९ वर्षदेखि पसलमा कार्यरत बिरालो, जसले छुट्टी पनि लिएको छैन
प्रकाशित मिति : २०७३, ११ आश्विन मंगलवार ०८:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
न्युयोर्कको एउटा पसलमा ९ वर्षदेखि एउटा बिरालो काम गरिरहेको छ। रमाइलो कुरा, त्यो बिरालोले अहिलेसम्म छुट्टीसमेत लिएको छैन्।
Advertisement
बिरालोको नाम बोबो हो। ९ वर्षअघि एक कर्मचारीले न्युयोर्कको चाइनाटाउन एरियाको यो पसलमा बिरालोलाई पहिलो पल्ट ल्याएको थियो। बोबोलाई पसलमा यहाँका कर्मचारी तथा एउटी महिला वकिल एनी मिलेर हेरविचार गर्छन्।
आनी दैनिकी पसलमा आउँछिन र बेलाबखत बोबोलाई भेटेनरी लान्छिन् र खाना पनि ख्वाउछिन्। बोबो पछिल्लो समय यो एरियाको सेलिब्रिटी नै भइसकेको छ। उसलाई हेर्न थुप्रै व्यक्तिहरू पसल आउने गर्छन्।
बोबो पसलको ढोका नजिकै बस्छ र आगन्तुकलाई अभिवादन गर्छ। पसलको भित्रै एउटा भित्तामा बोबोका लागि सुत्न र बस्न अलग्गै टेबलको व्यवस्था गरिएको छ। बोबा टेबलको माथि बसेर झयालबाट बाहिरको दृश्य हेर्न खुब मन पराउछ। ‘बोबोको व्यक्तित्व सौम्य र मिलनसार छ। ऊ पसलको राजा हो,’ एनी भन्छिन्।
बोबो पसलमा आउने ग्राहकलाई मनोरञ्जन मात्र दिदैन, पसलमा रहेका सामानको पनि हेरविचार गर्छ। एनीले बोबोको विभिन्न क्रियाकलापलाई तयार पारेर एउटा डकुमेन्ट्री नै इन्स्टाग्राममा हालेकी छिन्।