प्रदेश ५मा रहेका समाचारहरु
नेपालगञ्ज । नेपालगञ्ज सुर्खेतरोडस्थित इन्दे्रणी फिजीयोकेयर एण्ड ल्याब्रोटरी सेन्टरले विशेष सेवासहितका सुविधा प्रदान गर्ने भएको छ । एउटै छानामुनी विशेषज्ञ चिकीत्सकद्धारा उचित स्वास्थ्य परामर्श तथा परिक्षण र ल्याव परिक्षण लगायतका सेवा दिइने भएको छ । सेवा प्रारम्भ गरेको अवसरमा असोज ५ गते सम्म सबैका लागि निशुल्क सुगर जाँच तथा ब्लड गु्रप जाँच गरिने छ । जेष्ठ नागरिक, विद्यार्थी र पत्रकारहरुका लागि दशैंसम्म सुगर जाँच तथा ब्लड गु्रप जाँचमा ५०...
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिने गरी खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आज पनि नेपालगञ्जमा विरोध प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघ बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली जिल्ला प्रशासन कार्यालय गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै प्रशासन पुगेका कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका...
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका विश्व बैंकको कार्यक्रमका लागि छनौंटमा परेको छ । विश्व बैङकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उप–महानगरपालिकालाई छनौट गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो ।पाईलट परियोजना अन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले नेपालगञ्ज उप–महानगरपालिकामा सोमबारदेखि अध्ययन सुरु गरेको छ । विश्व बैंकको टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. राणा, उपमेयर उमा...
नेपालगन्ज । नेपाल विद्यार्थी संघ बाँकेले आज बिशाल जुलुशसहित प्रदर्शन गर्ने भएको छ। नेबिसंघ बाँकेको आयोजनामा सितापुर घटनाको बिरोधमा आज नेपालगन्जमा बिरोध जुलुश निकाल्न लागेको हो। गत बिहिवार नेपाली कांग्रेसको दोस्रो जनजागरण कार्यक्रम नेकपाका कार्यकर्ताले बाँके काँग्रेस पार्टी सभापति किरण कोइरालासहित अन्य कार्यकर्ताहरुलाई आक्रमण गरेको बिरोधमा नेबिसंघ बाँकेले आज आन्दोलन गर्न लागेको अध्यक्ष पुर्ण प्रसाद आचार्यले बताए। आक्रमणकारी पक्राउ नपरेे सम्म नेपाली कांग्रेसले बिरोध आन्दोलनको घोषणा गरिसकेको छ। अध्यक्षआचार्यका...
प्यूठान। गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी निर्दोष सबित भएका छन् । उनलाई बहुविवाह गरेको भन्दै प्रहरीमा परेको उजुरीमा कुनै कार्वाही नहुने भएको छ ।आईतबार जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले मुद्धाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो । जिल्ला अदालत समक्ष मुद्धा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए ।उच्च सरकारी वकिलको कार्यालयले निर्णय सदर नगरेसम्म सम्पर्कमै...
नेपालगञ्ज। नेपालगञ्जस्थित बाल क्लव आदर्श माविका विद्यार्थीले जनचेतनामुलकसँगै सरसफाई कार्यक्रम गरेका छन् । ‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ भन्ने नारासहितको राष्ट्रिय बाल अधिकार दिवसका सन्दर्भमा आदर्श मावि कक्षा ८ का विद्यार्थीहरुले डेंगु विरुद्ध प्रर्चा बाँडेर सचेतना फैलाएका छन् भने सरसफाई समेत गरेका छन् । आज दिउसो विद्यार्थीको समूहले हातमा झाडु बोकेर मुखमा मास्क लगाएर सडक, टोल सफाई गरे भने केहीले डेंगु विरुद्धको पर्चा बाँडनुका साथै सो रोगबाट बच्न...
नेपालगन्ज । असोजबाट नेपालगन्ज रंगशालामा आमनागरिकबाट लिइने शुल्कप्रति नागरिक सामाज अगुवाहरुले विरोध जनाएका छन। स्वास्थ्यलाई मध्यनजर गर्दै रंगशालामा विहान बेलुका शारिरीक अभ्यासका लागि जाने बालबालिका, युवा, महिला, जेष्ठ नागरिक, लगायतबाट प्रबेश शुल्क लिने निर्णय भएपछि त्यसको विरोध जनाइएको हो । नेपालकै कानूनमा शिक्षा, स्वास्थ्य निशुल्कको व्यवस्था रहेको र स्वास्थ्यका लागि खेलकुदमा गैरकानूनी शुल्क लिने निर्णयको विरोध गर्दै शुल्क मिनाहा गर्नुपर्ने स्थानीयको माग छ । यसैविच शुल्क खारेजी लगायतका सवालमा खेलकुद...
नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र यातायात ब्यवस्था कार्यालय बाँकेको संयुक्त टोलीले आज नेपालगन्जको खजुरा रोडमा सवारी साधनहरुको चेकिङ गरेको छ। संयुक्त टोलीले ईजाजत बिना संचालन भएका यात्रु बहाक सवारी साधन हरुलाई चेक जाँच गरेको छ । टोलीले बिना ईजाजत संचालन भएका १५ वटा सवारी साधन फेला परेको हो। बिना इजाजत चलेका सवारी साधनलाई यातायात ब्यवस्था कार्यालय बाँकेले जरीवाना गरी छोडेको छ। ...
नरैनापुर(बाँके)।बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । वडा नम्बर ६ गंगापुरस्थित जय किसान माविमा बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । बाल दिवसका अवसरमा विद्यालय प्रांगणमा १५ सय विरुवा रोप्ने कार्यको आज (आइतबार) शुभारम्भ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र कुमार यादवले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रमको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शुभारम्भ गर्नुभयो । त्यस्तै बाल दिवसका अवसरमा विद्यालयमा आयोजित अतिरिक्त क्रियाकलापमा विभिन्न...
नेपालगन्ज । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले बाँके सभापति किरण कोइरालासहित अन्य कार्यकर्तालाई आक्रमण गर्नेलाई पक्राउ गर्नु पर्ने भन्दै बिज्ञप्ति जारी गरेको छ।क्षेत्रीय सभापति रमेश गुप्ताद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा प्रहरीमा निबेदन दर्ता भएका बिरुद्ध पक्राउ गरि कारबाही नगरिए आन्दोलनले ठुलो रुप लिने चेतावनी दिएको छ। बाँके क्षेत्र नम्बर ३ ख को खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा जनजागरण कार्यक्रम चलिरहेकै बेला बिहीबार दिउँसो नेकपाका कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेपछि...