नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

पार्टी एकता १४ महिनासम्म पनि नटुंगिदा ठूलो संगठनात्मक क्षति भयोः भट्टराई

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकताको सबै काम आउने हप्ता भित्रै सकिने बताउनुभएको छ । नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले पार्टी एकताको सबै काम सकेपछि असोज र कार्तिक महिनाभर पार्टी सुदृढीकरण र जनसम्पर्क अभियानमा जुट्ने बताउनुभयो । पार्टी एकता प्रारम्भ भएको १४ महिनासम्म पनि एकिकरणका सबै काम नसकिँदा पार्टीले ठूलो संगठनात्मक क्षति ब्यहोरेकाले अब ढिला गर्न नहुने उहाँले बताउनुभयो । पार्टीका महत्वपूर्ण मानिएका...

विपीलाई सम्झँदै नेपालगञ्जको वडा नम्बर १३ मा बृक्षारोपण ( फोटो फिचरसहित)

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मारहेको स्वास्थ चौकीमा आज बृक्षारोपण गरिएको छ । ३७ औं विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेको आयोजनामा एक सय बढी विरुवा रोपिएको हो । आँप, सगुन, लिच्ची, अशोक, कागती लगायतका विरुवा रोपिएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको सभापतित्व एवम् पार्टी जिल्ला सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा गरिएको बृक्षारोपण कार्यक्रममा काँग्रेसका करिब एक सय...

गुण्डागर्दीलाई शून्यमा झार्ने वडा प्रहरी प्रमुख बस्नेतको दृढता

नेपालगञ्ज । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख हरि बस्नेतले गुण्डागर्दीलाई शून्यमा झार्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले लागू औषध, चोरी डकैती र गुण्डागर्दी नियन्त्रणलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो । वडा कार्यालयमा आज पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा भर्खरै सरुवा भएर आउनुभएका वडा प्रहरी प्रमुख प्रहरी निरिक्षक बस्नेतले नगरमा शान्ति सुव्यवस्था कायम गर्न आफूले कुनै कसर बाँकि नराखेर काम गर्ने बताउनुभयो । सीमित स्रोत साधन र अपुग जनशक्तिका बाबजुद पनि आफूहरु नगरको...

नेपालगन्ज भन्सारको लक्ष्य अनुसार राजश्व असुली पुरा

लक्ष्मण ढुंगाना/ नेपालगन्ज ।नेपालगन्ज भन्सार कार्यालयले भन्सारको लक्ष्य पूरा गरेको छ।आर्थिक वर्ष २०७५÷७६ मा लक्ष्य अनुसारको राजश्व असुली गरेको छ । कार्यालयमा असारको अन्तिम साता असुली भएको २४ करोड २९ लाख राजश्वले यसबर्षको लक्ष्य पुरा भएको हो । कार्यालयका अनुसार असार महिनाको मासीक लक्ष्य १ अर्ब २३ करोड ३० लाख ११ हजार रहेकोमा असार २४ गतेसम्म ८२ करोड मात्रै राजश्व संकलन भएको थियो । असार २५ गते देखी यता कार्यालयले एक...

सिटिजन्स बैक नेपालगन्जको नक्कली सुन काण्डका आरोपित विरुद्ध बहस जारी

नेपालगन्ज ।सिटिजन्स बैक नेपालगन्जको नक्कली सुन काण्डका आरोपित विरुद्ध उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा बयान जारि रहेको छ । बैकमा नक्कली सुन धितो राखेर बैकलाई करोडौं ठगी गर्ने १२ जना सुनार सहित १५ जना बिरुद्ध अनुसन्धान अघि बढेको  छ। सिटिजन्स बैक नेपालगञ्ज शाखा प्रवन्धक, ठगी काण्ड भएको उजुरी कर्ता समेत रहनुभएका सिटिजन्सका क्षेत्रिय प्रवन्धक, बैकको मुख्य अभियोगी क्यासियर र अन्य सुन राख्न आउने १२ जना रहेका छन ।ठगी काण्डमा...

म नेतृत्व परिवर्तनको पक्षमा छु, शेर बहादुरजीलाई अब सभापतिमा जित्न दिनुहुन्नःमहामन्त्री कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिमा शेर बहादुर देउवालाई पुनः दोहरिन नदिने पक्षमा आफू रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले ३७ औं विपी स्मृति दिवसका अवसरमा आज नेपालगञ्जमा गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले आगामी महाधिबेशनमा पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनुभयो । यस विषयमा आफूले पहिलोपटक नेपालगञ्जबाट मुख खोलेको बताउँदै उहाँले सभापति देउबा फेरि सभापतिमा चुनाव लड्ने सम्भावना रहेकाले देउबालाई पुनः नेतृत्वमा आउन नदिन...

नेपालगन्ज उपमहानगरद्वारा लागत स्टिमेट भन्दा साँढे चार लाख कममा गाडी खरिद

नेपालगन्ज। नेपालगञ्ज उप–महानगरपालिकाले लागत स्टिमेट भन्दा साँढे चार लाख रुपिया कममा यात्रु बस खरिद गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाको विशेष सक्रियतामा लागत स्टिमेट भन्दा कम रकममा बस खरिद गरिएको हो । लेखा अधिकृत राजन केसीका अनुसार, सार्वजनिक खरिद ऐनका सम्पूर्ण प्रक्रिया पुरा गरि बस खरिद गरिएको हो । सानो तीनवटा बस एक करोड २९ लाख ७४ हजार ७०० र ठुला चारवटा बस दुई करोड १५...

मालबहाक गाडी ६ दिनदेखि नेपालगञ्ज नाकामा ठप्प, दैनिक २ करोड राजश्व घाटा

नेपालगञ्ज । भारतबाट आउने मालबहाक गाडी ६ दिनदेखि नेपालगञ्ज नाकामा अलपत्र परेका छन् । भ्याट र ट्रयाकिङ्गको विरोध गर्दै भन्सार एजेन्टले काम बन्द गरेपछि साउन १ गतेदेखि नेपालगञ्ज नाका भएर कुनै पनि मालबहाक गाडी नेपाल नभित्रिएको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो । ६ दिनदेखि भन्सार नभएपछि नेपालगञ्ज नाकामा मालबहाक गाडीको लामो लाइन लागेको छ । मालबहाक गाडी नेपाल भित्रिन नपाएपछि नेपालगञ्ज भन्सारको राजश्व संकलन समेत प्रभावित भएको छ...

कांग्रेस महामन्त्री नेपालगन्जमा, फोटो फिचरसहित

नेपालगन्ज ।नेपाली कांग्रेसका महामन्त्री डा. शशान्क कोइरालानेपालगन्ज आइपुग्नु भएको छ। केही बेर अघि मात्र उहाँ नेपालगन्ज अवतरण गर्नु भएको हो। कोइराला ३७ औं विपी स्मृती दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले आयोजना गरेको  विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्न  नेपालगन्जआउनु भएको हो। केही बेर पछि जिल्ला समन्वय समितीको हलमा १२:३० बजे कार्यक्रमलाई उहाले सम्बोधन गर्नु हुनेछ। ...

नेपाली कांग्रेस बाँकेद्वारा बिपिको मुर्तिमा माल्यार्पन

नेपालगन्ज।नेपाली कांग्रेस बाँकेले सोमबार बिहान ३७ औ विपी स्मृती दिवसको उपलक्ष्यमा नेपालगन्जमा  बिपि चोकमा बिपिको मुर्तिमा माल्यार्पन गरेको छ।त्यस्तै  कांग्रेस  पार्टी कार्यालयमा रहेको स्वर्गिय विपी कोइरालाको सालिकमा माल्यार्पन गरियो । यसैबिच सोमबार नै बिचार गोष्ठी कार्यक्रम गरिदैछ ।उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला आउदैछन । नेपाली कांग्रेस, बाँकेको आयोजनामा हुने कार्यक्रम जिल्ला समन्वय समिती नेपालगन्जको हलमा मध्यान्ह १२:३० बजे हुने बताइएको छ । ...