सात वटा सुविधायुक्त सवारी सञ्चालनमा ल्याएको हो। बसबाट भएको आम्दानी सबै गरिबी निवारण कार्यक्रममा खर्चिने उपमहानगरले जनाएको छ। चालक र सहचालकलाई सरकारले तोकेको बमोजिम सुविधा उपमहानगरले दिनेछ।उक्त नगर बसमा चालक जनजाति र सहचालक महिलालाई राखिने उपमहानगरले जनाएको छ। चालक पाइसके पनि सहचालकको लागि भने सूचना जारी गरिएको उपमहानगरपालिकाका मेयर...
नेपालगञ्ज । नेपालगञ्जमा छाडा छोडिएका गाई लगायतका जनावरको संरक्षण र व्यवस्थापनका लागि समिति गठन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा मंगलबार भएको सर्बपक्षिय बैठकले ब्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा अध्यक्ष रहेको समितिको उपाध्यक्षमा डा. विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टि गौतम र दीपक लोध रहनुभएको छ । नेपालगञ्ज...
नेपालगञ्ज । प्रजातान्त्रिक विचार समाज बाँकेको आज सम्पन्न अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । प्रजातन्त्रवादी वुद्धिजीवीहरुको उपस्थितिमा सम्पन्न अधिवेशनले डा. राजकुमार सुवेदीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । प्रजातान्त्रिक विचारधाराका प्राध्यापक, शिक्षक, वकिल, चिकित्सक, इन्जिनियर र पत्रकार समाजको सदस्य बन्न सक्ने प्रावधान अनुसार कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा दोर्ण बहादुर वली, सचिवमा चित्र बहादुर शाही, सहसचिवमा निवेश शर्मा, कोषाध्यक्षमा अमृता केसी, रहनुभएको छ। यस्तै सदस्यहरुमा...
नेपालगञ्ज ।नेपालगञ्जको धम्वोझी चौक किनारमा राखीएको मोटर साइकल आइबार सम्साँझै चोरी भएको छ । लक गरेर हाम्रो मःम सेन्टर खाजा गएका बेला साँझ ६.३० बजे तिर पल्सर २२० को भे८ प ७८०४ न को मोटरसाइकल चोरी भएको हो । डुडुवा –५ डलैपुर निवासी विनोद परियारको सो मोटरसाईकल चोरेर खजुरा तर्फ गएको हाम्रो ममको सीसी टीभी क्यामेरामा देखीएको छ । परियारका अनुसार– सिसी फुटेज हेर्दा मधेशी अनुहारको किशोरले चावी(चोर) खोलेर...
नेपालगन्ज । आज मुस्लिम धर्माबलम्बीले देशभर बकर इद मनाउँदै छन् । नेपालगन्जमा पनि बकर इद धुमधाम सग मनाइदै छ। नेपालगन्जको बिपी चोकस्थित इदहागमा गएर मेयर डा. धवल शमशेर राणाले मुस्लिम समुदायका ब्यक्तिहरुलाई अन्कमाल गर्दै शुभकामना दिनुभएको थियो। यसैगरी उप-प्रमुख उमा थापा मगरले समेत मुस्लिम धर्माबलम्बी बकर इदको शुभकामना दिनुभएको छ। उप-प्रमुख मगरले आजको दिन सगै सबैमा भाइचाराको सम्बन्ध होस् भन्ने कुरा समेत बताउनु भयो।त्यस्तै नेपालगन्ज वडा. नम्बर ४ का अध्यक्ष...