नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

फूटबल सेमिफाइनल अगावै नेपालगन्ज रंगशालाको दुबो पानी नपाएर सुक्न थाल्यो

नेपालगन्ज ।प्रदेश नम्बर पाँचका विभिन्न स्थानमा अहिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ ।भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि कतिपय खेल भाडाका स्थानमा सञ्चालन गरिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को हतारोमा पौडी पोखरी निर्माण सम्पन्न नभएपछि होटलको पौडीपोखरीमा खेलहरु चलिरहेका छन् । अन्य खेलको अवस्था पनि यस्तै छ । भव्य उद्घाटन कार्यक्रम सम्पन्न गरेको नेपालगन्ज रंगशालाको अवस्था पनि फरक छैन । उद्घाटनको दिन आकर्षणको केन्द्र बनेको भिआइपी प्यारापिट अधुरो नै छ...

पुरुष हेण्डबलमा गण्डकी र एपिएफ ,महिलामा आर्मी र एपिएफ फाइनलमा

नेपालगन्ज  । आठौँ अन्तरगत सोमवार विहान भएको महिला÷पुरुष हेण्डबलका सेमीफाईनल खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पुरुषतर्फको खेलमा गण्डकी प्रदेश र विभागिय टिम एपिएफ फाईनलमा प्रवेश गरेका छन् । यसैगरी महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफले फाईनलसम्मको यात्रा तय गरेका छन । पुरुष तर्फको पहिलो खेलमा गण्डकी प्रदेश ले प्रदेश ३ लाई ४०–१८ गोल अन्तरले पराजित गर्दैै फाईनलमा आफुलाई सुरक्षित गरेको हो ।सोही मैदानमा भएको दोस्रो खेलमा...

सांसदको दबाबले स्वस्तिका लिम्बुको पोस्टमार्टम रिपोर्ट गलत आयो: माइती पक्ष

नेपालगन्ज । नेपालगन्ज २० राझा माइत भइ नेपालगन्ज १० भृकुटीनगरमा ६ महिना अघि  स्वस्तिका लिम्बुको प्रेम बिवाह भएको थियो। तर बिहे गरेको ७ महिना नपुग्दै लिम्बुको बैशाख १ गते मृत्यु भयो। उनको मृत्यु सोभाबिक नभइ झुन्डिएर भयो।तर झुन्डि एर उनको मृत्यु भन्दा घटना अर्कै तिर मोडिएको तर्क माइतीको भनाइ छ। आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै  माइती पक्षले स्वस्तिकाको झुन्डिएर मृत्यु नभइ हत्या भएको जानकारी गराएका छन। न्यायका लागि गठित संघर्ष समितिका संयोजक लालमणि सारू घटनाको अवस्था...

स्वस्तिका लिम्बुको मृत्युको कारण पोस्टमार्टम रिपोर्टले स्पष्ट कुरा देखाएन्, थप जाँचका लागी काठमाडौं पठाइदै

नेपालगन्ज ।स्वस्तिका लिम्बुको मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा  हत्या भएको हो वा आत्महत्या हो भन्ने स्पष्ट उल्लेख नहुदा झनै रहस्यमय बनेको छ।भेरी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा स्वस्तिकाको हत्या भएको हो वा आत्महत्या हो भन्ने स्पष्ट उल्लेख नभएपछि प्रहरीले भिसेरा परीक्षण गर्न लागेको हो।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार स्वस्तिकाको मृत्युबारे पोस्टमार्टम रिर्पोटमा स्पष्ट नभएपछि सत्यतथ्य बुझ्न भिसेरा परीक्षण गर्न लागिएको हो । उनले भिसेरा परीक्षणका लागि केन्द्रीय...

आठौँ राष्ट्रिय खेलकुद: बैशाख ८ गते सम्म यस्तो छ पदक तालिका!

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म प्राप्त पदक तालिका टिमको नाम स्वर्ण रजत कास्य जम्मा पदक आर्मी           ७५     ४६     ३९       १६० पुलिस        ३२     २९    ३१       ९२ एपीएफ ३१    ३१     ३६        ९८ प्रदेश ३         १३      २०    ४०        ७३ सुदूरपश्चिम      ७        ५   ...

आठौँ राष्ट्रिय खेलकुद :ह्यान्डबल- सेमिफाइनल समीकरण पूरा

नेपालगन्ज ।आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुष र महिला दुवैमा सेमिफाइनल समिकरण पूरा भएको छ । पुरुषमा एपीएफको भेट अर्को विभागिय टोली आर्मीसंग हुनेछ भने प्रदेश ३ ले प्रदेश १ को सामना गर्नेछ । महिलाको सेमिफाइनल प्रदेश १ र आर्मी तथा एपीएफ र प्रदेश ३ बीच हुनेछ । पुरुषको समूह चरणको खेलमा एपीएफले प्रदेश २ लाई ३३–९, प्रदेश ३ ले प्रदेश १ लाई २३–२०, गण्डकीले प्रदेश ५ लाई ४२–१२...

आठौं राष्ट्रिय खेलकुद: आइटिएफ तेक्वान्दोमा सवैभन्दा वढि स्वर्ण आर्मीलाई

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत आइटिएफ तेक्वान्दोमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्र्तगत आइतबारसम्म भएका खेलमा आर्मीले ७ स्वर्णका साथ अग्रता कायम गरेको हो । त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले ३ स्वर्ण प्राप्त गरेको छ । यसैविच, आइतबार भएको खेलमा ५१ देखी ५५ किलो तौल समुहमा प्रदेश ३ का अनिल तामाङ विजयी भएका छन् । त्यस्तै, महिलातर्फ ४०...

आठौं राष्ट्रिय खेलकुद :आर्चरीमा आर्मीकी ज्ञानु र आर्चरी क्लबका अशिमलाई स्वर्ण

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद  अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् ।नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए । महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउदै च्याम्पियन बनिन् । कास्कीकी केशरी आले मगर तेश्रो भइन्। पुरुष...

जिप दुर्घटनामा मृत्यु भएका डा.जेनाको नेपालगन्जमा श्रद्धाञ्जली सभा गरियो

नेपालगन्ज । जिप  दुर्घटनामा मृत्यु भएका डा. जेनाको श्रद्धाञ्जली सभा गरिएको छ।शनिबार भारतको भुवनेश्वरमा जिप दुर्घटना हुँदा डा. ललितेन्दु जेनाको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य दुईजना गम्भीर घाइते भएका थिए । दुर्घटनामा मृत्यु भएका डा. जेनाको आज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले श्रद्धाञ्जली सभा गरेका हुन। डा.  जेनाले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा १६ वर्ष स्त्रीरोग विशेषज्ञका रुपमा काम गर्दै आएका थिए। उनले...

आठौं राष्ट्रिय खेलकुद: आर्मी ५५ स्वर्णसहित अगाडी

नेपालगञ्ज । आर्मीको बर्चश्व आइतबार सम्म पनि कायमै रहेको छ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा त्रिभुवन आर्मी क्लब शिर्ष स्थानमा कायमै रहेको छ । १३९ स्वर्ण, १३८ रजत र २२५ कास्य पदकको छिनोफानो हुँदा त्रिभुवन आर्मीको बर्चश्व कायमै छ । आर्मी ५५ स्वर्ण, ३९ रजत र ३५ कास्य पदकसहित अंक तालिकामा पहिलो स्थानमा छ ।   सशस्त्र प्रहरीको एपिएफ क्लब २५ स्वर्ण, २२ रजत र ३१ कास्य पदक प्राप्त गरी दोश्रोमा...