नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

मोटरसाइकल ठोक्किँदा नेपालगन्जमा एक जनाको मृत्यु, एक गम्भीर घाइते

नेपालगन्ज ।मोटरसाइकल दुर्घटना हुँदा नेपालगन्जमा आज एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन् । नेपालगञ्ज वडा नम्बर  १८ एकतानगर  बसपार्क पछाडी बिद्युत रोडमा रहेको बिजुलीको पोलमा आज मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। मोटरसाइकलको पछाडी बसेर घाइते भएका वडा नम्बर ४ का  दिनेश लामिछानेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गम्भिर घाइते हुनेमा ४ नम्बरकै मोटरसाइकल चालक प्रवेश शिंखडा रहेका छन्...

हराएको अटो ई-रिक्सालाई वडा प्रहरी नेपालगन्जले सम्बन्धित धनीलाई बुझायो

नेपालगन्ज । हराएको अटो  ई-रिक्सा प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ का महफुज आलम जोलाहको शनिबारदेखि हराइ रहेको जयसपुर गाबिस ६५० नम्बरको अटो ई-रिक्सा वडा प्रहरी नेपालगन्जले फेला पारेको हो। प्रहरीले फेला पारेको अटो ई-रिक्सालाई आज सम्बन्धित ब्यक्तिलाई बुझाएको छ।वडा प्रहरी कार्यालय नेपालगन्जले  वडा नं १३ बुलबुलिया नजिकबाट  हराएको  अटो ई-रिक्सा फेला पारि अटो धनि महफुज आलम जोलाह लाई जिम्मा लगाएको  छ । ...

नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको दुर्घटनामा निधन,आजै दाहसंस्कार गरिने

नेपालगन्ज ।नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको सवारी दुर्घटनामा निधन भएको छ ।उनको शुक्रवार साझ ६ बजे बाँसगढी नगरपालिकाको बैैैदि भन्ने स्थानमा मोटरसाइकल दुर्घटना भएको हो।इलाका प्रहरी बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमका अनुसार खडका सवार  मोटरसाइकललाइ बिपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको हो।गम्भीर घाइते खड्काको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा निधन भएका हो । उनीसँगै मोटरसाइकलमा उनका साथीको हात भाचिएको छ।उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। नेपालगन्जका व्यवसायीहरु बीच निकै लोकप्रिय...

नेपालगञ्ज उपमहानगरपालिकाको पाँचौ नगर सभा, २ अर्ब २८ करोड बढी बजेट सार्वजनिक

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाको मंगलबार भएको पाचौ नगर सभाले आ.व २०७६÷०७७ का लागि दुई अरव २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख डा धवल शम्शेर राणाले पेश गर्नु भएको नीती तथा कार्यक्रम र उपप्रमुख उमा थापा मगरले पेशगर्नु भएको वजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ । नगर उप–प्रमुख थापामगरले चालु खर्चतर्फ एक अर्व २१ करोड ४७ लाख ७२ हजार, पूँजीगत तर्फ एक अर्व...

नेपालगन्जको वडा नं १३ मा फोहर ब्यबस्थापन सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न

नेपालगन्ज । नेपालगन्जको वडा नं १३ मा फोहर ब्यबस्थापन सम्बन्धी एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। १३ नं वडाको सहयोग र बाताबरण तथा बाल अधिकार संरक्षण केन्द्र नेपालगन्जको आयोजनामा घर भित्रको फोहर ब्यबस्थापनमा सरोकारकोवालाको भुमिका बिषयक १ दिने कार्यक्रम सोमबार सम्पन्न भएको छ। वडा अध्ययक्ष बिरेन्द्र बहादुर शाहको प्रमुख आथित्य र आयोजक संस्थाका प्रमुख तेज बिक्रम शाहको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाइ फोहर ब्यबस्थापन सम्बन्धी कुराहरुको बारेमा जानकारी दिइएको थियो। ...

नेपालगञ्ज उपमहानगरमा धमाधम वडा भेला हुँदै, १० नं मा सकियो

नेपालगञ्ज।  नेपालगन्ज उप–महानगरपालिकामा यतिबेला धमाधम वडा भेला सम्पन्न हुँदैछन् । उप–महानगरका सबै जसो वडाहरुमा भइरहेका भेलामा बजेटको आधारमा हुने विकास निर्माण, योजना र बजेटमा छलफल हुँदैछ । वडा न १० को वडा कार्यालयले आइतबार आर्थिक वर्ष ०७६, ०७७ का लागि योजना प्रस्ताव तथा वडा भेला सम्पन्न गरेको छ । भेलामा एक करोड २६ लाख वजेट छुटयाइएको छ । वडा भेलालाई सम्वोधन गर्दै अध्यक्ष वस्नेतले भौतिक पुर्वाधार विकासमा जनताको प्रत्यक्ष सहभागिता...

नेपालगञ्जको वडा नं१० मा क्यान्सर पहिचान शिवीर

नेपालगञ्ज।नेपालगञ्जको वडा न १० मा  पाठेघरको क्यान्सर पहिचान शिवीर सञ्चालन गरिएको छ । हेल्थकेयर अष्पताल तथा प्रसुती गृह(एचसीआरसी) सँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले नेराप्रावि गोसाई गाँउमा शिवीर सञ्चालन गरेको हो । शिवीरमा स्थानीय शहरी स्वाथ्य क्लीनीकको पनि प्राविधिक सहयोग रहेको थियो । शनिबार साझसम्म सञ्चालित शिवीरमा एक सय २८ जनाको जाँच गरिएको थियो । एचसीआरसीका प्रसुती रोग विशेषज्ञ डा. कुमार शान शाहद्धारा गरिएको जाँच परामर्शका क्रममा ६ जनामा पोजेटीभ अर्थात क्यान्सरको...

नेपालगन्जको वडा नं ४ मा सकियो वडा भेला,पुर्बाधारलाई प्राथमिकता हुन्छ: अध्यक्ष बेहना

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु आर्थिक बर्ष ०७६७७ का लागि योजनाहरु बनाउन लागिपरेका छन्। नेपालगञ्जको वडा नम्बर ४ मा  शनिबार   वडा भेला सम्पन्न गरेको छ ।  वडा नं  ४ का अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा तेस्रो योजना तर्जुमा वडा भेला सम्पन्न भएको हो। वडा भेलामा बोल्दै कार्यपालिकाकि सदस्य इन्दिरा शाहीले भौतिक पूर्बाधार बिकास, महिला हित, शिक्षाका लागि योजनाहरुमा  जोड दिएको बताउनु भयो। शाहीले वडाबासीहरुको लागि हर हमेसा लागि पर्ने बताउनु...

नेपालगञ्जको वडा नं २२ मा वडा भेला सकियो, बिकास सगै शिक्षालाई पनि प्राथमिकता

नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु आर्थिक बर्ष ०७६७७ का लागि योजनाहरु बनाउन लागिपरेका छन्। नेपालगञ्जको वडा नम्बर २२  शनिबार बिहान  वडा भेला सम्पन्न गरेको छ ।  वडा नं २२ का अध्यक्ष बिद्याराम बर्माको अध्यक्षता र नेपाली काङ्ग्रेस बाँकेका नेता राजकुमार बर्माको प्रमुख आथित्यमा सम्पन्न भएको तेस्रो योजना तर्जुमा वडा भेला सम्पन्न भएको हो। वडा भेलामा बोल्दै अध्यक्ष बर्माले  २२ नम्बरमा  भौतिक पूर्बाधार बिकास, सामाजिक सुरक्षा , कार्यालय सञ्चालन, आर्थिक विकास,...

नेपालगञ्जको वडा नं ४ मा हजार दिने आमाहरुलाई निःशुल्क सामग्री वितरण

नेपालगञ्ज ।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर  ४ मा आज हजार दिने आमाहरुलाई केही सामग्रीहरु निःशुल्क वितरण गरिएको छ । वडाका १५ जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई आयोडिन नुन, मञ्जन, साबुन, नङ्ग कट र अण्डा निःशुल्क वितरण गरिएको सहरी स्वास्थ्य केन्द्रकी इन्चार्ज पुष्पा खड्काले बताउनुभयो । सामग्री वितरण गर्दै वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले गर्भवती र सुत्केरी महिलाले पौष्टिक आहार सेवनका साथै व्यक्तिगत सरसफाईमा पनि ध्यान दिनुपर्ने बताउँदै वडाका तर्फबाट आगामी...