नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

पुर्वाधार निर्माण कार्य तिव्र रुपमा अगाडी बढीरहेको छ:नगर प्रमुख राणा

नेपालगञ्ज।नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकताका साथ निर्माण कार्य अघि बढाएको जनाएको छ । नगरका अधिकांश भागमा सडक, ढल, नाला लगायतका पुर्वाधार निर्माण कार्य तिव्र रुपमा अगाडी बढाइरहेको जनाउँदै नगर प्रमुख डा धवल शम्शेर राणाले एक विज्ञप्तीमार्फत पछिल्लो विवरण सार्वजनिक गर्नु भएको हो । नगरमा थुप्रै विकास निर्माण योजनाका काम जारी रहेको जनाउँदै नगर प्रमुख राणाले विकासमा जनप्रतिनीधी, कर्मचारी र स्थानीय जनताबीचको सहकार्य पनि...

नेपालगञ्ज हेल्थ क्याम्पसले मनायो १२औं बार्षिकोत्सब

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित नेपालगञ्ज हेल्थ क्याम्पसले १२औं बार्षिकोत्सब मनाएको छ। क्याम्पस प्रांगणमा आज आयोजित कार्यक्रममा अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरुको स्वागत गरिनुका साथै अध्ययन सकेर जान थालेका विद्यार्थीहरुलाई विदाई पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका संस्थापक एवम् पूर्व सभासद् मैकुलाल बाल्मिकीले प्राविधिक जनशक्ति उत्पादनमा क्याम्पसले उल्लेखनीय भूमिका खेलेको बताउँदै अझै समयसापेक्ष र व्यवहारिक शिक्षा, ज्ञान तथा सीप प्रदान गर्न क्याम्पस पर्यत्नशील रहेको बताउनुभयो...

नेपालगञ्जको सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन

नेपालगञ्ज।नेपालगञ्जको मुख्य सडक सुर्खेत रोड सरसफाई कार्यक्रम सञ्चालन गरिदैछ । नमूना कार्यक्रमका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाले पहिलो अभ्यास गर्न लागेको हो । सुर्खेत रोड सरसफाईका लागि चार वटा संस्थालाई ५ वटा रुट (क्षेत्र) निर्धारण गरेर जिम्मेवारी समेत दिइएको छ । परिक्षणका रुपमा अहिलेलाई एक महिनाको लागि मात्र जिम्मेवारी दिइएको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारीदिनु भयो। तोकिएका संस्थाहरुले भन्सार गेटदेखि मनिकापुर चौक सम्मको सम्पूर्ण सरसफाई गर्नेछन् । भन्सार गेटदेखि चौलिका सम्म, चौलिकादेखि गणेशमानचौक...

भेरी प्राविधिक शिक्षालय स्थापनाको २५ बर्ष, मनायो रजत जयन्ति

नेपालगञ्ज, । नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयले रजत जयन्ति मनाएको छ । स्थापना भएको २५ बर्ष पुगेको उपलक्ष्यामा आज शिक्षालयमै एक कार्यक्रम गरी रजत जयन्ति समारोह गरिएको छ । रजत जयन्ति समारोहका प्रमुख अतिथि एवम् नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले शिक्षालयले धेरैलाई सीप सिकाएर आयआर्जनका लागि आत्मनिर्भर बनाएको भन्दै प्रशंसा गर्नुभयो । सीप सिकेर स्वदेशमै काम गर्दै आफ्नो जीवन निर्वाह गर्न सक्ने वातावरण शिक्षालयले बनाइदिएको उहाँले बताउनुभयो । प्राविधिक शिक्षाका...

मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदै

नेपालगञ्ज । द हिडन ट्रेजरले प्रत्येक बर्ष आयोजना गर्ने मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदैछ । नेपालगञ्ज अडिसन नेपालगञ्जको कारकाँदोस्थित होटल किचेन हटमा भोलि विहान ११ बजेदेखि हुन लागेको हो । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले काठमाण्डौ बाहिरबाट पनि मिस नेपालमा सहभागिता सुनिश्चतताका लागि नेपालगञ्ज लगायत मोफसलका अन्य सहरहरुमा अडिसन गर्न लागेको जानकारी दिनुभयो । नेपालगञ्जमा आज गरिएको पत्रकार सम्मेलनमा कंसाकारले १२ कक्षा उत्तीर्ण गरेका १९ बर्षदेखि...

नेपालगन्जको राझा चोकमा भेटिएको  बम सेनाले निष्कृय पार्यो

नेपालगन्ज ।नेपालगन्जको  राझा चोक नजिकै भेटिएको  बम सेनाले निष्कृय पारेको छ । राझा चोक देखि करिव ५ सय मिटर उत्तर डिभाइडरमा कालो प्लाष्टिमा बेरेर राखिएको अवस्थामा आज विहान ७ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले करिव २ घण्टा लगाएर बम निष्कृय पारेको बाँके प्रहरीले   जानकारी दिएको छ । नेपालगन्जमा आज  सेनाले गस्ति गरिरहेको छ । नेपाल प्रहरी व्यापकरुपमा परिचालन गरिएको छ । चन्द...

विप्लव समूहको बन्दले बाँकेमा प्रभाब, निजी गाडीहरु फाटफुट मात्रै चल्दै

नेपालगन्ज ।प्रतिबिन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आज नेपाल बन्दको घोषणा सगै बाँकेमा प्रभाब परेको छ। बाँकेका अधिकांश निजी विद्यालयहरुले बिदा दिएका छन् । सवारी साधनहरु केही मात्र चलेका छन् । छोटो दुरीका भाडाका सवारी साधनहरु खासै चलेका छैनन। निजि मोटरसाइकल र निजि गाडीहरु केही मात्र चलेको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिनुभएको छ। निरीक्षक रोकायाका अनुसार काठमाडौंदेखि आएका गाडीहरुलाई सुरक्षा सहित प्रहरीले गन्तब्यमा पुर्याएको भए पनि...

अमेरिकी राजदुत बेरी नेपालगन्जको वडा नम्बर ४ मा

नेपालगञ्ज।  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा जनप्रतिनिधि र स्थानीय सरोकारवाला बिच छलफल गरिएको छ । जवाफदेहिताका लागि आर्थिक पारदर्शीता कार्यक्रम अन्तगर्तको कार्यक्रममा दोहोरो सम्वाद गरिएको थियो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत रेन्डि बेरीले जनता र जनप्रतिनीधीबीचको आमने सामनेले लोकतन्त्रको संस्थागत विकास, सुशासन र सेवा प्रवाहलाई मद्यत पुग्ने बताउनु भयो । कार्यक्रममा नगर प्रमुख राणन, उपप्रमुख थापामगरले वडाको काममा साथ दिन जनतालाई अपील गर्नु भयो । वडाअध्यक्ष सफिक वेहनाले...

नेपालगन्जमा मोटरसाईकलले ठक्कर दिदाँ एकजना गम्भीर घाईते

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ रामनगरमा मोटरसाईकलले ठक्कर दिदाँ एकजना गम्भीर घाईते भएकाछन् । फुल्टेक्रा–रामनगर सडकखण्डमा आज विहान करिब साढे ९ बजे मोटरसाईलले साईकल यात्रीलाई ठक्कर दिएकोहो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१, वसन्तपुरका युवा शिवम धनकुट्टालाई मोटरसाईकलले ठक्कर दिदाँ गम्भीर घाईते भएका हुन् । दुर्घटना भएलगत्तै घाईते शिवमलाई उपचारका लागि भेरी अस्पतालमा लगिएको उनको परिवार सदस्यले बताएकाछन् । मोटरसाईकलको ठक्करले घाईते शिवमको बायाँ खुट्टाको जाँघ पूर्णरुपले भाँचिएको छ । उनको भेरी अस्पतालमा...

कालिकाको उदासीनताले बसन्त मल्ल चोकको बोर्ड अलपत्र

नेपालगन्ज । दश महिनाअघि सडक र नाला निर्माण गर्ने निहुँमा हटाईएको वसन्त मल्ल चौकको साईनबोर्ड वेवारिसे छ । कालिका निर्माण कम्पनीको उदासीनताका कारण उक्त बोर्ड अहिलेसम्म अलपत्र परेको हो । उपमहानगरमा आरयुडिपी आयोजना अन्र्तगत सडक र नाला निर्माणका क्रममा ठेकेदारले उपमहानगरपालिकासँग समन्वय नै नगरेर काम गरेको छ । ठेकेदारले विभिन्न स्थानमा आफूखुसी सडक नाला खन्ने काम गरिरहेको स्थानीयबासी बताउँछन् । ठेकेदाले १० महिनाअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित वसन्त...