प्रदेश ३मा रहेका समाचारहरु

नायब सुब्बाको सुसाइड नोट-“२०० बर्ष बाँच्नुस् अख्तियार प्रमुखज्यू”

काठमाडौं ।  एक जना नायब सुब्बाले आत्महत्या गर्दै दुई पृष्ठ लामो सुसाइड लेख्दै अख्तियार प्रमुखलाई २०० बर्ष बाच्न भनेका छन् ।भ्रष्टाचारी मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन्। आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका ९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन्। सोही नगरपालिका १० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक...

एकै पटक चारवटा बस ठोक्किएपछि….

काठमाडौं । एकै पटक चारवटा बस ठोकिँएपछि १६ जना यात्रुहरु घाइते भएका छन् ।भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्। काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको...

बालुवा झिकेको खाल्डोमा परि दुईजनाको मृत्यु, तीन डोजरमा आगजनी

गजुरी।  बालुवा तस्करले बालुवा चोर्दा बनाएका खाल्डोमा परि दुईजना युवकको मृत्यु भएको छ। युवकहरुको मृत्यु पश्चात्  स्थानियहरुले डोजरमा आगजनी गरेका छन्। धादिङको दरिङगाल खोलामा बालुवा झिक्न खनेको खाल्डोमा परेर गजुरी गाउँपालिका  ६ ठूलीफाँटमा दुई जनाको मृत्यु भएको छ। खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका  ७ का १९ वर्षका भीम तामाङ र २१ वर्षे सुमन तामाङको शनिबार खाल्डोमा रहेको पानीमा डुब्दा मृत्यु भएको हो। बालुवा तस्करले खोलामा डोजर लगाएर खाल्डो...

सिंहदरबार प्रहरी बृत्तबाट चारजना कैदी बन्दी फरार, दुईजना पक्राउ

काठमाडौं ।सिंहदरबार प्रहरी बृत्तबाट चारजना कैदी बन्दी प्रहरी हिरासतबाट भागेका छन्। शनिबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ थुनुवा भागेका हुन्। चोरीको मुद्दामा पक्राउ परेका थुनुवाहरू काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होबिन्द्र बोगटीले बताएका हुन्। उनीहरू ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर भागेका हुन्। यसरी भागेका ४ थुनुवामध्ये २ लाई प्रहरीले पक्राउ गरिसकेको छ।मोटरसाइकल चोरीमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको डिएसपी बोगटीले बताए । ...

ढुंगा गिट्टी संकलन प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई

नेपालगन्ज ।सरकारले ढुंगा गिट्टी उत्खनन् तथा संकलनसम्बन्धी प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई प्रत्यायोजन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १९ को मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयमा रहेको अधिकार समन्वय समितिलाई प्रत्यायोजन गरेको हो। मन्त्रालयले ढुंगा–गिट्टी उत्खनन् तथा संकलन गरिने स्थानीय सरकारको प्रस्तावमा वातावरण ऐन र नियमावलीले तोकेका प्रक्रिया र सर्त पूरा गरेर वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरी अनुमति दिने बाटो खोल्ने अधिकार समितिलाई दिएको हो। मन्त्रालयको...

३१ लाख लाग्ने एमबीबीएसमा ८० लाख सम्म असुल्छन् मेडिकल कलेज

काठमाडौं । मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ । मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत...

त्रिशूलीमा बस खस्दा तिनको मृत्यु, १६ जनाको उद्धार, २६ जना बेपत्ता

धादिङ।धादिङको बेनिघाट रोराङको सलाङघाटमा शुक्रबार बिहान त्रिशूली नदीमा खसेको बसबाट १६ जनाको जीवित उद्धार गरिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार बस बिहान ३ बजेतिर धादिङको बेनिघाट रोराङको सलाङघाटमा त्रिशूली नदीमा खस्दा तीनजनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ। सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको ना६ख ७४६९ सृष्टि डिलक्स बसमा मलङ्गवाबाट...

माफी मागेर तत्काल नेकपाले सरकारी जग्गाबाट कार्यालय हटाउनु पर्छ:नेपाली कांग्रेस

काठमाडौं ।नेपाली कांग्रेसले  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारी जग्गामा रहेको धुम्बाराहीस्थित पार्टी कार्यालय तत्काल छाड्न आग्रह गरेको छ।पासाङ ल्हामु प्रतिष्ठानलाई भोगचलनको अधिकार दिइएको सरकारी जग्गामा बसेको भवनमा नेकपाको कार्यालय छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गामा नेकपाको कार्यालय रहेको खबरले आफू दुःखी र अचम्मित भएको बताए ।उनले भनेका छन्, ‘हामी आश गर्छौं यस्तो गल्ती गल्तीप्रति माफी माग्दै  नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप...

बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

चितवन ।बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ।पृथ्वीराजमार्ग अन्तरगत धादिङको धुनीवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ।  मध्यराति काठमाडौंबाट चितवन जाँदै गरेको लु १ ख ४९६६ नम्बरको ट्रकले ठक्कर दिँदा पश्चिम चम्पारन बस्ने अन्दाजी ४० वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो। ट्रकको ठक्करबाट घाइते भएका दासको टाउकोमा गम्भीर चोट लागेपछि धार्केस्थित शिवदर्शन अस्पतालमा सामान्य उपचार गरेर काठमाण्डौस्थित नेशनल अस्पताल पुर्‍याएपछि मृत्यु भएको जिल्ला प्रहरी...

मानव ओसारपसारमा सहयोग गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत पक्राउ

काठमाडौं ।अध्यागमन विभागका अधिकृत मानव ओसारपसारमा सम्लग्न भएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका अधिकृत कमलप्रसाद पराजुली हुन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई  विमानस्थलबाटै पक्राउ गरेको हो। कतार, दुबई तथा अन्य मुलुकमा ट्रान्जिट भएर भिजिट भिसामा जाने व्यक्तिहरूलाई प्रस्थान अनुमति दिएको अभिलेख समेत नरहने गरी स्ट्याम्प लगाइदिने गरेको अख्तियारले जनाएको छ। भिजिट भिसामा दुबई कतारलगायत खाडी मुलुकमा जान प्रतिबन्ध लगाइएको छ। सो प्रतिबन्धको बर्खिलाप गरी अध्यागमनबाटै...