नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

एसपी अरुण पौडेलले पक्राउ गरे ६ बर्ष अघिको हत्यारा

नेपालगन्ज।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी २२ बर्षिय मुन्नु अन्सारीलाई अपहरण गरी हत्यामा संलग्न बाँके, जानकी गाउँपालिका वडा नम्बर ३ ईन्द्रपुरका ५० बर्षिय ‘मुल्ला’ भन्ने निजामुद्धिन साईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत जमुनाहा नाकाबाट प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर उनलाई सार्बजनिक गरेेेेको छ। जिप्रका बाँकेका अनुसार २०६९ असार २६ गते मुन्नुलाई निजामुद्धिन सहितको समुहले अपहरण गरेर भारतमा पुर्याई...

नेपालगन्जको जिभियन कलेजले शुरु गर्यो एक उदाहरणीय कार्य!
"गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागी आर्थिक संकलन अभियान "

नेपालगन्ज ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि नेपालगन्जको जिभियन कलेजले आर्थिक संकलन अभियान शुरु गरेको छ। विद्यार्थीहरुले आफ्नो नास्ताको रकम जम्मा गरेर आर्थिक संकलन सुरु गरेका छन।  कलेजका ११ र १२का बिद्यार्थीहरुले आफू सङ्ग भएको प्रतिभा देखाउदै  आर्थिक संकलन अभियान बिपि चोक देखि  पुस्पलाल चोक हुँदै धम्बोझी चोक सम्म गरेका थिए। जिभियन कलेजका  शिक्षक हेमन्त राज काफलेले धुर्मुस सुन्तलीको विभिन्न मुसहर बस्ती देखि बाढि या भुकम्पका सामाजिक अभियानका लागि...

वडा नम्बर ४ को एक सरकारी स्कुल बन्यो पार्किङ स्थल !
"तत्काल हटाउन लगाउने: अध्यक्ष बेहना "

नेपालगन्ज। नेपालगन्जको वडा नम्बर ४ स्थित एक सरकारी बिद्यालय ट्याक्टर पार्किङ स्थल बनेको छ। लामो समय देखि एक निजि ट्याक्टर आधारभुत बिद्यालयको मैदानमा पार्किङ गर्दा समेत बिद्यालय प्रशासन मौन रहदै आएको छ। यसरी एउटा सरकारी बिद्यालयमा निजि ब्यक्तिको सम्पत्ति राखिदै आउदा समेत नजिकै रहेको वडा नम्बर ४ को कार्यालय समेत जानकार छैन् । बिद्यालयको मैदानमा एक जना निजि ब्यक्तिको ट्याक्टर र दुईवटा ट्रली आफ्नो मनमर्जीले ( राखिदा) पार्किङ गर्न दिदा...

नेपालगञ्जमा दन्त शिविर,पाँच सय पाच जनाको दाँत परिक्षण

नेपालगञ्ज। विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपालगञ्जमा मंगलबार सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा पाँच सय बढिले स्वास्थ्य परिक्षण गराएका छन् । विश्व मुख स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा नेपालगञ्ज उपमहानगरपालिकाको मूल गेट अगाडी आयोजना गरिएको शिविरमा पाँच सय पाँच जनाले दन्त परिक्षण गराएका हुन् । शिविरको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले आफ्नो दाँत परिक्षण गराएर शिविरको उदघाटन गुर्नुभएको हो । से आहा, थिंक माउथ, थिंक हेल्थ भन्ने नाराका साथ नेपालगञ्ज...

नेपालगन्जको वडा नम्बर १९ मा सिलाइकटाई तालिम सम्पन्न

नेपालगन्ज ।विपन्न वर्गका महिलाहरुको लागि सन्चालन गरिएको सिलाइकटाई तालिम तथा हाते मेसिन हस्तान्तरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका १९ को सहयोगमा तथा रुसुफ मल्टिप्रपोज प्रलिको आयोजनामा संन्चालित दुई महिने कार्यक्रममा १६ जनालाई सिलाई कटाईको हाते मेसिन हस्तान्तरण गरिएको हो । मेसिन संगै कैचि स्केल लगायतको सामाग्री पनि हस्तान्तरण गरिएको छ । संस्थाका कार्यक्रम संयोजक करुणा बयलकोटीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा वडा अध्यक्ष परसुराम कुर्मी ,वडा...

बाँकेमा एसईईको तयारी पूरा, ८ हजार बढीले परीक्षा दिँदै

नेपालगञ्ज । बाँकेमा यस बर्षको एसईई परीक्षाको तयारी पूरा भएको छ । बाँकेबाट ८ हजार बढीले एसईई परीक्षा दिँदैछन् । जिल्ला शिक्षा समन्वय इकाई बाँकेका अनुसार, यस वर्ष ८ हजार १ सय ७५ जनाले एसईई परीक्षा दिन लागेका हुन् । जस अन्तर्गत् खुला विद्यालय ३, प्राविधिक धारका ५ विद्यालय, निजी विद्यालय ८० र सामुदायिक ८५ गरी कुल १ सय ६५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुन लागेका जिल्ला शिक्षा समन्वय...

को को हुन् -भूमाफियालाई सघाएर पक्राउ परेका ८ सरकारी कर्मचारी

नेपालगञ्ज । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत...

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिडिया सेन्टरको उद्घाटन

नेपालगञ्ज । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि हालतमा चैतमै हुने बताउनुभएको छ । नेपालगञ्ज रंगशाला परिसरमा आज मिडिया सेन्टरको उद्घाटन गर्दै सदस्य सचिव विष्टले चैतको २५ देखि ३० गतेसम्ममा प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको जानकारी दिँदै प्रतियोगिताका खेलहरु भने २० गतेदेखि नै शुरु गरिने जानकारी बताउनुभयो । उहाँले भिआइपी प्याराफिट आउन ढिलाई भएका कारण मिति तोक्न समस्या भइरहेको बताउनुभयो ।...

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीमा होमियो परिषदको पुरै टोली

नेपालगञ्ज । चैत्र  १९ गतेदेखि  शुरु हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागी  राष्ट्रिय खेलकुद परिषदको पुरै टोलि रातदिन लागी परेको छ। प्रतियोगिता तयारीका लागि अहिले राखेपका सदस्य सचिव केशव बहादुर विष्टसहित राखेपका पदाधिकारी र कर्मचारीहरु पनि नेपालगन्जमा दिनरात खटिएका छन् ।सबैजना मिलेर खटिएपछि  नेपालगञ्जमा आयोजना गरिने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगन्जको अस्तित्वसंग गाँसिएको सो प्रतियोगितालाई यसै बर्षमा सम्पन्न गर्ने गरी सबैजना अहोरात्र खटिएका हुन् । प्रतियोगिता...

यी दुई ट्राफिक जस्ले भारतदेखि फर्किदै गरेको यात्रुको पैसा लूटिनबाट जोगाए

नेपालगन्ज । नेपालगन्जको पुष्पलाल चोकमा ट्राफिक प्रहरीले एक जना पाकेटमारलाई पक्राउ गरेको छ। आज दिउँसो ४ बजे नेपालगन्जदेखि जाजरकोट जादै गरेको बसमा जाजरकोट जुनिचादे ११ का काली बहादुर कसेराको साथमा रहेको २१००० रुपैयाँ चोरी गरेको हरी बहादुर कठायतलाई ट्राफिक प्रहरीका हवल्दार राम बहादुर बिष्ट र ट्राफिक प्रहरी जवान गेहेन्द्र केसीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । नियन्त्रणमा लिएको ब्यक्ती खजुरा गाउँपालिका ९ को वासिन्दा रहेको ट्राफिक प्रहरी केसीले बताए। केसीका...