नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज ।बृहद लोकतान्त्रिक समूहले आज नेपालगन्जमा उम्मेदवार परिचयात्मक तथा भेटघाट कार्यक्रम गरेको छ । जिल्ला बार एशोसिएशन र उच्च अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार सुनिल पोख्रेलले बारलाई नीति केन्द्रीत गराउने उद्घोष गर्नुभएको छ । ‘अहिलेसम्म बार नेतृत्व केन्द्रीत मात्र भयो उहाँले यसक्षेत्रका बरिष्ठ अधिवक्ता सम्मेलित कार्यक्रममा भन्नुभयो–‘मेरो उम्मेरवारी नीति केन्द्रीत हो ।’ उहाँले नेतृत्वका लागिमात्रै बारमा आउन नखोजेको भन्दै उहाँले न्यायलयको सुधारका निमित्त खवरदारी गर्न...
नेपालगन्ज ।नेपाल एकायन कराते बाँकेको अध्यक्षमा गिरीराज भुषाल निर्विरोध निर्वाचित भएका छन् । सोमबार नेपालगन्जमा सम्पन्न एकायनको प्रथम अधिवेशनबाट अध्यक्षमा भुषाल चयन भएका हुन् ।त्यसैगरी प्रथम उपाध्यक्षमा कृष्ण ओली, द्वितीय उपाध्यक्षमा विजय लम्साल, सचिवमा चन्द्र बोहोरा र कोषाध्यक्षमा आन्नद गिरी चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष भुषालका अनुसार सदस्यहरुमा विनोद सिह सिजापती, प्रमिला बोहरा, मधु भुषाल, नुतन भारती, श्यामा यादव, सन्तराम चौधरी, रस्मिता पौडेल र हुसेन हलवाई रहेका छन् । एकायनको प्रथम...
नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ फुल्टेक्रामा शैक्षिक सामग्री बितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका ५ नम्बर वडा कार्यालय बाँकेको सहयोग र नेपाल उत्पीडित उत्थान विकास समाज बाँकेको आयोजनामा विभिन्न समुदायका २० जना गरिव तथा जेहेन्दार बालबालिहरुलाई स्टेशनरी, व्याग र पोशाक आदि सामग्रीहरु वितरण गरिएको हो । संस्थाका अध्यक्ष लोग बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ५ का वडाध्यक्ष कैफुलबरा जोलाह रहनुभएको थियो । तिला कुमारी धामीले...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवामा सञ्चालित अढाई महिने सिलाईकटाई तालिम आज सम्पन्न भएको छ । वडा नम्बर १५ को सहयोग र रुसुफ मल्टिप्रपोज प्रालिको आयोजनामा पुष ७ गतेदेखि सञ्चालित तालिममा २२ जना महिलाले तालिम लिएका थिए । लक्षित बर्ग कार्यक्रम अन्तर्गत् सञ्चालित तालिममा २२ जनालाई नै एक–एक वटा सिलाईकटाई मेसिन प्रदान गरिएको रुसुफका प्रबन्धक मुस्ताक अलि राईले जानकारी दिनुभयो । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष वल्लन कबाडियाले...
नेपालगन्ज ।जनहित संरक्षण मंचको आयोजनामा आज नेपालगन्जमा शान्ति र सामाजिक सद्भाव सुदृढीकरणका लागि संवाद सहजीकरण तथा मेलेमिलाप कार्यक्रम अन्तर्गत बाल विवाह तथा दाईजो प्रथासम्बन्धि सामुदायिक संवाद कार्यक्रम गरिएको छ । आधुनिक र सञ्चारको युगमा पनि भईरहेका बाल विवाह तथा दाईजो प्रथा जस्ता कुरिती र कुप्रथाका बिरुद्धमा आम नागरिकहरूको चेतनास्तरलाई बृद्धि गर्ने, जनप्रतिनिधिहरूलाई यस विषयमा पनि थप जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम गरीएको परियोजना प्रबन्धक बाबुराम पौडेलले जानकारी दिनुभयो । बाल विवाह...
नेपालगन्ज । नेपालगन्ज उधोग बाणिज्य संघको आयोजनामा सन्चालन भइरहेको प्रादेशिक महोत्सवमा आज बिशेष मनोरञ्जन हुने भएको छ। आज चर्चित गायक काली प्रसाद बासकोटा, चन्द्र शर्मा, अनिता चलाउनेको बेजोड प्रस्तुती रहने भएको छ। आजै करिश्मा ढकालको नृत्य समेत रहेने भएको छ। त्य्स्तै आजै अमेरिकी नागरिक तथा नेपाली लोक गीतमा पिएचडी गरेकी अनाको समेत प्रस्तुती रहेको महोत्सवका प्रचार प्रसार सम्योजक टंक धामीले बताएका छन् । ...
नेपालगन्ज ।नेपालगन्जमा नौ जना महिलाहरुलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल–भारत मैत्री संघ बाँके र कोहलपुर शाखाले शनिबार नेपालगन्जमा विशेष समारोहको आयोजना गरी समाजमा अग्रणी भूमिका निर्वाह गरेका महिलाहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भारतकि अधिकारका क्षेत्रमा सक्रिय मणि चतुर्वेदी शर्मा, महिला तथा बाल उत्पीडनका क्षेत्रमा सक्रिय यशा बर्मा रावत र महिला सशक्तिकरणका लागि पैरवी गर्दै आएकी डा. निधि पंकज अग्रवाल सम्मानित भए । नेपालगन्जका तीन...
नेपालगञ्ज।नेपालमै पहिलो पटक नेपालगञ्जमा डिजीटलाइज प्रविधीसहितको सेवा शुभारम्भ गरिएको छ । सेतुविक चौकस्थित डटवक्र्स टेक्नोलोजीजको आज एक समारोहबीच नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले शुभारम्भ गर्नु भयो । डटवक्र्स टेक्नोलोजीजमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजीटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रीन प्रिण्टीङ सेवा दिइने भएको छ । सात जना सफ्टवेयर इन्जिीयरको टिमले सञ्चालनमा ल्याएको सो कम्पनीमा करिव ८० लाख लगानी गरिएको छ । सफ्टवेयरका माध्यमबाट गाडी, बाइकमा जीपीएस टे«किङ...
नेपालगञ्ज।नेपालगञ्जमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाको सहकार्यमा आज नगरमा भव्य झाँकी, वाजागाजासहितको ¥याली प्रदर्शन गरियो । सहभागीले ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ नारा लेखीएको गुलावी रुमाल काँधमा ओढेका थिए । उपमहानगरपालिकाको परिसरबाट शुरु ¥याली...
नेपालगन्ज । मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी संस्था नै बदनाम भइरहेका बेला बाँकेमा क्रियाशिल पत्रकारहरुले अख्तियार लगायतका सरकारी तथा गैरसरकारी संघरसंस्थामाथि स्वतन्त्र निगरानी गर्ने भन्दै स्वतन्त्र समूह नै गठन गरेका छन् । सरकारी तथा गैरसरकारी संघरसंस्थाहरुमा आर्थिक अपारदर्शीता मौलाइरहेका निगरानी गर्न उक्त समुह गठन भएको छ । बाँके जिल्लामा बढ्दै गएको आर्थिक अनियमितता र सरकारी कार्यालयमा देखिएको विकृतिको निगरानीसँगै भण्डाफोर गर्ने उद्देश्यले नेपालगन्जमा निगरानी समूह गठन भएको छ । सरकारी तथा...