प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं । दुई जना अभियुक्त प्रहरीले लगाएको हतकडी खोलेर फरार भएका छन्।फरार मध्ये एक जनालाई थानकोटबाट प्रहरीले पक्राउ गरिसकेको छ भने अर्का फरार छन्। उनिहरुलाई नुवाकोटबाट काठमाडौं ल्याइदै थियो। रामेछापको लिखु तामाकोसी १ का रविन नेपाली र भीमबहादुर सुनुवार मंगलबार थानकोट क्षेत्रबाट फरार भएका हुन्। नेपालीलाई प्रहरीले केही समयमै पक्राउ गरे पनि सुनुवार फरार नै छन्। प्रहरी हवल्दारको नेतृत्वमा तीन जना प्रहरीको निगरानीमा सार्वजनिक बसमा ल्याइएका उनीहरू हतकडी खोलेर भागेपछि मात्रै...
हेटौंडा । बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले एक जनालाई २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।राक्सिराङ गाउँपालिका १ कुविनटारका ४२ वर्षीय विक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।गत शुक्रबार ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।घटनाबारे प्रहरीले अनुसन्धान थालेको मकवानपुर प्रहरीले जनाएको छ। ...
चितवन । रबि लामिछानेसहित तिनै जना अदालतको आदेशमा रिहा भएका छन् ।चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश जान नपाउने गरी ५ लाख धरौटी तोकेको छ।अभियुक्त युवराज कँडेलसँग पनि यही शर्तसहित ३ लाख धरौटी मागेको छ। सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की ‘रूकु’लाई सामान्य...
काठमाडौं । अबदेखि ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा भएको छ ।सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पर्यटनमन्त्री योगेश भट्टराईले यो घोषणा गरेका हुन् ।उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । उनी आएदेखि यो अति नै उत्तम कार्य रहेको छ। ...
चितवन ।पत्रकार शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ।जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बयान लिइएको थियो । आइतबार नै अर्की अभियुक्त अस्मिता कार्की‘रुकु’ बयान लिइएको थियो । बयान सकिएसँगै अब थुन छेकको लागि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । थुनछेकको बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन...
काठमाडौं ।नेपालको मन्त्रिपरिषद बैठकको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद बैठक बसेको छ। प्ररधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई आज भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर मन्त्रिपरिषद् बैठक बसेको हो ।सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था भर्खरै गरिएको थियो । ...
चितवन । रवि लामिछानेका समर्थकले प्रदर्शनमा सोमबार चितवनमा दुई वटा ट्रकमा तोडफोड गरेका छन् ।तोडफोड हुने ना ६ ख ४२ नम्बरको ट्रक काठमाडौंबाट हेटौंडा जादै गरेको थियो । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो । दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको बताइएको छ । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले...
काठमाडौं ।विभिन्न मन्त्रालयका ७६ जना सहसचिवलाई प्रदेशमा खटाइएको छ।प्रशासन सेवाका ५०, वन सेवाका १०, इञ्जिनियरिङ सेवाका नौ र कृषि सेवाका सात जना सहसचिवलाई प्रदेश खटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। निवृत्तिभरणका लागि छ महिना मात्रै बाँकी रहेको र बढुवाको प्रक्रियामा रहेका सहसचिवलाई भने प्रदेशमा खटाइएको छैन। मन्त्रालयका अनुसार सहसचिवहरूलाई प्रदेशमा खटाएको हो।अधिकांश केन्द्र सरकार मातहत मन्त्रालयमा कार्यरत सहसचिवलाई प्रदेश मन्त्रालयहरूमा पठाइएको छ। संघीयतापछि एकैपटक यति ठूलो संख्यामा सहसचिव पहिलोपटक...
चितवन । संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको आज चितवन जिल्ला अदालतमा बयान लिइँदैछ ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो ।प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ । आइतबार अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो । आज...
चितवन । चितवन जिल्ला प्रहरी कार्यालय चितवनको भरतपुर महानगरपालिकाका आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न जिल्ला प्रशासन चितवनले निषेध जारी गरेको छ ।कार्यालयले आइतबार राति आदेश जारी गर्दै आज सोमबार बिहान ६ बजेदेखि उक्त नियम लागू हुने जनाएको हो। प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतद्वारा जारी आदेशमा ‘पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनसम्बन्धी अनुसन्धान, अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको...