समाजमा रहेका समाचारहरु

भारत गएका नेपाली दशैं मनाउन घर फर्किन थाले, जमुनहा नाकामा लर्को

नेपालगञ्ज। दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा लर्को शुरू भएको छ । जमुनाहा नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको संख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरिक्षक माधव रिजालले बताउनुभयो । उहाँले अहिले दैनिक दुईरतीन सय नेपाली जमुनाहा नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेको बताउनुभयो । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान लगायतका जिल्लाबाट नेपालीहरु...

नेपालगञ्जको शान्ति चामल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज । नेपालगञ्जको शान्ति चामल उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना तिराइएको छ । संयुक्त अनुगमन टोलीले आज नेपालगञ्जको खजुरा रोडमा रहेको शान्ति चामल उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानुन बिपरित व्यवसाय गरेको भन्दै तत्कालका लागि पचास हजार रुपैयाँ जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डस्ट्रिजद्वारा सञ्चालित सोडा उद्योगलाई...

डेंगुबाट नेपालगञ्जमा उपचार गराइरहेका बर्दियाका एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचारत एक जनाको डेंगुबाट मृत्यु भएको छ। नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार गराइरहेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ८ का ३४ बर्षीय ज्ञानु चौधरीको डेंगुबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। चौधरीको गत भदौ २५ गते नै मृत्यु भएको थियो । साउनदेखि हालसम्म ६२ जना डेंगु संक्रमितले बाँकेमा रहेका विभिन्न अस्पतालहरुमा उपचार गराएका जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्शन दुर्गा गौतमले जानकारी दिनुभयो...

नेपालगन्ज बसपार्कको अवस्था बारे उपमहानगरपालिकाको अनूगमन

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले एकसाताभित्र संचालन गर्ने तयारी गरिएको नेपालगञ्ज बसपार्कको मंगलबार स्थलगत अनूगमन गरि जानकारी लिएको छ । बसपार्कमा हाल उपभोक्ता समितिमार्फत अन्तिमचरणको काम भईरहेको छ । कार्यबाहक नगर प्रमुख कैफुल बरा जोलाहको नेतृत्वमा कार्यपालिका सदस्य देउमल सुनार र कौशलकुमार धोवी सहितको टोलीले बसपार्कमा भईरहेको कामको जानकारी लिएको हो । टोलीले बसपार्कभित्र रहेको मन्दिरको रंगरोगन तथा शौचालय सरसफाईका लागि सम्वद्धहरुलाई निर्देशन समेत दिएको छ ।। बसपार्क निर्माणका लागि...

सरकार नै लोकतन्त्रलाई खतरामा पार्ने कर्ममा उद्यत छः कांग्रेस सचेतक भुषाल

नेपालगञ्ज  । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले कांग्रेसको नेतृत्वमा भएका परिवर्तनलाई संस्थागत गर्नुको साटो कमजोर बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ । पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत् बाँके जिल्लामा सञ्चालित कार्यक्रमको आज नेपालगञ्जमा समापन गर्दै केन्द्रिय सदस्य समेत रहनुभएकी सचेतक भुषालले सरकार नै लोकतन्त्रलाई खतरामा पार्ने कर्ममा उद्यत रहेको टिप्पणी गर्नुभयो । ‘लोकतन्त्रमाथि प्रहार भइरहेको छ, दुई तिहाईको दम्भले मात्तिएर कम्युनिष्ट सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र आचरण...

बाँके कांग्रेसको दोश्रो जनजागरणको समापनको विशाल जुलुशसहितको प्रदर्शन( फोटो फिचर )

नेपालगन्ज । नेपाली कांग्रेसको दोश्रो जनजागरण अभियानको  आज  समापन कार्यक्रममा भएको विशाल जुलुशसहितको प्रदर्शन गरेको छ। कांग्रेसको प्रदर्शन पार्टी कार्यालय बाट बिपि चोक, धम्बोझी चोक, सेतु बिक चोक, त्रिबेनि मोड हुँदै त्रिभुवन चोक आएको हो। ...

तुलसीपुर उपमहानगरपालिकामा बढी कर्मचारीले गर्दा समस्या

खेमराज रिजाल/तुलसीपुर । कहि कर्मचारीको अभाबले काम गर्न समस्या हुँदै गएको छ भने कतै कर्मचारी बढी हुँदा काम समेत काम गर्न कठिनाइ बन्दै गएको छ। प्रसङ्ग हो तुलसीपुर उपमहानगरपालिकाको। उक्त कार्यालयमा  कार्यरत अस्थाइ , करारका  र स्थायी कर्मचारी, समायोजन भै आएका कर्मचारी लगायतको आंकडालाइ ख्यालै नगरी थप कर्मचारी मगाइएपछि तुलसीपुर उपमहानगरपालिका अहिले ओभर स्टाफको ह्याङमा छ । यो ह्याङबाट सहज निकाशको न्यायिक निकाश हुन सकेको छैन । उपमहानगरपालिका, वडा कार्यालय,...

बाँकेमा डेंगुको उपचार निशुल्क नपाएको विरामीको गुनासो

रुद्र सुबेदी/नेपालगन्ज। बाँकेमा डेंगुका उपचारका लागि आएका  विरामीले झुल सहितको बेड मात्र निशुल्क पाएको गुनासो गरेका छन् ।सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने भनिरहेको बेलामा विरामीले सुबिधा नपाएको गुनासो गरेका छन्। भेरी अस्पतालको मेडिकल वार्डको बेडनं ८२ मा उपचारको लागि भर्ना भएका दैलेखका विरामीका आफन्त सिता भुगाइले बेड बाहेक सबै किनेर निर्वाह गर्नु परेको गुनासो गरिन । उनले भनिन–‘सरकारले डेंगुका विरामीलाई निशुल्क उपचार गर्ने कुरा सुनेकी छु यहाँ त बेड...

बाँकेमा कांग्रेसको जनजागरण कार्यक्रमको आज समापन गरिदै
"बर्षा भयो भन्दैमा बिचलित नहुन सभापतिको आग्रह "

नेपालगञ्ज । नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण कार्यक्रमको आज देशै भर समापन गरिदैछ । १५ दिने जनजागरण कार्यक्रम अन्तर्गत  आज असोज ७ गते वृहत ¥यालीसहित नेपालगन्जको त्रिभुवन चौकमा पनि सभा गएर समापन गरिदैछ । गाउँगाउँमा जनजागरण कार्यक्रम गरेको नेपाली कांग्रेस बाँकेले ७ गते भव्य वृहत सभा गर्न लागेको हो । सभालाई कांग्रेस सचेतक एवं काँग्रेस नेतृ पुष्पा भुषालले सम्वोधन गर्नुहुने छ । सभामा उपस्थितीका लागि कांग्रेसका भातृ संघलाई पनि...

खजुराको किरणनाला नजिकै तलाउमा पुरुषको शव भेटियो

नेपालगन्ज । खजुरा गाउपालिका २ सिगाउँ किरणनाला नजिकैको तलाउमा पुरुषको शव भेटिएको छ । किरणनालाको पुलदेखि केही पूर्व रहेको सो तलाउमा डुवेर मृत अवस्थामा शव भेटिएको सो वडा कार्यालयका वडा सचिव तारा प्रसाद अधिकारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार अन्दाजी २५–२६ वर्षको कालो बर्णको जस्तो देखिने मृतकको सनाखत हुन सकेको छैन । घटनाको जानकारी पाउने वित्तिकै प्रहरीलाई खबर गरिएको उनले बताए । यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता...