Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

गायकलाई अंगालो हालेको आरोपमा युवती गिरफ्तार !

# कमला हमाल

  • प्रकाशित मिति :   २०७५, ३२ असार सोमबार १७:३५  

    Advertisement

    एक्काइसौँ शताब्दीको यो युगमा केही मुस्लिम देशहरु महिला अधिकारको क्षेत्रमा कति क्रूर छन् भन्ने कुरा साउदी अरबको पछिल्लो घटनाले पुष्टि गरेको छ । साउदी अरबमा हालै एकजना गायकलाई अंकमाल गरेको अभियोगमा एकजना महिला दर्शक पक्राउ परेकी छिन् ।

    साउदीको पश्चिमी सहर तैफमा शुक्रबार यो घटना भएको हो । त्यहाँ लाइभ कन्सर्ट भैरहेको बेला प्रस्तुती दिइरहेका गायक माजिद अल मोहन्जितलाई एक महिलाले स्टेजमै गएर अंकमाल गरेकी थिइन् ।

    त्यसपछि त्यहाँ उपस्थित महिला सुरक्षाकर्मीहरुले ती युवतीलाई तत्कालै पक्राउ गरे । ती युवतीलाई पुलिसको हिरासतमा राखिएको र उनीमाथि आपराधिक उत्पीडन सम्बन्धी कानूनका आधारमा सरकारी मुद्धा चलाइने बताइएको छ ।

    स्मरण रहोस् साउदीमा महिलालाई सार्वजनिक स्थानमा आफ्नो परिवार बाहेकको पुरुषसँग भेट गर्न निषेध छ । मदिरा, पहिरन तथा महिलाका विषयमा निकै सख्त कानून रहेको साउदी अरबमा सार्वजनिक समारोहमा महिलाको उपस्थितिका विषयमा पछिल्लो समय केही लचकता अपनाउने प्रयास गरिएको छ ।

    युवराज मोहम्मद बिन सलमानले गत वर्ष सुरु गरेको भिजन २०३० अन्तर्गत सुरु गरिएको सुधारमा सांस्कृतिक तथा मनोरञ्जनात्मक खर्चलाई बढाएर वार्षिक ६ प्रतिशतमा पूराइएको छ ।

    महिलाहरुलाई पहिलोपटक फुटबल म्याच तथा कन्सर्ट हेर्न छुट दिइएको छ । गत डिसेम्बरमा पहिलोपटक साउदी अरबमा लेबनानी गायिका हिबा तावाजीको कन्सर्टको आयोजना गरिएको थियो । त्यो नै साउदीमा आयोजित पहिलो आधिकारिक महिला कन्सर्ट हो । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जुम्ल्याहा शिशुका फरक–फरक बुवा !
    केटीहरु मोबाइलमा सवैभन्दा बढी के कुरा हेर्दा रहेछन् ?
    फोहोरको थुप्रोमा फालिएको शिशुलाई महिला प्रहरीले गराइन् स्तनपान
    कुकुरलाई कुट्ने नेपालीलाई क्यानडामा नौ महिना जेल !

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट