प्रदेश ३मा रहेका समाचारहरु

नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयकको संशोधन दर्ता गरायो

काठमाडौं । नेपाली कांग्रेसले  मिडिया काउन्सिल विधेयकको संशोधन दर्ता गराएको छ। कांग्रेसले राष्ट्रिय सभामा सरकारले पेश गरेको नेपाल मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएको हो।राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे र सांसद राधेश्याम अधिकारीले विभिन्न २९ बुँदामा संशोधन गर्न माग गर्दै संशोधनको सूचना दर्ता गराएका हुन्।सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश गरेका थिए। विधेयकलाई लिएर नेपाल पत्रकार महासंघलगायतले विरोध गर्दै संशोधन...

तत्कालका लागि सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको झिक्न पाईने

काठमाडौं।  तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने  भएको छ। चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो। नबिल बैंकको एटिएम...

कतार एयरवेजको जहाज काठमाडौंमा चरासँग ठोक्किँयो, जहाज ग्राउण्डेड

काठमाडौं ।  कतारबाट काठमाडौं उडेेेको  कतार एयरवेजको जहाज अवतरण गर्ने क्रममा चरासँग ठोक्किँएको छ। आज बिहान ९ बजे कतारबाट उडेको कतार एयरवेजको जहाज काठमाडौं त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किन पुगेको थियो। चरासँग ठोक्किएपछि जहाज ग्राउण्डेड गरिएको कतार एयरवेजले जनाएको छ।जहाजको दायाँ इन्जिनमा चराको पखेटा भेटिएको कतार एयरवेजका कर्मचारी अर्पन दुवाडीले बताए।‘प्लेनमा पखेटा देखिएको छ। त्यसैले अहिलेलाई ग्राउण्डेड गरिएको हो, अब इन्जिनियरको पर्खाइमा छौं’,उनले भने, ‘बेलुकीसम्म बन्ने सम्भावना...

पशुपतिमा तीजमा चार हजार सुरक्षाकर्मी परिचालन हुँदै

काठमाडौं ।पशुपतिमा सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षालाई ध्यान दिँदै पशुपति क्षेत्रमा सादा पोशाकका प्रहरी खटाइसकिएको जनाएको छ। मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिने छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आग्रह गरेको छ। पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था...

देशका अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं ।अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ’। एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।काठमाडौं...

महानगरीय प्रहरी बृत बौद्धको नेतृत्व सम्हाल्न पुगे डीएसपी सिंह

काठमाडौं ।महानगरीय प्रहरी बृत बौद्धको नेतृत्व सम्हाल्न पुगेका छन्  अपराधलाई जरै देखि उन्मुलन गर्ने अभियानमा लागेका डिएसपी रमेश बहादुर सिंह । प्रहरी प्रधान कार्यालयले शुक्रबार राती बौद्धका डीएसपी नरेन्द्र चन्दलाई महानगरीय प्रहरी प्रहरी कार्यालय रानीपोखरी सरुवा गर्दै डीएसपी रमेशबहादुर सिंहलाई बौद्ध बृत प्रमुखको जिम्मेवारी दिएको हो। डीएसपी सिंह बाँकेको इलाका प्रहरी कार्यालयमा आफ्नो एक बर्षको कार्यकाल पूरा गरि  कोहलपुरबाट  महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका थिए। प्रहरीमा निडर तथा व्यावसायिक...

सेनाले गरेका अपराधजन्य कार्यको प्रहरीले कारबाही गर्न पाउने

काठमाडौं । अबदेखि ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन। अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउने छ। मुद्दाको अभियोजन पनि अन्य नागरिक सरह सामान्य अदालतमा सरकारी वकिलले गर्नेछन्। सर्वोच्च अदालतको पूर्ण इजलासले स्पष्ट नजिर कायम गर्ने गरी बिहीबार यस्तो फैसला गरेको छ। फैसलापछि नागरिक प्रकृतिका सैन्य कसुर सैनिक अदालतको क्षेत्राधिकारबाहिर हुनेछन्। फैसलासँगै सैनिक ऐनले स्पष्ट किटानी गरेबाहेकका सबैखाले अपराधजन्य...

सच्चिँदै मिडिया काउन्सिल विधेयक

काठमाडौं । नेपाल मिडिया काउन्सिल विधेयक  राष्ट्रियसभामा पेस भएको छ। सरकारले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विधेयक अघि बढेको हो। प्रेसलाई संकुचन गर्ने गरी विधेयक ल्याइएको भन्दै सरोकारवालाले विरोध जनाएका थिए। विरोधकै कारण विधेयक झन्डै चार महिना संसद्मा अड्किएको थियो। सत्तासीन नेकपा संसदीय दलले महासंघसँग विधेयक परिमार्जन गर्ने सहमति जनाएको थियो। तर, प्रमुख विपक्षी कांग्रेसले असहमति कायमै राखेका कारण बिहीबार मात्र विधेयकले संसद्को प्रक्रियामा प्रवेश...

बाँके सिडीओमा कुमार बहादुर खड्का, मदन भुजेलको मोरङ सरुवा

काठमाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले बाँके,काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी( सिडीओ)  मदन भुजेलको मोरङमा सरुवा भएको छ  भने बाँकेमा  कुमार बहादुर खड्काको सरुवा भएको छ। खड्कालाई अध्यागमन कार्यालयबाट बाँके सरुवा गरिएको हो।गृहका महादेव पन्थको रुपन्देही सरुवा भएको छ। मोरङका रमेश केसीको कास्कीमा सरुवा भएको छ। दीर्घनरायण पौडेललाई...

आत्महत्या दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखियो

काठमाडौं । कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ। सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो। एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन। कार्यविधि वा नियमावली नबन्दा र अदालतले समेत त्यसबारे व्याख्या नगर्दा दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखिएको...