नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
सोम गुरुङ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ रानी तलाउ नजिकै रहेको ट्रान्र्सफरमरले गर्दा हिडडुल गर्ने बटुवाहरु ठूलो जोखिम मोलेर हिडडुल गर्न बाध्य रहेका छन् । सो स्थान नजिक विद्यालय र रानीतलाउ पार्क पनि रहेकोले विद्यार्थी र बालबालिकाहरु सो बाटो गरेर हिडडुल गर्दछन् । पानी परेको समयमा सो ट्रान्र्सफरमरबाट करेन्ट प्रवाह हुने हुदाँ सम्भावित जोखिममा रहेको छ । सो प्रति कसैको ध्यान नजादाँ त्यो बाटो गरि हिड्ने बटुवालाई खतरा...
नेपालगञ्ज ।नेपालगन्ज उप महानगरपालिका वडा नं २० मा भूकम्प प्रतिरोधी भबन निर्माण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । वडा भवनको हलमा निर्माण व्यवसायी, निर्माण मजदुर, वडावासी लगायतको सहभागिता रहेको कार्यक्रममा भूकम्प आउने कारण, यसका असरहरु तथा भूकम्पीय जोखिम न्युनिकरणका उपायहरु, पिलरवाला भवन बनाउँदा ध्यानदिनुपर्ने कुरा, गारोवाला भवन बनाउँदा ध्यानदिनुपर्ने बुदाँहरु, निर्माण सामाग्री गुणस्तर तथा निर्माण गुणस्तर र समग्र सुरक्षित भवन निर्माण आदि बारे सहजीकरण गरिएको थियो । एनसेटको...
नेपालगञ्ज ।नेपालगञ्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा मंगल प्रसाद र आदर्श माध्यमिक विद्यालय बिजयी भएका छन् । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको बुधबार सम्पन्न पहिलो खेलमा मंगलले युनाइटेड एजुकेसन एकेडेमीलाई ९ विकेटले पराजित गरेको छ । ट्स जितेर पहिला व्याटिङ गरेको युनाइटेडले निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै ६० रन बनाएको थियो । उसका लागि अस्मिता केसीले ११ रन बनाउनु बाहेक...
नेपालगन्ज । नेपालगन्जका तीन सरकारी कार्यालयमा बुधबार अख्तियारले छापा मारेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जले बिशेष सुराकीका आधारमा नेपालगन्ज भन्सार, खाद्य प्रविधी तथा गुण नियन्त्रण र यातायात कार्यालयमा छापा मारेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयका प्रमुुख गणेश गैरले जानकारी दिएका छन् । गैरका अनुसार भन्सार कार्यालयबाट एक जना कर्मचारी सहित ५२ हजार नगद र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट एक जना कर्मचारी नगद ३५...
नेपालगञ्ज। नेपालगञ्जमा भोलि मंगलबारदेखि प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता २०७५ हुने भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मंगल प्रसाद माविमा सञ्चालन हुने प्रतियोगितामा १४ माविका टिम सहभागी हुने प्रतियोगिताका संयोजक एवं प्रशिक्षक जमील अन्सारीले जानकारी दिनुभयो । संघले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अवगत गराएको हो । छात्र प्रतियोगिताका लागि तीन लाख वजेट छुट्याएको उपमहानगरपालिकाले छात्रा क्रिकेट...
नेपालगन्ज । आज महाशिवरात्रि पर्व मनाइदै छ ।महाशिवरात्रिमा आज शिवको पूजा आराधना गरी बाँके लगायत देशभर मनाइँदैछ । महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र...
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि शुरु भएको “प्रादेशिक महोत्सव–२०७५” नेपालगन्ज भएका झाकी तथा रयालीका दृश्यहरु। ...
नेपालगञ्ज । बासले गर्दै आएको इन्स्पाइरिङ्ग युथको १२५औं श्रृंखलामा सडक बालबालिकाको व्यवस्थापनका विषयमा छलफल गरिएको छ । नेपालगञ्जमा आज गरिएको प्यानल छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक भिमराज ओली र रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरीले आफ्ना पेशागत अनुभव सुनाउनु भएको थियो। साथै सडक बालबालिकाको व्यवस्थापनका विषयमा सहभागीले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो । शाहले सडक बालबालिकाको अवस्था,...
नेपालगञ्ज। बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याइएपछि दर्ता सहयोगीहरु गाउँ÷टोलमा खटीएका छन् । तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्धारा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिएको हो । ४० औं जिल्लाका रुपमा बाँकेमा विहीबार देखि स्वास्थ्य विमा सदस्यता दर्ता शुभारम्भ गरिएको हो । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोख्रेलले जिल्ला समन्वय समिति...
नेपालगन्ज। फाल्गुन १४ गते बाट सुरु भएको पाँचौ हिसानकप खेलकुद प्रतियोगिताको शुक्रबार छात्रा तर्फ भएको भलिबलको फाइनलमा गोरखा मावी विजयी भएको छ। निजि विद्यालयको संगठन हिसानको आयोजनामा भएको प्रतिस्पर्धामा अन्य समुहलाई हराउँदै गोर्खा मावी प्रथम, डाइनामिक मावी द्वितीय र जनज्योती मावी तृतीय भएको हिसान कपका सयोजक सुमन गौतमले जानकारी दिनु भयो। बुधवार बिहानै बाट अबिरल वर्षा भएपछी आयोजक टिमले प्रतियोगिता २ दिनको लागि स्थगित गरेको थियो। खेलकुद स्थलमा हिलो जमेको कारणले...