खेलकुदमा रहेका समाचारहरु
इंग्ल्यान्ड।इंग्ल्यान्डले बिश्वकप क्रिकेट २०१९ को उपाधी जितेको छ।सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ ।सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधिजितेको हो । इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गर्दा न्युजिल्यान्डका मार्टिन गुप्टिल र जेमी निशम ब्याटिङमा आएका थिए । आर्चरले पहिलो...
क्वालालम्पुर। नेपालले मलेसियालाई हराउदै टी २० अन्तर्राष्ट्रिय सिरिज जितेको छ।आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ रनले हराएर दुवै खेल जितेको हो। नेपालले टी २० सिरिज क्लिन स्विप गरेको यो पहिलो पटक हो। ६ महिनाअघि युएईविरुद्धको ३ खेलको सिरिज नेपालले २/१ ले जितेको थियो।यसअघि नेपालले शनिबार भएको पहिलो टी २० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो।आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७...
म्यानचेस्टर( ब्रिटेन)। भारतको तेस्रो पटक क्रिकेट बिश्वकप जित्ने सपना अधुरो नै रह्यो। उसको बिश्वकप जित्ने सपना न्यूजि न्युजिल्यान्डले चकनाचुर पारिदिएको छ । आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो। म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो। भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे। उनले ५९ ४ चौका...
ब्राजिल। ब्राजिलले १२ बर्ष पछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।आइतबार राति ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको होब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए । खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-०...
लक्ष्मण बस्नेत, दाङ ।तुलसीपुर उपमहानगरपालिका वडा स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा ११ ले हात पारेको छ । तुलसिपुर उपमहानगरपालिका वडा न १० र ११ को सयुक्त आयोजनामा संचालित प्रतियोगितामा वडा न १० लाई ट्राईवेकरमा पाखा लगाउदै वडा न ११ ले उपाधी चुमेको हो गौरिगाउ खेल मैदानमा भएको कडा प्रतिस्पर्धात्म खेलको निर्धारित समय सम्म दुबै टिमबाट गोल हुन नसकेपछी खेलको नतिजा ट्राईवेकर बाट निकालिएको थियो । उपाधी सगै उसले पुरस्कार स्वरुप खसी...
लक्ष्मण बस्नेत,दाङ ।११ औ दाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ शनिवार देखि सुरु भएको छ। दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद बिकास मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी देबकोटाले मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले पुर्ण दाङ जिल्लालाई खेलकुदको हवका रुपमा बिकास गर्नु पर्ने बताउनु भएको छ । खेलकुद मावन स्वास्थ्यको अभिन्न...
लक्ष्मण बस्नेत/दाङ । क्विक्स कप अन्तर बिध्यालय स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी छात्रा तर्फ फातिमा स्कुल तुलसीपुर र छात्र तर्फ गोरखा माबि तुलसीपुरले हात पारेका छ्न् । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको छात्र तर्फको फाईनल खेलमा नेपाल प्रहरी स्कुल गोराहिलाई ट्राईवेकरमा पाखा लगाउदै गोरखा माबी तुलसिपुरले उपाधी चुमेको हो ।कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म १-१ गोलको बराबरी भएपछि खेलको...
ब्राजिल । कोपा अमेरिका कपको फाइनलमा आयोजक ब्राजिल र पेरु आमने सामने हुने भएका छन् ।आज बिहान भएको दोश्रो सेमिफाइनल खेलमा साबिक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । पेरुले ३-० गोलले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई एडिसन फ्लोरेसले फार पोस्टबाट गोलमा परिणत...
नेपालगन्ज ।आयोजक ब्राजिल कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ।बुधबार विहान भएको खेलमा घरेलु मैदानमा ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो। ब्राजिलका लागि रोबर्टो फिरमिनो र ग्राबियल जेससले गोल गरे।१९ औं मिनेटमा जेससले गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए। खेलको ७१ औं मिनेटमा फिरमिनोले ब्राजिलको अग्रता दोब्बर पारे। योसँगै विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको देशका लागि उपाधि जित्ने लक्ष्यमा फेरि धक्का लागेको छ।अब उपाधिका लागि ब्राजिलले बिहीबार...
नेपालगन्ज । जारी विश्वकप क्रिकेटमा भारतलाई पहिलो झट्का लागेको छ।अपराजित रहेको भारतलाई आयोजक इंग्ल्याण्डले हारको स्वाद चखाएको । आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले १११ रन...