प्रदेश ५मा रहेका समाचारहरु
नेपालगञ्ज। नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले असल नियतका साथ गाईहरु दैलेख पठाइएको दावी गर्नुभएको छ । घटनाका समयमा राजधानीमा रहनुभएका प्रमुख राणाले मंगलबार पत्रकारहरुसँगको अन्तरक्रियामा दुर्घटनावश दैलेख घटना भएको टिप्पणी गर्नुभयो । सडकमा दुर्घटना बढेपछि काञ्जिहाउस खाली गरेर त्यहाँ सडकका पशु चौपाय राख्ने योजनाहरु गाईहरु दैलेख पठाइएको हो, मेयर राणाले भन्नुभयो,– नेपालगञ्जबाट दैलेख लैजानेक्रममा केही पशुको मृत्यु भएको हो, यो असल नियतले गर्न खोज्दा घटना भयो, यसको सम्पूर्ण जिम्मा...
(लमही), दाङ । दाङमा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।दाङको लमही भालुबाङ सडक खण्डको पिपरीमा सोमवार बेलुका ट्रकले मोटरसाइकललाई ठक्कर दिदां दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घोराही उपमहानरपालिका वडा नं १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र चालक लमही नगरपालिका वडा नं ४ निवासी २७ वर्षीय विनायक चौधरी रहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।गम्भीर घाइते दुबै...
प्रकाशमान सिंह । देशको राष्ट्रिय जनावरको जुन किसिमले बरबरतापुर्ण हत्या गरियो, त्यो शब्दमा बयान गर्न गाह्रो छ।राज्यका ८० प्रतिशत भन्दा बढी हिन्दु जनसंख्याले धार्मिक आस्थाका रुपमा माताको उपमा हेर्ने गरेको पशुमाथी गरिएको क्रुर र अमानवीय व्यवहारप्रति घोर भर्त्सना गर्न जरुरी नै छ। गएको हप्ता बाकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेख तर्फ लैजादै गरिएका २९१ गाई मध्य ३५ गाईलाई भिरबाट खसालेर मारिएको घटनाले यतिबेला सर्बत्र बहस र चासोको बिषय बनिरहेको छ।सोही घटनाका सन्दिग्दहरुलाई...
नेपालगन्ज । कोहलपुर प्रहरीले एक जनालाई गोली प्रहार गरेको छ। चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेको छ। ८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपाने नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि...
डुडुवा/ बाँके । राप्ती नदिमा गोही छोडिएपछि डुडुवा गाउँपालिकाले आपत्ती जनाएको छ। बाँके जिल्ला बन डिभिजन कार्यालयले खजुराबाट गोहीलाई उद्दार गरि राप्ती पुल तल नदीमा छोडेपछि गाउँपालिका लगायत स्थानीयले विरोध जनाएका छन । बाँके राप्ती नदीको पुलमुनि गोही छाडेपछि स्थानीय र पशु चौपायालाई जोखिम बढेको भन्दै स्थानीयबासीले आक्रोस व्यक्त गरेका हुन । राप्ती पुल छेउमा मन्दिर पनि रहेकाले त्यहाँ दैनिक मानिसहरु नुहाउने, पुजा पाठ गर्ने, पशुचौपाया तर्ने भएकाले सो...
नेपालगन्ज । आज बाँकेका विभिन्न स्थानमा हिन्दु महिलाहरुले धुमधाम सग तिज पर्ब मनाइरहेका छन् । बाँकेको नेपालगन्जको बागेश्वरी मन्दिर, नेपालगन्जको राधाकृष्ण मन्दिर,खजुरा, कोहलपुर, राझा, राप्तीसोनारी लगायतका मन्दिरहरुमा महिलाहरु ठुलो भिड लागेको छ।यस्तै आज देशै भर नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।तीजको व्रत बसेर शिवको पूजा...
तुलसीपुर /दाङ । बैंकको पैसा हिनामिना गरेको आरोपमा एक पत्रकारसहित दश जना पक्राउ परेका छन् ।दाङको नारायणपुरस्थित देब बैंकको झन्डै १८ करोड हिनामिना घटना अनुसन्धानका क्रममा थप दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।बैंकको रकम घोटाला काण्डमा सम्लग्न भएको आशंकामा प्रहरीले पछिल्लो समय थप दश जनालाई पक्राउ गरेको छ । जसमा घोराही १० निवासी ४७ बर्षीय वशन्तबहादुर बस्नेत,सोही ठाउँका २६ बर्षीय अर्जुन बस्नेत, सोही ठाउँकै ४५ बर्षीय झगबहादुर डिसी,...
नेपालगन्ज । कोहलपुरमा गाई सग ठोक्किएर फोर्स गाडी पल्टिएको छ। सुर्खेतबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २४०९ को फोर्स गाडी कोहलपुरको न्यू रोडमा गए राती ११ बजे गाईलाई बचाउन खोज्दा सडक किनारामा राखिएको ठेलालाई ठक्कर दिदै पुनः गाईलाई ठक्कर दिएको थियो। ठक्कर दिएर अनियन्त्रित भएको फोर्स गाडी बाटोमै पल्टिएको हो। फोर्स गाडीले ठोक्दा गाईको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। दुर्घटनामा परि गाडी...
नेपालगञ्ज। नेपालगञ्जको काञ्जिहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुवामा( गाईहरु) पशु चौपायहरुको मृत्यु भएको विषयमा छानविनका लागि गठन भएको समितिले आइतबारदेखि काम सुरु गरेको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष विकास आचार्यको अध्यक्षतामा शनिबार ७ सदस्य समिति गठन गरेको छ । समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा बसेको पहिलो बैठकले निष्पक्ष र तटस्थ रही आप्mनो जिम्मेवारलिाई तोकिएको समयभित्रै पुरा गर्ने प्रतिवद्धता...
नेपालगञ्ज । नेपाली कांग्रेसबाट निर्वाचित नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बोर्ड बैठकमा छलफल नै नगरी पुरैनास्थित कान्जीहाउसका गाईलाई दैलेख लैजाने निर्णय किन, कसरी र कहिले भयो भन्दै आपत्ति जनाएका छन् । बोर्ड बैठकमा छलफल नै नगरी मौखिक आदेशका आधारमा गरिएको गाई स्थानान्तरण कार्यको घोर भत्र्सना गर्दै उनीहरुले कसको लापरबाहीले घटना घटेको हो भन्ने प्रश्न तेर्साएका छन् । आज विज्ञप्ती निकालेर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले घटनाको सत्यतथ्य पत्ता...