प्रदेश ५मा रहेका समाचारहरु

फेसबुक ह्याकरले जब नेपालगन्जका पत्रकार गजेन्द्र गुरुङको मेसेन्जरबाट पैसा मागे…

नेपालगन्ज ।मंगलबार बेलुका नेपालगन्ज ग्यालरीका संचालक तथा संचारकर्मी समिरमान श्रेष्ठलाई आर्थिक सहयोगको आग्रह सहितको म्यासेज आयो । नेपालगन्जकै अर्का पत्रकार गजेन्द्र गुरुङको म्यासेन्जरबाट आएको अनुरोधलाई श्रेष्ठले सहज रुपमा लिए । रातीको समयमा अप्ठेरो परेको हुनसक्ने महशुस गर्दै श्रेष्ठले म्यासेजलाई आधार मानेर ई सेवाबाट रु २५ सय पठाईदिए । गुरुङ्गकै फेसबुकबाट अर्का पत्रकार कमल डाँगीलाई पनि सन्देश आयो । कमलसँग फोन नम्बर मागियो र सोही फोनको प्रयोग गरि कमलराजको नामबाट ईसेवाको...

खजुरा घटनाका दोषीलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता, संसद अबरोध हट्यो

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । यससँगै प्रमुख विपक्षी नेपाली कांग्रेसको संसद अवरोध हटेको छ ।संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै उनले भने, ‘घटनाको सही...

अविरल बर्षाले नेपालगन्जका धेरै जसो स्थान डुवानमा

नेपालगन्ज। नेपालगन्जमा परेको अविरल बर्षाले उपमहानगरपालिकाका धेरै जसो स्थानहरु डुवानमा परेका छन् ।आज बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो। पानीको सहज निकास नहुँदा घरबारीटोलका केही पसलहरु डुबेका छन्। घरबारीटोलकी स्थानीय सन्ध्या शर्माले अविरल वर्षाले ९ वटा पसल र २ वटा घर डुबेको जानकारी दिईन्। सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको उनले बताईन्। ‘अस्ति...

बर्दियामा प्रहरी निरीक्षक ओलीले बरामद गरे २६५ बोरा अबैध केराउ

बर्दिया । बर्दियामा बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ वरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिई गएको प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ कण्ठपुर चोक मुनाल बस्ती स्थित सडक बाटो छेउमा भन्सार छली, चोरी निकासी गरी नेपालबाट भारत तर्फ लैजानको लागि बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ २६५ बोरा फेला पारेको हो । बरामद गरीएको केराउ आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय...

खजुरा घटनाको बिरोधमा तरुण दल बाँकेले दुई घन्टा चक्काजामसहित नेपालगन्जमा गर्यो बिरोध प्रदर्शन

नेपालगञ्ज । खजुराको सीतापुरमा भएको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै आज पनि नेपालगञ्जमा तरुण दलले २ घन्टा चक्काजाम सहित  विरोध प्रदर्शन गरेको छ ।  तरुण दल बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको दबाब ¥याली बिपि चोक हुँदै  धम्बोझी  पुगेर कोणसभामा परिणत भएको थियो । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै  तरुण युवा तथा कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका थिए । कोणसभामा बोल्ने...

तुलसीपुरका डिएसपी योगीले आश्चर्य मान्दै जब जिब्रो टोके…

नारायण खड्का/ तुलसीपुर ।तुलसीपुरको विरेन्द्रचोकमा एउटा ट्रयाक्टर आफ्नै गतिमा कुदिरहेको थियो । तर त्यसमा चालक देखिदैन थिए ।देखेर डिउटीमा रहेका प्रहरी जवान अलमलमा परे । उनले दौडिएर गएर ट्रयाक्टर रोके। एकजना किशोरस्टेरिङबाट उठ्दै प्रहरीलाई हेरे र सोधे, ‘के भो सर?’ त्यसो भए गाडी रोक’, ती प्रहरीले भने। किशोरआफूले चलाइरहेको रा १ त ८४२ नम्वरको ट्रयाक्टरबाट ओर्लिए । यसरी ट्याक्टरबाट उत्रेका ती किशोरको उमेर जम्मा १३ बर्ष मात्रै रहेछ । उनको नाम...

खजुरा घटनाको बिरोधमा सितापुर कांग्रेस गाउँ इकाइ समितीले निकाल्यो बिज्ञप्त्ति

सितापुर/ बाँके । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ अन्तर्गत खजुरा गाउँपालिकाको सितापुर गाउँ इकाइ कार्य समितीले  सितापुर घटनाका दोषीलाई अबिलम्ब कारबाहीको माग गर्दै बिज्ञप्त्ति जारी गरेको छ। गत बिहिवार बाँके सभापति किरण कोइरालासहित अन्य कार्यकर्तालाई आक्रमण गर्नेलाई पक्राउ गर्नु पर्ने भन्दै सितापुर कांग्रेस गाउँकार्य समितीले बिज्ञप्त्ति जारी गरेको हो। खजुरा वडा नम्बर २ गाउँ इकाइ   सम्योजक  राम बहादुर महतराद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा प्रहरीमा निबेदन दर्ता भएका बिरुद्ध पक्राउ गरि कारबाही...

नेपालगन्जको वडा नं ४ का विभिन्न पसलहरु अनुगमन

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा रहेका विभिन्न पसलहरु अनुगमन गरिएको छ। वडा अध्यक्ष मो. सफिक बेहनाको नेतृत्वमा  घरेेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुर्ण बहादुर वलीसहित कार्यपालिका सदस्य इन्दिरा शाही, महिला सदस्य मेनका जोशी लगायतको टोलीले वडाका विभिन्न पसलहरुमा अनुगमन गरेको हो। अनुगमनका क्रममा ४ वटा  किराना पसलहरुबाट म्याद गुज्रिएका चाउचाउ लगयातका सामानहरु बरामद गरि नस्ट गरिएको थियो। अनुगमन टोलीले मेडिकल पसलहरुमा समेत अनुगमन गरेको थियो।अनुगमनका क्रममा...

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

खजुरा घटनाको बिरोधमा तरुण दल बाँकेले भोली प्रदर्शन गर्दै

नेपालगन्ज । नेपाली तरुण दल बाँकेले मंगलबार नेपालगन्जमा बिरोध प्रदर्शन गर्ने भएको छ। खजुराको सितापुर घटनाका दोषीलाई पक्राउ नगरेको भन्दै भोलि तरुण दल बाँके बिरोध  प्रदर्शन गर्ने भएको जिल्ला अध्यक्ष बिरेन्द्र बहादुर शाहले बताउनुभयो। पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत जनजागरण कार्यक्रम स्थलमै नेकपाका अरिङगालहरुले पार्टी सभापति किरण कोइरालासहित अन्य कार्यकर्ताहरुलाई आक्रमण गरि घाइते बनाएका छन्, त्यो गलत कार्य हो। आक्रमणकारीलाई अझै प्रहरीले पक्राउ गर्न अनाकानी गरेको छ, जब सम्म अरिङगालहरुलाई पक्राउ...