नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु
नेपालगन्ज । कोहलपुरका केशर खड्का एस मिडियाका निर्देशकमा नियुक्त भएका छन् । समाजसेबि एबम युबा ब्याबसायी खड्का कोहलपुरमा उत्कृष्ट कार्य गर्दै आइरहेका छन् । आफ्नो जन्म दिन वा अरु कुनै चाड पर्व होस जहिले सबैलाई सहयोग गर्न अग्रसर हुने खड्का कोहलपुरमा सबैको मुटुमा बसेका छन् ।२७ बर्ष उमेरका खड्काले आफुले गर्न सक्ने सहयोग सबैलाई गर्दै आइरहेका छन् । खड्का आजैका मिती देखि एस सन्सकृती मिडिया अन्तर्गत बागेश्वरीपोस्टका निर्देशक नियुक्त...
नेपालगन्ज ।नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।आक्रमणकारी बिनोद खड्का र दिपक थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहको नेतृत्व को टोलीले खजुरा खुर्द बाट बिहिवार ६ बजे पक्राउ गरेको प्रहरीलेे जानकारी दिएको छ। पक्राउ गरिएका दुबै जना सग बयान लिने कार्य भइरहेको र उनिहरु बिरुद्ध मुद्दा दर्ता हुने डिएसपी शिव सिंहले बताए।उनका अनुसार अब मुद्दा प्रक्रिया पीडित पक्षले दिएको किटानी जाहेरी...
नेपालगन्ज । नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट दुई जना तरुण दलका कार्यकर्ता गम्भीर घाइते भएका छन् । गए राती साढे दश बजे राती नेपालगन्जको धम्बोझी चोकमा नेपाल तरुण दल नेपालगन्जका अध्यक्ष सन्दिप जङ्ग शाहलाई ‘तिमीहरु नै होइन, हाम्रो वडा अध्यक्ष सुमन मल्ल बिरुद्द आन्दोलन गर्ने’ भन्दै आक्रमण भएको हो। आक्रमणमा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाय र घमण्ड खड्कालाई बिनोद खड्का...
नेपालगन्ज ।मंगलबार बेलुका नेपालगन्ज ग्यालरीका संचालक तथा संचारकर्मी समिरमान श्रेष्ठलाई आर्थिक सहयोगको आग्रह सहितको म्यासेज आयो । नेपालगन्जकै अर्का पत्रकार गजेन्द्र गुरुङको म्यासेन्जरबाट आएको अनुरोधलाई श्रेष्ठले सहज रुपमा लिए । रातीको समयमा अप्ठेरो परेको हुनसक्ने महशुस गर्दै श्रेष्ठले म्यासेजलाई आधार मानेर ई सेवाबाट रु २५ सय पठाईदिए । गुरुङ्गकै फेसबुकबाट अर्का पत्रकार कमल डाँगीलाई पनि सन्देश आयो । कमलसँग फोन नम्बर मागियो र सोही फोनको प्रयोग गरि कमलराजको नामबाट ईसेवाको...
काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ ।संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही...
नेपालगन्ज। नेपालगन्जमा परेको अविरल बर्षाले उपमहानगरपालिकाका धेरै जसो स्थानहरु डुवानमा परेका छन् ।आज बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो। पानीको सहज निकास नहुँदा घरबारीटोलका केही पसलहरु डुबेका छन्। घरबारीटोलकी स्थानीय सन्ध्या शर्माले अविरल वर्षाले ९ वटा पसल र २ वटा घर डुबेको जानकारी दिईन्। सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको उनले बताईन्। ‘अस्ति...
नेपालगञ्ज । खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आज पनि नेपालगञ्जमा तरुण दलले २ घन्टा चक्काजाम सहित विरोध प्रदर्शन गरेको छ । तरुण दल बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली बिपि चोक हुँदै धम्बोझी पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै तरुण युवा तथा कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका थिए । कोणसभामा बोल्ने...
नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा रहेका विभिन्न पसलहरु अनुगमन गरिएको छ। वडा अध्यक्ष मो. सफिक बेहनाको नेतृत्वमा घरेेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुर्ण बहादुर वलीसहित कार्यपालिका सदस्य इन्दिरा शाही, महिला सदस्य मेनका जोशी लगायतको टोलीले वडाका विभिन्न पसलहरुमा अनुगमन गरेको हो। अनुगमनका क्रममा ४ वटा किराना पसलहरुबाट म्याद गुज्रिएका चाउचाउ लगयातका सामानहरु बरामद गरि नस्ट गरिएको थियो। अनुगमन टोलीले मेडिकल पसलहरुमा समेत अनुगमन गरेको थियो।अनुगमनका क्रममा...
काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...
नेपालगन्ज । नेपाली तरुण दल बाँकेले मंगलबार नेपालगन्जमा बिरोध प्रदर्शन गर्ने भएको छ। खजुराको सितापुर घटनाका दोषीलाई पक्राउ नगरेको भन्दै भोलि तरुण दल बाँके बिरोध प्रदर्शन गर्ने भएको जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताउनुभयो। पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जनजागरण कार्यक्रम स्थलमै नेकपाका अरिङगालहरुले पार्टी सभापति किरण कोइरालासहित अन्य कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएका छन्, त्यो गलत कार्य हो। आक्रमणकारीलाई अझै प्रहरीले पक्राउ गर्न अनाकानी गरेको छ, जब सम्म अरिङगालहरुलाई पक्राउ...