नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

बाँके र बर्दियामा सञ्चालित निःशुल्क सुरक्षा गार्ड तालिम सम्पन्न

नेपालगञ्ज। बाँके र बर्दियाका तीन स्थानीय तहमा सञ्चालित निःशुल्क सुरक्षा गार्ड तालिम सम्पन्न भएको छ । बाँकेको कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका तथा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित एक महिने निःशुल्क सुरक्षा गार्ड तालिमको आज समापन गरिएको हो । २५/२५ जना सहभागी रहेको तालिम व्यवसायिक तथा सीप विकास तालिम केन्द्र नेपालगञ्ज र समाज विकासमा गतिशिलता धनगढी, कैलालीको संयुक्त साझेदारीमा सञ्चालन गरिएको हो । बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नम्बर ३ भोलागौडीमा सञ्चालित...

नेपालगन्जको १२ मा एक जना झुन्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर  १२ मा एक जना आज बिहान झुन्डिएको अवस्थामा फेला परेका छन् । नेपालगन्ज मेडिकल कलेजको पश्चिम् तर्फ रहेको बगियामा रहेको आँप को रुखमा झुन्डिएको अवस्थामा एक जना बर्दिया बढैया ताल गाउँपालिका १ का बाल कृष्ण मल्ल फेला परेका हुन् ।  आफ्ना बहिनीहरु सग कोरियनपुर बस्दै आएका मृतक भेेेरी प्राबिधिकमा टेक्निकल विषय लिएर अध्यन गर्दै आएको भेरी प्राबिधिक प्रहरी बिटका प्रहरी हवल्दार बुद्दी चौधरीले बताए। अब...

नेपालगन्जको वडा नं २२ बाट १८ किलो अफिमसहित ५ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जमा ठुलो परिमाणमा लागू औषधसहित ५ जना पक्राउ परेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बबर  २२ पुरैनीबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले आज पुरैनीस्थित बाबाकुटीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँचलाई पक्राउ गरेको हो । बिशेष सु्चनाको आधारमा पुगेको प्रहरी टोलीले भारततर्फ लैजादै गरेको अवस्थामा उक्त अफिम बरामद गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा...

बाँकेमा गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सुरु हुँदै

नेपालगन्ज ।गरिब घर परिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत प्रदेश नं ५ मा बाँके जिल्लामा मात्र लागु हुने भएको छ। भुमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालयको सहयोग एवम जिल्ला समन्वय समिति बाँकेको आयोजनामा उक्त कार्यक्रम सन्चालन हुने भएको हो । कार्यक्रम चालु आर्थिक वर्षमा ७ वटै प्रदेशका १२ जिल्लामा सञ्चालन गर्ने तयारीमा रहको सो कार्यक्रम प्रदेश नं ५ मा भने बाँके जिल्लामा मात्र लागु हुने भएको छ...

नेपालगन्जका वडाहरु योजना बनाउन ब्यस्त

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरु आर्थिक बर्ष ०७६७७ का लागि योजनाहरु बनाउन लागिपरेका छन्। नेपालगञ्जको वडा नम्बर १३ ले शनिबार नै वडा भेला सम्पन्न गरिसकेको छ । त्यस्तै असार ४ गते वडा नम्बर १२ मा वडा भेला हुँदैछ। वडा नम्बर १२ ले भौतिक पूर्बाधार बिकास, सामाजिक सुरक्षा , कार्यालय सञ्चालन, आर्थिक विकास, संस्थागत बिकास जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ। त्यस्तै लक्षित बर्ग, बालमैत्री , प्रबद्र्धनात्मक कार्यक्रमलाई समेत समाबेश गरेको अध्यक्ष...

नेपालगन्जका चार जना युवक नागढुङ्गामा ठुलो परिमाणमा लागू औषधसहित पक्राउ

नागढुङ्गा ( काठमाडौं )।नेपालगन्जका ४ जना युबकलाई  लागू औषधसहित प्रहरीले नागढुङ्गाबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग  नागढुङ्गाले लागु औषधसहित ६ जनालाई पक्राउ गरेको छ। राजधानीको प्रवेशद्वार थानकोटमा छुट्टाछुट्टै चेक जाँच गर्ने क्रममा ठूलो परिमाणको लागु औषध सहित उनीहरुलाई पक्राउ गरिएको हो। महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले धरानबाट काठमाडौं तर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको यात्रु बाहक बसबाट विहारका १९ वर्षीय महम्मद...

बाँके जिल्ला लिग फुटबलको उपाधी धम्बोझी क्लबलाई

नेपालगन्ज ।बाँके जिल्ला लिग फुटबलको उपाधी धम्बोझी क्लबले पाएको छ। बाँके जिल्ला फुटबल संघको आयोजनामा गत जेठ २५ गते देखि सुरु भएको फुटबल खेलको आज भएको फाइनलमा धम्बोझीले मोडेल टिम सिगाउँलाई शुन्यकाबिरुद्ध २ गोल गर्दैै उपाधी हात पारेको हो। प्रतियोगितामा धम्बोझी क्लवका विशाल थापाले १९ औ मिनेटमा र ब्यापक राज शाहीले ३६ औं मिनेटमा गोल गरेका थिए भने मोडेल टिमले कुनै गोल गर्न सकेन । उपाधी बिजेता धम्बोझी क्लबले ट्रफि, मेडल, प्रमाणपत्रसहित २१...

रुपइडिहामा एक जना नेेेपाली र मेडिकल संचालक लागूऔषधसहित पक्राउ

नेपालगन्ज । नेपालगन्जको भारतीय सिमा बजार रुपइडिहाबाट एक जना नेेेपाली लागू औषधसहित पक्राउ परेका छन् ।भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज बस्ने गौरव नाम गरेका व्यक्तिलाई ब्राउनसुगरसहित भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको हो । त्यस्तै गौरवको बयानका आधारमा रुपैडिहा बजारको चकियारोड चोकस्थित रियाज मेडिकल स्टोरबाट ६० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । मेडिकलबाट आफुले किनेर ल्याएको भन्ने गौरवको भनाई...

नेपालगन्जमा हाइसको ठक्करबाट एक महिला गम्भीर घाइते

नेपालगन्ज । गाडीको ठक्करबाट एक जना महिला गम्भीर घाइते भएकी छिन् । नेपालगन्जबाट धनगढी तर्फ जादै गरेको हाइसको ठक्करबाट एक महिला गम्भिर घाइते भएको बाँके प्रहरीले जनाएको छ । कारकाँदो  प्रहरी तालिम केन्द्र अगाडि हाइसले महिलालाई ठक्कर दिएको हो । तिव्र गतीमा रहेको से १ ज ९७५ नम्बरको हाइसले ठक्कर दिएको थियो । महिलाको नाम ठेगाना खुल्न सकेेेको छैन् । गम्भिर घाइते महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको...

म्यानअफ द सिरिज हुने खेलाडीको पुरस्कार थप ,गियर साइकल सगैं एसि पनि पाउने

ग्री  एसि र आयोजक द ग्रुप अफ सिक्टीन बिच प्रायोजक पत्रमा हस्ताक्षर भएको छ । आयोजक संस्थाका अध्यक्ष बिष्णु अर्याल र ग्री एसिका मार्केटिङ अफिसर रियाज अन्सारीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सो पत्रमा गरि एसीको डिलर न्यू निजाम स्टोरले आयोजकलाई १ टन क्षमताको १ थान एसि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । सो पुरस्कार म्यान अफ द सिरिजहुने खेलाडीले पाउने छन भने यस अघि पनि बिबि साइकलले म्यान...