नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

अनिल कपुरको एक्सनले सफल बनेका वडा अध्यक्ष बेहना

नेपालगन्ज  । नेपालगन्ज उपमहानगरपालिकाका  ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले आफ्नो वडामा जिम्मेवारीमा रहेको बसपार्क ठेकेदारको कमीकमजोरीको कारणले ढीला भएपनि हाल उपभोक्ता समिति निमार्ण गरी काम अगाडि बढाएकोले आउने असोज १५ गते भब्य कार्यक्रम सहित प्रदेश नम्बर ५ का मुख्य मन्त्री र मेयर मार्फत उदघाटन गरिने समेत बताएका छन । नेपालगन्ज उपमहानगरपालिकाका अन्तर्गत रहेको बसपार्क सन्चालनमा आएपछि २०० देखी २५० वटा बस ले पार्क गर्न सक्ने समेत जनाए। वडा...

नेपालगन्जमा बस वेल्डिङ्ग गर्दा करेन्ट लागेर सह-चालकको मृत्यु

नेपालगन्ज । नेपालगन्जमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४  स्थित बसपार्कमा रहेको राजु ग्यारेजमा बसमा वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेकाले दिएको जानकारी अनुसार राजु सुनार पट्टावालाले सञ्चालन गरेको सो ग्यारेजमा ना ६ ख ५३६४ नं को बसमा वेल्डिङ्ग गर्दै गर्दा सोही बसका सह-चालक स्याङ्गजा घर भई हाल कोहलपुर  १२ चपरगौढी बस्दै आएका...

नेपालगञ्जमा पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम शुरु

नेपालगन्ज ।वास च्याम्पियनका लागि पूर्ण सरसफाई सम्बन्धि दुई दिने तालिम बिहीबारबाट नेपालगञ्जमा शुरु भएको छ । नेपाल सरकारको लक्ष्य अनुसार समुदायलाई पूर्ण सरसफाईतर्फ उन्मुख गराउने उद्देश्यसहित बाँके र बर्दियाका वास च्याम्पियनका लागि नेपालगञ्जमा दुई दिने तालिम संचालन गरिएको हो । तालिममा वास च्याम्पियनले गर्नुपर्ने काम, पूर्ण सरसफाई अभियानको प्राथमिकिकरण, प्रभावकारी अभियान, समुदाय बिपद व्यवस्थापनमा वास च्याम्पियनले खेल्ने भूमिका तथा वास अभियानका बिषयमा सहभागिलाई दक्ष बनाइने छ । बाँके र...

चाडँ पर्बलाई लक्षित गर्दै बाँकेमा बिशेष सुरक्षा योजना सार्बजनिक

नेपालगन्ज । बाँकेमा बिशेष सुरक्षा योजना बनाएको छ। नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठलाई लक्षित गरी बाँकेमा ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरिएको छ ।सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम बताए।चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना...

भारत गएका नेपाली दशैं मनाउन घर फर्किन थाले, जमुनहा नाकामा लर्को

नेपालगञ्ज। दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा लर्को शुरू भएको छ । जमुनाहा नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको संख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरिक्षक माधव रिजालले बताउनुभयो । उहाँले अहिले दैनिक दुईरतीन सय नेपाली जमुनाहा नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेको बताउनुभयो । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट नेपालीहरु...

नेपालगञ्जको शान्ति चामल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज । नेपालगञ्जको शान्ति चामल उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना तिराइएको छ । संयुक्त अनुगमन टोलीले आज नेपालगञ्जको खजुरा रोडमा रहेको शान्ति चामल उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानुन बिपरित व्यवसाय गरेको भन्दै तत्कालका लागि पचास हजार रुपैयाँ जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डस्ट्रिजद्वारा सञ्चालित सोडा उद्योगलाई...

डेंगुबाट नेपालगञ्जमा उपचार गराइरहेका बर्दियाका एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचारत एक जनाको डेंगुबाट मृत्यु भएको छ। नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ३४ बर्षीय ज्ञानु चौधरीको डेंगुबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। चौधरीको गत भदौ २५ गते नै मृत्यु भएको थियो । साउनदेखि हालसम्म ६२ जना डेंगु संक्रमितले बाँकेमा रहेका विभिन्न अस्पतालहरुमा उपचार गराएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्शन दुर्गा गौतमले जानकारी दिनुभयो...

नेपालगन्ज बसपार्कको अवस्था बारे उपमहानगरपालिकाको अनूगमन

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले एकसाताभित्र संचालन गर्ने तयारी गरिएको नेपालगञ्ज बसपार्कको मंगलबार स्थलगत अनूगमन गरि जानकारी लिएको छ । बसपार्कमा हाल उपभोक्ता समितिमार्फत अन्तिमचरणको काम भईरहेको छ । कार्यबाहक नगर प्रमुख कैफुल बरा जोलाहको नेतृत्वमा कार्यपालिका सदस्य देउमल सुनार र कौशलकुमार धोवी सहितको टोलीले बसपार्कमा भईरहेको कामको जानकारी लिएको हो । टोलीले बसपार्कभित्र रहेको मन्दिरको रंगरोगन तथा शौचालय सरसफाईका लागि सम्वद्धहरुलाई निर्देशन समेत दिएको छ ।। बसपार्क निर्माणका लागि...

सरकार नै लोकतन्त्रलाई खतरामा पार्ने कर्ममा उद्यत छः कांग्रेस सचेतक भुषाल

नेपालगञ्ज  । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले कांग्रेसको नेतृत्वमा भएका परिवर्तनलाई संस्थागत गर्नुको साटो कमजोर बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ । पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत् बाँके जिल्लामा सञ्चालित कार्यक्रमको आज नेपालगञ्जमा समापन गर्दै केन्द्रिय सदस्य समेत रहनुभएकी सचेतक भुषालले सरकार नै लोकतन्त्रलाई खतरामा पार्ने कर्ममा उद्यत रहेको टिप्पणी गर्नुभयो । ‘लोकतन्त्रमाथि प्रहार भइरहेको छ, दुई तिहाईको दम्भले मात्तिएर कम्युनिष्ट सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र आचरण...

बाँके कांग्रेसको दोश्रो जनजागरणको समापनको विशाल जुलुशसहितको प्रदर्शन( फोटो फिचर )

नेपालगन्ज । नेपाली कांग्रेसको दोश्रो जनजागरण अभियानको  आज  समापन कार्यक्रममा भएको विशाल जुलुशसहितको प्रदर्शन गरेको छ। कांग्रेसको प्रदर्शन पार्टी कार्यालय बाट बिपि चोक, धम्बोझी चोक, सेतु बिक चोक, त्रिबेनि मोड हुँदै त्रिभुवन चोक आएको हो। ...