४ नम्बर प्रदेशको नाम गण्डकी घोषणा
प्रकाशित मिति : २०७५, २२ असार शुक्रबार १७:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, असार २२ । ४ नम्बर प्रदेशको नाम गण्डकी घोषणा गरिएको छ । प्रदेशसभाको बैठकले यो घोषणा गरेको हो । यस प्रदेशमा रहेका ५९ जना सांसदमध्ये ५४ जना गण्डकी नामको पक्षमा रहे । संसदमा प्रतिनिधित्व गर्ने नयाँशक्ति बाहेक सबै दलका सांसदहरुले गण्डकी नामको पक्षमा मतदान गरे भने नयाँ शक्तिका हरिशरण आचार्य र धनमाया लामाले विपक्षमा मतदान गरेका छन् ।
Advertisement
नयाँ शक्तिले यस प्रदेशको नाम तमुवान–मगरात वा गण्डकी–तमुवान राख्नुपर्ने माग गर्दै आएको छ । त्यसैगरी जनमोर्चाका सांसद टेकबहादुर घर्ती संसदमा अनुपस्थित रहनुभयो भने नेकपाका सांसद तथा सभामुख नेत्रनाथ अधिकारी पनि अनुपस्थित रहनुभयो । प्रदेश सभामुख अधिकारी केही समय अघिदेखि विरामी भई उपचाररत हुनुहुन्छ ।
यस प्रदेशमा कूल ६० जना प्रदेश सांसद रहेका भएपनि स्वतन्त्रबाट निर्वाचित मनाङका दीपक मनाङ्गे संसदमा हुनुहुन्न । यस प्रदेशको राजधानी पोखरा रहने यसअघि नै निर्णय भैसकेको छ । प्रदेशको राजधानी नामांकन बारेको समितिले बुझाएको प्रतिवेदनमा यस प्रदेशको नाम गण्डकी, तमुवान–मगराँत, गोरखा र धौलागिरि राख्न सकिने प्रतिवेदन पेश गरेको थियो । यस प्रतिवेदन असार १० गते संसदमा टेवुल भएको थियो ।