नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

अस्थाई शिक्षक संघर्ष समिति बाँकेले बुझायो बुझायो विरोध पत्र

नेपालगन्ज  ।अस्थाई शिक्षक संघर्ष समिति बाँकेले शिक्षा विकास तथासमन्वय ईकाई बाँके मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विरोध पत्र पठाएको छ । शिक्षा ऐन २०२८ को नवौ संशोधनको दफा ११ च उपदफा ९ कार्यान्वयन हुननसकेको र उपदफा १० हाल कार्यान्वयन नगर्न अस्थाई शिक्षक संघर्ष समितिले शिक्षा विकास तथासमन्वय ईकाई बाँके मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विरोध पत्र पठाएको हो । सेवा सुविधा र स्वत अवकाश भएको सुचना तथा निर्देशन...

आठौँ राष्ट्रिय खेलकुदका लागि भिआइपी प्याराफिट जडान काम शुरु

नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि  लागि भिआइपी  प्यारापिट जडानको काम आजबाट सुरु गरिएको छ । सोमबार साँझ नेपालगन्ज रङ्गशालामा आइपुगेको भिआइपी प्यारापिट   जडान  दस दिनमा गर्ने गरी  काम भइरहेको छ । चाइनाबाट सिंगापुर, मलेसिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको भिआइपि प्यारापिट जडानको काम चाइनिज इन्जिनियरले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिएका छन्  । डिजाइन अनुसार, चाइनिज इन्जिनियरले भिआइपी प्यारापिट जडानको काम गरिरहेको बताउँदै उनले...

आफूलाई नेतृत्वमा पुग्नका लागि सघाउन महामन्त्री डा.कोइरालाको आग्रह
"बोलीमा नभई व्यवहारमा कांग्रसलाई एक ढिक्का बनाउनतर्फ लागौं:केन्द्रिय सदस्य गिरी "

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आपसी एकता नहुँदासम्म पार्टी सुदृढ नहुने बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले आपसी तिक्तता र बैरभाव अन्त्य भएर पार्टी एक ढिक्का नभए अस्तित्व नै संकटमा पर्ने भन्दै सबै मिलेर एकताबद्ध हुन जरुरी रहेको आवश्यकता औंल्याउनुभयो । आफू पार्टीको नेतृत्व गर्न तयार रहेको भन्दै उहाँले आफूलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह पनि...

नेपालगन्जको मनिकापुरमा कुष्ठराेग शिविर संचालन

नेपालगन्ज । नेपालगन्जको मनिकापुर स्वास्थ्य चाैकीमा कुष्ठराेग पत्ता लगाउन चर्मराेग शिविर संचालन भएको  छ। नेपालगन्ज  उपमहानगरपालिकाको आयोजनामा उक्त शिबिर सन्चालन भएको हो। गर्मी बढे सगै उपमहानगरपालिकाले गाउँ गाउँमा छाला जाँच अभियान सगै यश पटक कुष्ठराेग जाँच अभियान शुरु गरेको स्वास्थ्य शाखाका हरिहर तिवारीले बताउनु भयो।चर्मरोग विशेषज्ञ डा  . आरे झाको नेतृत्वमा गएको टोलिले १२५ जनाको छाला जाँच गरेको छ। जाँच  गरिएका मध्य अन्य सेवाग्राहीहरुको अवस्था ठिक भए पनि १३ जनालाई  भने कुष्ठराेग...

नेपालगन्जमा आजदेखि बाँके जिल्ला क्याम्पस स्तरिय भलिबल शुरु

नेपालगन्ज ।नेपालगन्जमा आजदेखि बाँके जिल्ला क्याम्पस स्तरिय भलिबल प्रतियोगिता २०७५  शुरु भएको छ। महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियु/ अनेरास्ववियु क्रान्तिकारी इकाइ कमिटिद्वारा आयोजना गरिएको भलिबल प्रतियोगिता आज भएको पहिलो खेलमा आयाेजक बिरुद्ध डाईनामिक कलेज बिजयी भएको छ।  यस्तै अर्को खेलमा महेन्द्र बहुमुखी  बी बिरुद्ध बागेश्वरी बहुमुखी क्याम्पस स्वबियु टिम बजयी भएको छ। आजकाे अन्तिम खेलमा   निम्बल कलेज र भेरी  प्राविधिक बिचको खेलमा भेरी प्राबिधिक बिजयी भएको छ।४ दिनसम्म चल्ने प्रतियोगितामा सरकारी र...

नेपालगञ्जको चौथो नगर सभाद्धारा ३ वटा समिती गठन, दुई वटा विधेयक पारित

नेपालगञ्ज ।नेपालगञ्ज उपमहानगरपालिकाको चौथो नगर सभाले ३ वटा समिती गठन गर्नुका साथै दुई वटा विधेयक पारित गरेको छ । आज सम्पन्न सभाले सुशासन समिती, विधायन समिती र लेखा समिति गठन गरेको छ । साथै सभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७५, फोहरमैला व्यवस्थापन विधेयक २०७५ र नगर सभाको समिति गठन सम्वन्धी नियमावली २०७५ पारित गरेको छ । यस्तै...

नेपालगञ्ज मेडिकल कलेजमा डेढ किलोग्राम ट्युमरको सफल अपरेशन

नेपालगञ्ज।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जले ७२ बर्षीय एक जेष्ठ नागरिकको बायाँ गालामा रहेको झण्डै डेढ किलोग्राम ट्युमरको सफल अपरेशन गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ बन्दराका ७२ बर्षीय वरीलाल अहिरको बायाँ गालामा १० बर्षको उमेरदेखि पलाएको ट्युमरको सफल अपरेशन गरिएको अस्पतालका सहायक निर्देशक डा.कुमार पोखरेलले बताउनुभयो । अस्पतालले आज पत्रकार सम्मेलन गरेर अहिरको बायाँ गालामा रहेको ट्युमरको निःशुल्क अपरेशन गरिएको जनाएको छ । चैत्र ७ गते अस्पताल...

कांग्रेस महामन्त्री डा.कोइराला नेपालगञ्ज आउँदै

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला भोलि नेपालगञ्ज आउँदै हुनुहुन्छ । नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालय उद्घाटनका लागि नेपालगञ्ज आउन लाग्नुभएका महामन्त्री डा.कोइरालाले कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । दिउँसो १ बजे पार्टी कार्यालयको थप गरिएको दोस्रो तल्ला उद्घाटनसंगै पार्टी कार्यकर्ता भेटघाट कार्यक्रम पनि रहेको नेपाली कांग्रेस बाँकेका सचिव तप्त पौडेलले जानकारी दिनुभयो । सचिव पौडेलले कार्यक्रममा उपस्थित हुन सबै नेता, कार्यकर्ता र सुभेच्छुकहरुलाई आग्रह गर्नुभएको छ...

बाँके जिल्ला क्याम्पस स्तरिय भलिबल प्रतियोगिता भोलीदेखि नेपालगन्जमा शुरु हुँदै

नेपालगन्ज । नेपालगन्जमा बाँके जिल्ला क्याम्पस स्तरिय भलिबल प्रतियोगिता २०७५  हुने भएको छ। महेन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियु/ अनेरास्ववियु क्रान्तिकारी इकाइ कमिटिद्वारा आयोजना गरिएको भलिबल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ। ४ दिनसम्म चल्ने प्रतियोगितामा सरकारी र निजि कलेज गरि १५ वटा समुहले भाग लिएका छन्। प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार प्राप्त गर्ने छन। यस बर्षदेखि शुरु गरिएको भलिबल  प्रतियोगिता अब  प्रतेक...

सार्वजनिक समाचारप्रति प्रेस सल्लाहकार चौलागाईको ध्यानाकर्षण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले केही सञ्चारमाध्यममा आफुलाई जोडेर सार्वजनिक भएका समाचारप्रति गम्भिर ध्यानाकषर्ण भएको जनाउनु भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले सडकमा गरेको  प्रेस मिट र केही सञ्चारमाध्यममा आएका समाचारप्रति शुक्रबार एक विज्ञप्ती जारी गर्दै ती समाचारले सदैव स्वयं निष्कलंक रहने प्रयासमा प्रहार गरेको आशयसहित मर्माहत बनाएको उल्लेख गर्नु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले पत्रकार र पत्रकारिता विकासका लागि गत वर्ष स्वीकृत गरेको सञ्चार पत्रकारिता...