नेपालगन्ज उपमहानगरपालिकामा रहेका समाचारहरु

बाँकेमा डेंगुको उपचार निशुल्क नपाएको विरामीको गुनासो

रुद्र सुबेदी/नेपालगन्ज। बाँकेमा डेंगुका उपचारका लागि आएका  विरामीले झुल सहितको बेड मात्र निशुल्क पाएको गुनासो गरेका छन् ।सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेलामा विरामीले सुबिधा नपाएको गुनासो गरेका छन्। भेरी अस्पतालको मेडिकल वार्डको बेडनं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेड बाहेक सबै किनेर निर्वाह गर्नु परेको गुनासो गरिन । उनले भनिन–‘सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने कुरा सुनेकी छु यहाँ त बेड...

बाँकेमा कांग्रेसको जनजागरण कार्यक्रमको आज समापन गरिदै
"बर्षा भयो भन्दैमा बिचलित नहुन सभापतिको आग्रह "

नेपालगञ्ज । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रमको आज देशै भर समापन गरिदैछ । १५ दिने जनजागरण कार्यक्रम अन्तर्गत  आज असोज ७ गते वृहत ¥यालीसहित नेपालगन्जको त्रिभुवन चौकमा पनि सभा गएर समापन गरिदैछ । गाउँगाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांग्रेस बाँकेले ७ गते भव्य वृहत सभा गर्न लागेको हो । सभालाई कांग्रेस सचेतक एवं काँग्रेस नेतृ पुष्पा भुषालले सम्वोधन गर्नुहुने छ । सभामा उपस्थितीका लागि कांग्रेसका भातृ संघलाई पनि...

नेपालगन्जको वडा प्रहरीले राती उच्छृङ्खल गतिविधि गर्नेलाई नियन्त्रणमा लिन सुरु

नेपालगन्ज । नेपालगन्जको वडा प्रहरी कार्यालयले  रातको समयमा उच्छृङ्खल गतिविधि गर्नेलाई निगरानी गर्दै नियन्त्रणमा लिन सुरु गरेको छ। गएको दुुई दिनको अन्तरालमा  राती नेपालगन्ज बजारमा हो-हल्ला गर्दै मोटरसाइकलमा सवार युवाहरुलाई नियन्त्रणमा लिएर अभिभाबकको जिम्मा लगाई रिहा गरेको हो। मोटरसाइकलमा बिना हेल्मेट र हल्ला गर्दै हिंडेको अवस्थामा पक्राउ गरेर अब आइन्दा यस्तो गलत कार्य नगर्ने सर्तमा रिहा गरिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले बताए। रातको समयमा...

स्थानीय र प्रादेशिक आर्थिक विकास परियोजना कार्यान्वयनमा

नेपालगञ्ज । स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको कार्यान्वयनका लागि सरोकारवालहरु बीच सोमबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । जर्मन विकास नियोग(जिआईजेड)ले नेपालगञ्ज उपमहानगरपालिकामा संचालन गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रम सन २०१९ को जुन १ देखि सुरु भई २०२२ को मे १ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले उपमहानगरपालिकाले उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरि चारक्षेत्रमा विशेष...

नेपालगन्जको जिभिएन कलेजमा स्वागत कार्यक्रम गरियो

नेपालगन्ज।शिक्षा क्षेत्रमा आफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्जको जिभिएन कलेजले  ११ मा भर्ना भएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई  एक कार्यक्रम गरी स्वागत गरेको छ । कक्षा १२ मा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु र कलेेजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कलेजको  प्राङ्गणमा भएको स्वागत कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपालगन्ज  वडा प्रहरी प्रमुख हरी  बस्नेत रहनु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा कलेजका सिइयो गणेश भण्डारीले जिभिएन कलेजका विद्यार्थीहरुले पढाइका संगसंगै...

नेपालगञ्जमा अबदेखि सवै बस वसपार्कमा

नेपालगञ्ज । यहि असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आइतबार बसेको बस संचालक समिति, प्रालि र सरोकारवाला निकायको बैठकले असोज १५ गते वसपार्कको उद्घाटन हुने भएकाले असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेको हो । यसैगरी बैठकले वसपार्क संचालन भएपछि नगर वस वाहेकका सम्पूर्ण वसहरु वसपार्कबाटै छुट्ने गरि व्यवस्थापन गर्ने निर्णय...

बाँकेमा कांग्रेसको जागरण सभा समापन वृहत बनाईने

नेपालगञ्ज । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रम भव्यताका साथ समापन गरिदैछ । १५ दिने जनजागरण कार्यक्रम असोज ७ गते वृहत ¥यालीसहित त्रिभुवन चौकमा सभा गएर समापन गरिदैछ । गाउँगाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांग्रेस बाँकेले ७ गते भव्य वृहत सभा गर्न लागेको हो । सभालाई कांग्रेस सचेतक एवं काँग्रेस नेतृ पुष्पा भुषालले सम्वोधन गर्नुहुने छ । सभामा उपस्थितीका लागि कांग्रेसका भातृ संघलाई पनि परिचालन गरिएको कांग्रेस सभापति किरण...

नेपालगन्जमा चार किलो अफिमसहित तीन जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीको अनुसन्धान ब्यूरोको टोलीलेे चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनिहरुलाई नेपालगन्जको कान्तिपुर गेष्ट हाउसबाट शनिबार पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा रोल्पाको थवांगका दुख रोकाय, जाजरकोट स्थायी घर भई बर्दियाको गुलरिया वडा नम्बर ८ बस्ने बालकृष्ण थापा र डम्बर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले उनिहरुको साथबाट मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।नेपालमा हाल प्रतिकेजी अफिमको बजार मुल्य करीब ८ लाख रहेको छ । ...

एनएमसीमा अभिमुखीकरण तथा दसैं मिलन कार्यक्रम सम्पन्न

ज्ञानु सङ्गम खड्का/नेपालगन्ज।नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शनिबार अभिमुखीकरण तथा दसैं मिलन कार्यक्रम सम्पन्न गरेको छ।नेपालगन्ज स्थित सुनाखरी रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता आदर्श ग्रुप तथा एनएमसीका चिफ एकेडेमीक एडभाईजर प्रकाश लामिछानेले गर्नुभएको थियो।कार्यक्रमको विशिष्ट अतिथिमा एनएमसीका चिफ डाइरेक्टर ईश्वर पोखरेल,प्रमुख अतिथिमा आदर्श स्कुलका संस्थापक तथा सनबिम माविका अध्यक्ष गिरीराज पौडेल र आदर्श स्कुलका संस्थापक तथा सनबिम माविका सिइओ डाक्टर राजकुमार सुवेदी रहनुभएको थियो। त्यस्तै, अतिथिहरुमा आदर्श ग्रुपका संस्थापक पवन गौतम,एनएमसीका क्याम्पस...

नेपालगन्जको नर्सिङ होम अगाडी भयानक दुर्घटना, एक जना महिलाको ज्यान गयो

नेपालगन्ज । नेपालगन्जको नर्सिङ होम अगाडी मोटरसाइकलले ठक्कर दिदा एक जना महिलाको ज्यान गएको छ। आज बिहान साढे १० बजे स्पेलेन्डर मोटरसाइकलले पैदलयात्री अन्दाजी २२ बर्षकि महिलाई ठक्कर दिदा गम्भीर घाइते भएकी महिलाको नर्सिङ होम लैजादै गर्दा मृत्यु भएको छ। मृतक महिलाको ठेगाना दाङको गढवागाउँपालिका वडा नम्बर ७ रहेको अस्पताल प्रहरीले जानकारी दिएको छ। उनको टाउकोमा चोट लागेको थियो।ठक्कर दिने मोटरसाइकल फरार रहेको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।...