राजनीतिमा रहेका समाचारहरु
नेपालगन्ज ।नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।आक्रमणकारी बिनोद खड्का र दिपक थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहको नेतृत्व को टोलीले खजुरा खुर्द बाट बिहिवार ६ बजे पक्राउ गरेको प्रहरीलेे जानकारी दिएको छ। पक्राउ गरिएका दुबै जना सग बयान लिने कार्य भइरहेको र उनिहरु बिरुद्ध मुद्दा दर्ता हुने डिएसपी शिव सिंहले बताए।उनका अनुसार अब मुद्दा प्रक्रिया पीडित पक्षले दिएको किटानी जाहेरी...
नेपालगन्ज । नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट दुई जना तरुण दलका कार्यकर्ता गम्भीर घाइते भएका छन् । गए राती साढे दश बजे राती नेपालगन्जको धम्बोझी चोकमा नेपाल तरुण दल नेपालगन्जका अध्यक्ष सन्दिप जङ्ग शाहलाई ‘तिमीहरु नै होइन, हाम्रो वडा अध्यक्ष सुमन मल्ल बिरुद्द आन्दोलन गर्ने’ भन्दै आक्रमण भएको हो। आक्रमणमा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाय र घमण्ड खड्कालाई बिनोद खड्का...
वसन्त शर्मा।काठमाडौं ।कम्युनिष्ट मेनुफेष्ट्रो मार्फत नेकपाले संविधानको ‘मेलोफाइड’ प्रयोग गरिरहेको छ । संवैधानिक निकाय अाँफु अनुकुल सञ्चालन गर्ने प्रपञ्च गरेकाले लोकतान्त्र माथि प्रहार भएको काँग्रेस नेता कृष्ण सिटौलालेे बताएका छन् । उनले थपे -‘ संसदमा सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने ब्यवस्थालाई नेकपाले लत्याउँदै संविधान माथि नै प्रहार गरिएको उदाहरण दिंदै नेकपाका कै कारण लोकतन्त्र कम्जोर हुने अवस्था अाएको छ । नेकपाले अात्म समिक्षा गरोस भन्दै नेता सिटौलाले भने-‘संविधान भित्र...
काठमाडौं । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्। प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको मान्छन्। यही मान र तानातानले कार्य सम्पादन जटिल बन्दै गएको छ। कतिपय...
काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ ।संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही...
काठमाडौं ।नेकपाबाट यातायात मन्त्री रघुबिर महासेठ र प्रभु शाहलाई पार्टी बाट निकाल्न १६ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्।विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गर्नेलाई कारबाही गर्न माग गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका १६ केन्द्रीय सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन्।विधि र अनुशासनअनुसार पार्टीलाई अगाडि बढाउन माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह, इन्चार्ज सत्यनारायण मण्डललगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू...
नेपालगञ्ज । खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आज पनि नेपालगञ्जमा तरुण दलले २ घन्टा चक्काजाम सहित विरोध प्रदर्शन गरेको छ । तरुण दल बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली बिपि चोक हुँदै धम्बोझी पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै तरुण युवा तथा कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका थिए । कोणसभामा बोल्ने...
सितापुर/ बाँके । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ अन्तर्गत खजुरा गाउँपालिकाको सितापुर गाउँ इकाइ कार्य समितीले सितापुर घटनाका दोषीलाई अबिलम्ब कारबाहीको माग गर्दै बिज्ञप्त्ति जारी गरेको छ। गत बिहिवार बाँके सभापति किरण कोइरालासहित अन्य कार्यकर्तालाई आक्रमण गर्नेलाई पक्राउ गर्नु पर्ने भन्दै सितापुर कांग्रेस गाउँकार्य समितीले बिज्ञप्त्ति जारी गरेको हो। खजुरा वडा नम्बर २ गाउँ इकाइ सम्योजक राम बहादुर महतराद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा प्रहरीमा निबेदन दर्ता भएका बिरुद्ध पक्राउ गरि कारबाही...
काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...
नेपालगन्ज । नेपाली तरुण दल बाँकेले मंगलबार नेपालगन्जमा बिरोध प्रदर्शन गर्ने भएको छ। खजुराको सितापुर घटनाका दोषीलाई पक्राउ नगरेको भन्दै भोलि तरुण दल बाँके बिरोध प्रदर्शन गर्ने भएको जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताउनुभयो। पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जनजागरण कार्यक्रम स्थलमै नेकपाका अरिङगालहरुले पार्टी सभापति किरण कोइरालासहित अन्य कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएका छन्, त्यो गलत कार्य हो। आक्रमणकारीलाई अझै प्रहरीले पक्राउ गर्न अनाकानी गरेको छ, जब सम्म अरिङगालहरुलाई पक्राउ...