प्रदेश ५मा रहेका समाचारहरु

कार्यबहाक नगर प्रमुख थापा मगर र युनिसेफ टोलीको भेटघाट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहनुभएका उपप्रमुख उमा थापा मगरसँग शुक्रबार युनिसेफको उच्चस्तरीय टोलीले भेटघाट गरेको छ ।युनिसेफको राष्ट्रिय समिति स्वीटजरल्याण्डका प्रमुख हाङ्स कुञ्जल नेतृत्वको टोलीले उपमहानगरपालिकाको कार्यालयमा उपप्रमुख मगरसँग भेटघाट गरि विभिन्न विषयमा छलफल गरेको हो । सो अवसरमा उपप्रमुख थापाले युनिसेफको सहकार्यमा नेपालगञ्जमा बालश्रम विरुद्धको कार्यक्रम संचालन भईरहेको भन्दै आगामी दिनमा समेत थप सहकार्य गरेर अढि बढ्न सकेमा सफलता प्राप्त हुने बताउनुभयो । युनिसेफको टोलीले...

ईलाका प्रहरी कोहलपुरद्वारा अबैध २० कुईन्टल युरिया मल बरामद

कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले बेवारिसे अवस्थामा रहेको अबैध रासायनिक युरिया मल बरामद गरेको छ।  नेपालगन्ज देखि सुर्खेत लादै गरेको बीस कुईन्टल अबैैैध रासायनिक युरिया मल बरामद गरेेेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेम बहादुर शाहीले बताएका छन् । उनका अनुसार बिहिवार आकस्मिक चेक जांचका क्रममा भन्सार छली अबैैैध पैठारी गरिएको बेवारिसे अबस्थामा रहेेेको उक्त अबैध मल  कोहलपुर ११ बाट बरामद गरेको हो। बरामद गरिएको अबैध युरिया मललाई आबश्यक...

गाई प्रकरण :कहिले काहीं राम्रो काम गर्दा नराम्रो हुन जान्छ: उपमहासचिव – रोकाया

नेपालगन्ज । नेपालगन्ज उधोग बाणिज्य संघकि उपमहासचिवले गाई ब्यबस्थापन सम्बन्धमा सामाजिक सन्जाल मार्फत आफ्नो धारणा प्रकट गरेकी छिन् । उपमहासचिब तारा रोकाया खत्रीले  केही दिन अघि नेपालगन्जको  कान्जी घरबाट गाईहरुलाई  दैलेख पुर्याउने क्रममा सुर्खेतको कटकुवामा केही गाईहरु अन्जान बस मरेको हुँदा यो विषयलाई ठुलो बहस गर्न उपयुक्त नभएको बताएकी छिन् ।उप महसचिब रोकायाले दैलेख पुर्याउन लागिएका गाईहरुलाई नियत बस कसैले मारेको होइन्  तर जानी जानी  गल्ती गरेको भए सजाय...

नेपालगञ्जलाई महानगर निर्माणका लागि डिपिआर बनाइने

नेपालगगञ्ज। नेपालगञ्जलाई महानगरपालिका निर्माणका लागि डिपिआएर तयार गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले महानगरपालिकाका लागि आवधिक योजना निर्माण गर्ने निर्णय गरेको हो । उपमहानगरपालिका नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले महानगरपालिका निर्माणका लागि आवश्यक पर्ने पूर्वाधार सहित श्रोतको खोजी गरि आवधिक योजना आगामी नगरसभामा पेश गरिनेछ ।नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका सबै घरपालुवा पशु चौपायको ट्याडिङ गर्नका लागि घरधुरी सर्वेक्षण गर्ने...

बागेश्वरी मन्दिरको जग्गा हिनामिनाबारे आयोगले स्थलगत अध्यनसगै थाल्यो छानबिन

नेपालगन्ज।बागेश्वरी मन्दिरको जग्गा हिनामिनाबारे केन्द्रीय स्तरबाट पनि छानबिन थालिएको छ। सरकारले गठन गरेको सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले छानबिन थालेको हो । मन्दिरको ८४ बिघा जग्गा व्यक्तिको नाममा रहेको तथ्य केही दिनअघि नागरिक दैनिकले सार्वजनिक गरेको थियो । मालपोत कार्यालय बाँकेको २०५७ सालतिरको रेकर्ड अनुसार जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको उक्त जग्गा तीन सयजना व्यक्तिका नाममा पुगेको देखिन्छ । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले छानबिन प्रक्रिया...

तुलसीपुर उपमहानगरपालिकाको जग्गामा व्यक्ति बिशेषको रजाँई चल्दै

तुलसीपुर ( दाङ )। तुलसीपुर उपमहानगरपालिकाको जग्गामा व्यक्ति बिशेषको रजाँई चल्दै आएको छ । तरपनि उपमहानगरपालिका भने रमिते मात्रै बनिरहेको छ । उपमहानगरपालिकाको जग्गामा व्यक्ति विशेषले भव्य संरचना निर्माण गरेका छन् । होटेल तथा लजहरु बर्षौंदेखि संचालन गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिकामा कार्यरत अमिन विक्रम गौतमले साविक तुलसीपुर नगरापलिकाको ५ ख ५४४ कित्ता नम्वर मध्यको १ विगाहा, १० कठ्ठा १४ धुर जग्गा मध्य आधा जति जग्गामा बर्षौंदेखि व्यक्तिको रजाँई...

नेपालगन्ज उपमहानगरपालिकाका दुई जना वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाका दुई जना वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपालगन्ज स्तिथ सबै भन्दा पुरानो सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै उनिहरु लगायत अन्य ३५ जनाको नाममा  समेत पक्राउ पुर्जी जारी भएको हो।  पुर्जी जारी हुने अध्यक्षहरुमा  नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्मा रहेका छन् ।  सहकारी वित्तीय विकास संस्था लिमिटेडको ५२ करोड बराबरको रकम...

वडा अध्यक्ष हमालकी आमाको निधनप्रति उपमहानगरद्वारा दुःख व्यक्त

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले वडा अध्यक्ष सुनील सिंह हमालकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमालकी आमा रेणु देवी हमालको ७७ बर्षको उमेरमा बुधबार विहान निधन भएको हो । प्रबक्ता प्रमोद रिजालले बुधबार शोक बक्तव्य जारी गरि स्व. हमालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । ...

नेपालगन्ज वडा नम्बर २ का अध्यक्षलाई मातृ शोक, उप-मेयर मगरद्वारा दुख ब्यक्त

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्षलाई मातृ शोक परेको छ। वडा अध्यक्ष एबम नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँके का सचिब सुनिल सिंह हमाल ( मम्मु ) लाई आज मातृ शोक परेको हो। अध्यक्ष हमालकि ७७ बर्षिय ममतामयी आमा रेनु सिंह हमालको आज बिहान ५ बजे निधन भएको हो। अध्यक्ष हमाललाई पर्न गएको मातृ शोक प्रती नेपाली कांग्रेस बाँके लगायत नेपालगन्ज उपमहानगरपालिकाकि उप- मेयर उमा थपा...

महिला जग्गा मालिकको गाउँ अर्थात बाँकेको बन्जारे गाउँ

निशु जोशी/ नेपालगन्ज ।नेपालगन्जबाट करीव ७ किलोमीटर पश्चिम दक्षिण दिशातर्फ वन्जारे गाँउ छ । उक्त गाँउमा मधेसी र मुस्लीम समुदायको वाक्लो वसोवास छ । स्थानीयसंग धेरै जमीन छैन । तर जति जमीन छ त्यो जमीनका मालिक महिला छन् । जग्गा, जमीन, वैंकिङ खाता त्यहाँका प्राय महिलाहरुको नाममा छ । घरमा अशान्ति नहोस् भन्ने हेतुले परीवारले महिलाको नाममा जग्गा राखेका हुन् । बाँकेको जानकी गाँउपालीका वडा नं ३ वन्जारेगाँउकि ५४ वर्षीय...